Friday, August 2, 2024

ख्रीष्टियन प्रचारकहरूका लागि सुझावहरू

 



1. वचन प्रचार गर्नुहोस। वचन प्रचार गर्नुहोस। केबल वचन मात्रै प्रचार गर्नुहोस।

- धेरैले याे गर्दैनन। हल्का नबन्नुहाेस। केही नयाँ र नाैलाे प्रचार गर्ने भ्रममा नपर्नुहोस।


2. याे सत्य कुरा जान्नुहोस कि विश्वासयोग्य प्रचारले मानिसहरूकाे भावनालाई अवश्य दुखी पार्नेछ। त्यसैले जसरी पनि सत्य प्रचार गर्नुहोस।

- केहिले छोड्न सक्छन। तिनीहरूले येशूलाई पनि छोडेका छन।

- भावनालाई कहिल्यै दुखी नपार्ने प्रचारकले सायद पुर्ण सत्य भनिरहेको छैन।


3. प्रचारलाई व्यावहारिक बनाउनुहोस।

- सामान्य रूपमा प्रचार नगर्नुहोस। हामी बसेको ठाउँ र परिस्थिति अनुसार व्यवहारिक रूपमा सिकाउनुहाेस।


4. व्यासपीठ (पुलपिट) मा मर्यादा कायम राख्नुहोस।


5. तपाईं सिकाउन उठ्दा सधैं तयार रहनुहोस। अर्थात बिना तैयारी सिकाउने नगर्नुहोस।


6. प्रचारलाई आफ्नो पेशा नबनाउनुहोस। यसलाई आफ्नो जीवन बनाउनुहोस।

- यदि प्रचार केवल एक तलब हो भने, तब व्यासपीठ (पुलपिट) बाट बाहिर निस्कनुहोस।


7. तपाईं जे जस्तो हुनुहुन्छ, त्यस्तै बन्नुहाेस।

- अरू जस्तै बन्ने कोसिस नगर्नुहाेस। अर्थात अरूकाे नक्कल नगर्नुहोस।


8. अरूलाई सल्लाह र सुझाव दिने बारेमा वा तपाईंले कति सुसमाचार सभाहरू चलाउनुहुन्छ, त्यस बिषयमा मात्रै चिन्ता नगर्नुहोस। तर आत्मा बचाउने र स्वर्ग जाने कुरामा बढी ध्यान दिनुहोस।


9. महिलालाई एक्लै कहिल्यै सल्लाह नदिनुहोस।

- आफ्नो श्रीमती बाहेक अरू कुनै पनि महिलासँग एक्लै समय बिताउनु हुँदैन। यसले धेरै महापुरुषको पतन गराएको छ। 

- झुटो आरोपले पनि तपाईंलाई नष्ट गर्न सक्छ।


10. तपाईंले सबैलाई खुशी पार्न सक्नुहुन्न, त्यसैले सबैलाई खुशी पार्ने प्रयास कहिल्यै नगर्नुहोस।


11. तपाईंले रातारात मण्डली परिवर्तन गर्न सक्नुहुन्न।

- यदि तपाईंले रातारात मण्डली परिवर्तन गर्ने प्रयास गर्नुभयो भने, दुईवटा कुरा हुनेछन। पहिले, तपाईंलाई बर्खास्त गरिनेछ। दोस्रो, यो परिवर्तन हुनेछैन।


12. सधै सामान्य मानिस जस्तै कुरा गर्नुहोस।

- उद्देश्य भनेको संचार गर्नु हो, तर मानिसहरूलाई प्रभावित पार्नु वा आफ्नो बुद्धि देखाउनु होइन।


13. आधारभूत कुराहरू प्रचार गर्न कहिल्यै नछोड्नुहोस।


14. मानिसहरूको लागि सधै उपलब्ध हुनुहोस। 

- प्रभावकारी प्रचारकहरू मानिसहरूको जीवनमा संलग्न हुनेहरू हुन।


15. सधैं आफ्नो प्रभावको बारेमा सचेत रहनुहोस।

- तपाईंले फेसबुक या कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गरेको कुरालाई राम्ररी सोच्नुहोस।


16. पवित्रता महत्त्वपूर्ण छ।

- तपाईंको वक्तृत्व कौशल भन्दा बढी, तपाईंको व्याख्या कौशल भन्दा बढी र अन्य मानवीय कौशल भन्दा धेरै पवित्रता नै महत्त्वपूर्ण छ।


17. हरेक दिन अध्ययन गर्नुहोस।

- व्यक्तिगत अध्ययनलाई बेवास्ता नगर्नुहोस। निश्चित गर्नुहोस कि  तपाईंको प्रवचन र कक्षाको तयारीको लागि मात्र भन्दा बढी अध्ययन गर्नुहुन्छ।


18. आफ्नो सन्तुलन नगुमाउनुहोस।

- मण्डलीहरूलाई सुधार र हप्काई चाहिन्छ, तर साथमा तिनीहरूलाई प्रोत्साहन पनि चाहिन्छ।

- आफ्नो मनाेमानी गर्ने मात्रै नबन्नुहोस।


19. ऋणबाट टाढा रहनुहोस।

- केहीले आफ्नो कमजोर पैसा व्यवस्थापनको कारण चर्चलाई चोट पुर्याएका छन।


20. तपाईंले प्रचार गर्नु अघि सधैं प्रार्थना गर्नुहोस।


21. सत्यसँग कहिल्यै सम्झौता नगर्नुहोस।

- पैसाको लागि, परिवारको लागि वा बर्खास्त हुनबाट बच्नको लागि सत्यसँग कहिल्यै सम्झौता नगर्नुहोस।


22. हरेक व्यक्तिको महत्व हुन्छ। हरेक व्यक्ति महत्त्वपूर्ण छ भनेर जान्नुहाेस।


23. स्वयं शुरूवात गर्ने बन्नुहोस।

- यदि तपाईं सेल्फ-स्टार्टर हुनुहुन्न भने, तपाईं प्रचारकको रूपमा असफल हुनुहुनेछ।


24. भविष्यको लागि योजना बनाउन सक्दो प्रयास गर्नुहोस।


25. नैतिकतामा प्रचार गर्न निश्चित हुनुहोस। यसले मानिसहरूलाई दुखी त पार्छ, तर परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

- नैतिक प्रचारमा विवाह, सम्बन्धविच्छेद, जुवा, धुम्रपान, मद्यपान, पहिरन, नृत्य आदि बिषयहरू समावेश गर्नुहोस।


26. कहिलेकाहीँ तपाईंलाई दुर्व्यवहार गरिनेछ, तर सधैं आफैलाई एक असल ख्रीष्टियनकाे रूपमा प्रस्तुत गर्नुहोस।


27. आफ्नो परिवारलाई नबिर्सनुहोस।


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...