Saturday, August 3, 2024

जुम्ल्याहा सन्तान र आमाको अस्तित्व

 



 आमाको गर्भमा दुई सन्तान थिए। एकजनाले अर्कोलाई सोधे, “के तिमी डिलीवरीपछिको जीवनमा विश्वास गर्छौ?” 

अर्कोले जवाफ दियो, “म पक्कै पनि विश्वास गर्छु। डिलीवरीपछि केहि हुनुपर्छ। हुनसक्छ, हामी पछि हुने कुराको लागि आफैलाई तयार गर्न यहाँ छौं।”


पहिलोले भन्यो, “बकवास, प्रसवपछि कुनै जीवन छैन।”

दोस्रोले भन्यो, “मलाई थाहा छैन, तर यहाँ भन्दा धेरै उज्यालो हुनेछ। हुनसक्छ, हामी खुट्टाले हिड्नेछौं र हाम्रो मुखबाट खानेछौं। हुनसक्छ, हामीसँग अन्य इन्द्रियहरू हुनेछन जुन हामीले अहिले बुझ्न सक्दैनौं।”


पहिलोले जवाफ दियो, “यो बेतुका छ। हिँड्न असम्भव छ। अनि मुखले खाने? हास्यास्पद! नाभिले पोषण र हामीलाई चाहिने सबै कुराहरू आपूर्ति गर्दछ। तर नाभि धेरै छोटो छ। डिलीवरीपछिको जीवन तार्किक रूपमा बहिष्कृत हुनुपर्छ।”

दोस्रोले जोड दियो, “ठीक छ, मलाई लाग्छ त्यहाँ केहि छ र हुनसक्छ यो यहाँ छ भन्दा फरक छ। हुनसक्छ, हामीलाई त्यहाँ याे भौतिक डोरी (नाभि) को आवश्यकता पर्दैन।”


पहिलोले जवाफ दियो, “बकवास, यदि जीवन छ भने त्यहाँबाट कोही फर्केर किन आएन? डेलिभरी जीवनको अन्त्य हो, र डेलिभरीपछि, त्यहाँ अन्धकार र मौनता र विस्मृति बाहेक केहि छैन। यसले हामीलाई कतै लैजाँदैन।”

दोस्रोले भन्यो, “ठीक छ, मलाई सम्पूर्ण कुराहरू थाहा छैन, तर हामी पक्कै पनि आमालाई भेट्नेछौं र उहाँले हाम्रो हेरचाह गर्नुहुनेछ र हाम्रो सबै प्रश्नहरूकाे जवाफ दिनुहुनेछ।”


पहिलोले जवाफ दियो, “आमा? के तिमीले साँच्चै आमालाई विश्वास गर्छौ? यो हास्यास्पद छ। यदि आमा हुनुहुन्थ्यो भने अहिले कहाँ हुनुहुन्छ?”

दोस्रोले भन्यो, “उहाँ हाम्रो वरिपरि हुनुहुन्छ। हामी उहाँद्वारा घेरेका छौं। हामी उहाँको हाैँ। उहाँमा हामी बाँचिरहेका छौँ। उहाँ बिना, यो संसार हुन सक्दैन।”


पहिलोले भन्यो, “तर म उहाँलाई देख्दिन, त्यसैले उहाँकाे कुनै अस्तित्व छैन, र यो तार्किक छ।”

दोस्रोले जवाफ दियो, “कहिलेकाहीँ, जब तपाईं मौन हुनुहुन्छ र तपाईं ध्यान केन्द्रित गर्नुहुन्छ र सुन्नुहुन्छ, तपाईंले उनको उपस्थिति महसुस गर्न सक्नुहुन्छ, र तपाईंले माथिबाट तल बोलाएको उनको मायालु आवाज सुन्न सक्नुहुन्छ।”


सायद, यो दृष्टान्त परमेश्वरकाे अवधारणाको सबैभन्दा राम्रो व्याख्या थियो।


* के मृत्यु पछि जीवन समाप्त हुन्छ?

* के सृष्टिकर्ता परमेश्वरकाे अस्तित्व छैन?

* कहीँ हामी पनि पहिलो जुम्ल्याहा सन्तान झैं भ्रममा त छैनौं?


यस बिषयमा फेरि एकपटक सोच्नुहोस। यो मनन गर्दै गर्दा तपाईंको दिन आशिषमय रहोस!


Sources :

1. http://growforhumans.co.uk/uncategorized/conversation-womb-parable-life-delivery/

2. https://thebacainstitute.com/two-babies-talking-in-the-womb/

3. https://workerstogetherwithhim.org/sermons/two-babies-in-the-womb.html 

4. https://www.facebook.com/100064085587764/posts/pfbid02wMjvjbgoT9BB9PTFfvuSBTJXCaCLNgJMrYvWGTvWU9b8FFZ489XRKb2gqfkYqPcwl/


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...