Tuesday, August 6, 2024

मनताताे ख्रीष्टियन

 



 1. आफ्नो विश्वासको लागि उत्साह र जोशको कमी हुन्छ।

 2. परमेश्वरसँगको आफ्नो सम्बन्धलाई प्राथमिकता दिँदैनन।

 3. तिनीहरूलाई प्रार्थना जीवनमा, मण्डली उपस्थितिमा र बाइबल अध्ययनमा त्यति धेरै चासो हुँदैन।

 4. तिनीहरूले आफ्नो मान र विश्वासहरू संसारसँग एक हुनको लागि सम्झौता गर्दछन।

 5. आफ्नो विश्वास अरूसँग साझा गर्दैनन, वा तिनीहरूको जीवनमा परमेश्वरले गर्नुभएको अद्भुत कामहरूको गवाही पनि दिँदैनन।

 6. आत्मिक जीवनकाे वृद्धि भन्दा सांसारिक चीजहरूमा बढी ध्यान दिन्छन।

 7. परमेश्वरको वचनलाई अझै गहिरो रूपमा सिक्ने या बुझ्ने र त्यसलाई आफ्नो जीवनमा प्रयोगमा ल्याउने प्रयास नै गर्दैनन।


* कहीँ तपाईं पनि मनताताे ख्रीष्टियन त हुनुहुन्न?


मनताताे ख्रीष्टियन भनेको त्याे व्यक्ति हाे, जसले आफूलाई ख्रीष्टियन भएको दाबी गर्छ, तर आफ्नो विश्वासमा पूर्ण रूपमा प्रतिबद्ध छैन। 


मनताताे ख्रीष्टियनकाे अरू पनि चिन्हहरू छन। जस्तैः 

1. यदि हामी मनताताे छौं भने, हामी जनमतको पक्ष लिन्छौं। 

2. हामी धार्मिक हुन चाहन्छौं, तर जोसिलो या जलन राख्नेवाला हुँदैनाै।

3. हामी परमेश्वरको कुरा गर्छौं, तर परमेश्वरको लागि खडा हुँदैनौं। 

4. हामी मण्डली जान सक्छौं, तर स्वयं मण्डली बन्न आवश्यक ठान्दैन र परमेश्वरको कामको लागि अगाडि बढ्न सक्दैन।

5. हामी असल बन्न चाहन्छौं, तर ईश्वरीय बन्ने इच्छा थोरै छ।


6. हामी खुशी हुन चाहन्छौं, तर पवित्र बन्न चाहँदैनौं।

7. हामी चीजहरू सही रूपमा देखा पार्न चाहन्छौं, तर धर्मी हुने कुरामा चिन्ता छैन।

8. हामी आत्माहरू हराएको चाहँदैनौं, तर आत्माहरूलाई बचाउनको लागि थोरै काम गर्छौं।

9. हामी परमेश्वरको वचनको प्रचार सुन्छौं, तर हाम्रो आफ्नै जीवनमा त्याे सन्देशलाई विरलै लागू गर्छौं।

10. हामी व्यक्तिगत प्राथमिकताहरू मन पराउँछौं, तर बाइबलका सिद्धान्तहरूलाई घृणा गर्छौं।


11. हामी परमेश्वरको इच्छाको अधीनमा बस्नुको सट्टा लोकप्रिय बन्ने इच्छामा झुक्छौं।

12. हामी धर्मशास्त्रीय शुद्धतासँग भन्दा सांस्कृतिक शुद्धतासँग बढी चिन्तित छौं।

13. हामी प्रभुलाई के स्वीकार्य छ भनेर प्रमाणित गर्नुको सट्टा अरूबाट स्वीकृति खोजिरहेका छौं।

14. हामी "परिवर्तित" भन्दा धेरै "समान" छौं।

15. हामी अरूको गल्ती देख्छौं, तर आफ्नै आत्मिक आवश्यकताहरूमा अन्धा छौं।


16. हामी लाभलाई ईश्वरभक्तिसँग बराबरी गर्छौं, र भौतिक सफलता कुनै न कुनै रूपमा आत्मिक सफलताको प्रमाण हो भनी मान्दछौं।

17. हामी ईश्वरको प्रेमी भन्दा बढी स्वयं र भाैतिक सुख-सुबिधाकाे आनन्दको प्रेमी छाैं।

18. हामी सुस्त, पुर्ण, सहज र आत्मसन्ताेषी छौं।  

19. हामी वरिपरिकाे तापक्रमकाे जस्तै रहन सन्तुष्ट छौँ, र न धेरै तातो छैन, न धेरै चिसो नै छाैँ। यदि हामी चर्चमा छौँ भने थोरै न्यानो हुन सक्छौँ, र संसारमा हुँदा थोरै चिसो छाैँ। 

20. हामी असहज हुन चाहँदैनौं, र साथमा अरूलाई असहज बनाउन पनि चाहँदैनौं।


किनकि हामी मनताताे ख्रीष्टियन हौं।


यदि तपाईं पनि मनताताे ख्रीष्टियन हुनुहुन्छ भने या तातो हुनुहोस वा चिसो हुनुहाेस। पवित्र आत्मालाई ननिभाउनुहोस। शान्त रहनुहोस र साहसी हुनुहोस। मण्डलीमा खेल्न बन्द गर्नुहोस। आफ्नो पक्ष छान्नुहोस। कसको सेवा गर्ने? तपाईंले निर्णय गर्नुपर्छ। मनताताे जीवन परमेश्वरले चाहानुभएको जीवन हाेईन। जोसिलो हुनुहोस र पश्चात्ताप गर्नुहोस र पवित्र आत्माको आगो प्राप्त गर्नुहोस।


यसकारण लेखिएको छ,

“मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।  

किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।  

‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।  

यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु।  

जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर।  

हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।  

जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।  

जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।” [प्रकाश ३:१५-२२]


“तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ।  

यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।” [प्रकाश २:४-५]


Sources :

1. https://www.christianity.com/wiki/christian-life/what-is-a-lukewarm-christian.html?amp=1

2. https://carm.org/about-christianity/what-is-a-lukewarm-christian/ 

3. https://www.facebook.com/100071519755084/posts/pfbid03VySmKt3JtXboVSqzqso7EPJiekY84io1GQYYfNQDWUxGX69HGGSWKpoKEDxtwk9l/?app=fbl

4. https://www.facebook.com/100062870276080/posts/pfbid034DH4KtqGE7wxnmDMr7KpMLDNXmcPqjwSTGPTDTei9u6THekGZpdaitQGBx9Kr9LBl/?app=fbl






No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...