Tuesday, August 27, 2024

चर्च जाने गलत र सहि कारणहरू

 



 1. कोही चिन्ह र चमत्कार खोज्दै चर्च जान्छन। 


 2. कोही आशिष र चंगाई खोज्दै चर्च जान्छन।


 3. कोही भावी पत्नी वा पतिको खोजीमा चर्च जान्छन।


 4. कोही आफ्नो पास्टरलाई भेट्न चर्च जान्छन।


 5. कोही प्रभु भाेजको लागि चर्च जान्छन।


 6. कोही शनिबार भएकोले चर्च जान्छन।


 7. कोही चर्चमा उपस्थित हुन चर्च जान्छन।


 8. कोही मनाेरञ्जन गर्न चर्च जान्छन।


 9. कोही क्रिसमस कार्यक्रममा मात्रै चर्च जान्छन।


 10. कोही गफ गर्न चर्च जान्छन।


  यसरी धेरैजना थुप्रै गलत कारणले चर्च जान्छन।


 तर...


 11. तपाईं पापबाट बाहिर निस्कन चर्च जानुपर्छ। 


 12. तपाईं परमेश्वरको अद्भुत बुद्धि, परमेश्वरको स्तर, परमेश्वरकाे मार्गहरू र तपाईंको बारेमा परमेश्वरको महान याेजना सिक्न चर्च जानुपर्छ।


यदि तपाईंसँग यी कारण बाहेक चर्च जाने कुनै अन्य कारण छ भने, घरमै बस्नुहोस। यदि तपाईं आफ्नो पापबाट बाहिर निस्कने र परमेश्वरसँग सही हुने इच्छा छैन भने चर्चमा गएर आफ्नो बहुमुल्य समय र पैसा किन बर्बाद गर्नुहुन्छ? 

जसको कान छ, त्यसले सुनाेस!


* तपाईं कुन कारणले चर्च जानुहुन्छ?


यसकारण लेखिएको छ,

“किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु। 

अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। 

हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? 

येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै-- परमेश्वरलाई धन्यवाद होस। त्यसैले म स्वयम आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।” [रोमी ७:१९,२०,२४,२५]


“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।” [मत्ती ७:२१]


Sources :

1. https://godsleader.com/wrong-reasons-for-going-to-church/

2. https://biblereasons.com/bad-reasons-church/

3. https://feedingonchrist.org/7-wrong-reasons-join-church/

4. https://www.facebook.com/groups/DivineRevelationsOfHeavenHell/permalink/6826700370740505/




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...