1. प्रिय क्वायर झुन्ड (मण्डली सेवामा गीत गाउनेहरू), यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केबल एक संगीत उद्योगमा हुनुहुन्छ, तर संगीत सेवकाईमा होइन। तपाईंले बकवास गाउनुहुनेछ र यसलाई “सुसमाचार” भन्नुहुनेछ, जस्तो कि आजकाे दिनहरूमा भईरहेको छ। तपाईंले सेवा गर्नुको सट्टा मनोरञ्जन गरिरहनुभएको छ... तपाईंले दुई मध्ये एक छान्नु राम्रो हुन्छ।
2. प्रिय मण्डलीका प्रबन्धकहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केबल ट्राफिक प्रहरी जस्तै मात्रै हुनुहुन्छ, जसले सवारीसाधन र पैदल यात्रीहरूलाई राेक्ने र जाने ईशारा दिन्छन।
3. प्रिय बाइबल अध्ययन गराउने अगुवाहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं एक साधारण सार्वजनिक वक्ता हुनुहुन्छ, तर परमेश्वरकाे सेवक होइन। तपाईंले बकवास प्रचार गर्नुहुनेछ।
4. प्रिय सन्डे स्कुलका शिक्षकहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल बालबालिकाहरूकाे बिचमा काम गर्ने एक सामाजिक कार्यकर्ता हुनुहुन्छ।
5. प्रिय नाट्य समूहका सदस्यहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल फिल्मी नाटक गर्दै हुनुहुन्छ, जसमा कुनै जीवन छैन।
6. प्रिय वाद्यवादक र प्राविधिक एकाइ सदस्यहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल एक डी.जे. (डिस्को/क्लबहरूमा संगित व्यवस्थापन गर्ने व्यक्ति) हुनुहुन्छ, जसलाई एउटा ठुलो स्वरकाे मात्रै महत्त्व हुन्छ।
7. प्रिय अगमवक्ता, पास्टर र प्रचारकहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल एक ज्योतिषी जस्तै हुनुहुन्छ। तपाईंले कुन क्लबले जित्छ या हार्छ भनेर भविष्यवाणी गरिरहनुहुनेछ, जहाँ पृथ्वीमा परमेश्वरको राज्यसँग सम्बन्धित कुनै कुरा हुँदैन।
8. प्रिय ख्रीष्टियन लेखकहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल एक काल्पनिक कथाको लेखकमात्रै हुनुहुन्छ, तर परमेश्वरकाे राज्यको लेखक हुनुहुन्न।
9. प्रिय ख्रीष्टियन प्रेरक वक्ताहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं केवल एक मनोवैज्ञानिक हुनुहुन्छ, जसले मानिसको आत्मामा कुनै प्रभाव पार्न सक्दैन।
10. प्रिय मण्डलीका सदस्यहरू, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालन गर्नुहुन्न भने, तपाईं झूटा सिद्धान्त, नास्तिक र पाखण्डी शिक्षाहरूद्वारा भ्रमित हुनुहुनेछ।
* तपाईं जतिसुकै ठुलो अभिषिक्त भए तापनि, यदि तपाईं व्यक्तिगत बाइबल अध्ययन गर्नुहुन्न र ती बाइबलका वचनहरू पालना गर्नुहुन्न भने, तपाईं केवल एक धार्मिक व्यक्ति हुनुहुन्छ, तर आत्मिक व्यक्ति होइन।
बाइबल अनुसार प्रचार गर्ने, सिकाउने र अभ्यास गर्नेहरू मात्र परमेश्वरको काम गर्नेहरू हुन।
यसकारण लेखिएको छ,
“हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं।” [विलाप ३:४०]
“तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!” [२ कोरिन्थी १३ :५]
“प्रत्येकले आफ्नै कामको जाँच गरोस, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।” [गलाती ६:४]
“यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।” [फिलिप्पी १:१०]
Sources :
1. https://tyrannusschool.wordpress.com/2018/01/22/ministration/
2. https://www.facebook.com/2139563489459724/posts/pfbid0zNPiEpb8XQ35693SL3cJkYF54N3rLcSSKLW4gro5U4CFT6aRzUKbptwmF8NWEfDYl/?app=fbl


No comments:
Post a Comment