1. एक व्यक्ति जाे उहाँको अगाडि उभिने र दिनहुँ उहाँको आवाज सुन्ने गर्दछ।
2. एक व्यक्ति जसको हृदयमा परमेश्वर बाहेक अरू कसैको लागि ठाउँ छैन।
3. एक व्यक्ति जो परमेश्वरसँग यति धेरै भय राख्छ कि उसले सबै प्रकारको पापलाई घृणा गर्दछ र सबै मार्गमा धार्मिकता र सत्यलाई प्रेम गर्छन।
4. एक व्यक्ति जसले क्रोध र व्यभिचारले भरिएको विचारलाई जितेको छ, साथै विचार र मनोवृत्तिमा पनि पाप गर्नुभन्दा मर्न चाहाने हुन्छ।
5. एक व्यक्ति जसले दैनिक जीवन शैलीमा आफ्नो क्रस उठाउछ र सिद्धता तर्फ अघि बढ्छ, साथै डर र काँप्दै आफ्नो मुक्तिको काम पूरा गर्दछ।
6. एक व्यक्ति जो पवित्र आत्माले भरिएको छ र जसको जरा प्रेममा यति गहिरो छ कि ठूलो पीडा, सतावट वा अन्य कुनै कुराले पनि अर्को मानवप्रति प्रेम नगर्ने मनोवृत्तिलाई परिवर्तन गर्न सक्दैन।
7. एक व्यक्ति जो नम्रतामा यति जरा गाडिएकाे र आधार भएकाे छ कि न मानव प्रशंसा, न आत्मिक उन्नति, न सेवकाईमा उच्च पद, न अरू कुनै कुराले उसलाई त्यो ज्ञानबाट विचलित गर्न सक्छ। न उसले सबै सन्तहरूभन्दा कम भएको कुराको चेतना गुमाउन सक्नेछ।
8. एक व्यक्ति जसले उहाँको वचन मार्फत परमेश्वरको स्वभाव र उद्देश्यहरू बुझेको छ र ऊ वचनसँग यति डराउँछ कि उसले सानो आज्ञा पनि पालन गर्दछ। साथै उसले न त्यसलाई उल्लङ्घन गर्छ, न अरूलाई सिकाउनमा लापरवाही वा बेवास्ता गर्दछ।
9. एक व्यक्ति जसले परमेश्वरको सम्पूर्ण सल्लाहको घोषणा गर्नेछ, साथै धार्मिक वेश्यापन र गैरबाइबलीय मानव परम्पराहरू उजागर गर्दछ।
10. एक व्यक्ति जसलाई पवित्र आत्माद्वारा ईश्वरीय रहस्य प्रकट गरिएको छ कि ख्रीष्ट शरीरमा आउनुभएको र शरीरको माध्यमबाट नयाँ र जीवित बाटो खोल्नुभएको छ।
11. एक परिश्रमी र इमान्दार व्यक्ति, जसलाई परमेश्वरले प्रकृतिमा दिनुभएको आशीषको आनन्द उठाउने र आफ्ना छोराछोरीसँग कसरी हाँस्ने, आराम गर्ने र खुसी हुने भनेर पनि थाहा छ।
12. एक व्यक्ति जाे आफ्नो सुख सुबिधाको ख्याल गर्दैन र सधैं अनुशासित जीवन बिताउँछ र कठिनाइहरूदेखि पनि डराउँदैन।
13. एक व्यक्ति जसलाई महँगो कपडा वा देखावटी वस्तुहरूमा खर्च गर्न कुनै चासो छैन र जसले आफ्नो पैसा अनावश्यक आवश्यकताहरूमा खर्च गर्दैन।
14. एक व्यक्ति जसलाई मनमोहक खानेकुराहरू खाने इच्छा छैन। साथै संगीत, खेलकुद वा आनन्द दिने अन्य चीजहरूको दास बन्दैन।
15. एक व्यक्ति जाे कष्टकाे भट्टी, दुर्व्यवहार, सङ्कष्ट, झूटो आरोप, शारीरिक रोग, आर्थिक अभाव, नातेदार र धार्मिक नेताहरूको घाेर विरोधको आगोमा परमेश्वरद्वारा सफलतापूर्वक अनुशासित भएकाे छ।
16. एक व्यक्ति जो दयाले भरिएकाे छ, जसले सबैभन्दा खराब पापीहरू र सबैभन्दा खराब विश्वासीहरूप्रति सहानुभूति देखाउन सक्छ, र तिनीहरूका लागि आशा राख्न सक्छन, किनभने तिनीहरू आफूलाई सबै पापीहरूमध्ये अग्रणी ठान्छ।
17. एक व्यक्ति जो आफ्नो स्वर्गीय पिताको प्रेमको सुरक्षामा यति गहिरो जरा गाडिएकाे छ कि उहाँको प्रेममा सुरक्षित महसुस गर्छ र कुनै कुराको लागि चिन्तित छैन, न खराब समयसँग डराउँछ, न खराब मानिसहरूसँग डराउँछ, न शैतानसँग डराउँछ, न कठिन परिस्थितिहरूसँग डराउँछ, न कुनै पनि कुराबाट डराउँछ।
18. एक व्यक्ति जो परमेश्वरको शान्तिमा प्रवेश गरेको छ र सबै कुरामा परमेश्वरको महान, सार्वभौम र सिद्ध कार्यहरूमा विश्वास गर्दछ। उसले सबै कुराको लागि, हरेक व्यक्तिको लागि र हरेक परिस्थितिकाे निम्ति परमेश्वरलाई धन्यवाद दिन्छ।
19. एक व्यक्ति जसले आफ्नो आनन्द केवल परमेश्वरमा मात्र पाउँछ र जसले सबै खराब स्वभावलाई जितेर प्रभुको आनन्दले भरिएका छ।
20. एक व्यक्ति जाेसँग जीवित विश्वास छ, जसलाई आफैमा वा आफ्नै प्राकृतिक क्षमताहरूमा कुनै भरोसा छैन, तर सबै परिस्थितिहरूमा उनलाई अटुट सहयोगीको रूपमा परमेश्वरमा पूर्ण भरोसा छ।
21. एक व्यक्ति जो आफ्नो व्यक्तिगत कारण देखाउने जीवन बिताउँदैन तर पवित्र आत्माको नेतृत्वमा जीवन बिताउँछ।
22. एक व्यक्ति जसले स्वयं ख्रीष्टद्वारा पवित्र आत्मा र आगोको बप्तिस्मा पाएका छन। र ऊ केही भावनात्मक प्रभाव र केही धर्मशास्त्रीय तर्कहरूद्वारा मात्र विश्वस्त भएको छैन।
23. एक व्यक्ति जो निरन्तर पवित्र आत्माको अभिषेकमा जीउँछ, र ऊ पवित्र आत्माले दिनुभएको अलौकिक वरदानहरूद्वारा भरिएको छ।
24. एक व्यक्ति जाे पवित्र आत्माको सहायताले आफ्नो जिब्रोलाई लगाम लगाउन सिकेकाे छ, र उसको जिब्रोहरू ईश्वरीय वचनकाे आगोले भरिएका छन।
25. एक व्यक्ति जसले आफ्नो फाईदाकाे सबै कुराहरूलाई त्यागेका छन, जो पैसा वा भौतिक चीजहरूसँग टासिंएको छैन, जो अरूबाट कुनै उपहार प्राप्त गर्न चाहँदैन।
26. एक व्यक्ति जसले आफ्नो भाैतिक आवश्यकताहरूको लागि परमेश्वरमा मात्र भरोसा गर्छ। जसले न कसैलाई आफ्नो आवश्यकता र परिश्रमको जानकारी कुराकानीमा वा पत्र वा रिपोर्टहरूद्वारा दिन्छ।
27. एक व्यक्ति जाे जिद्दी हुँदैन, तर कोमल हुन्छ। ऊ आलोचना गर्न खुल्ला हुन्छ र ठूला, अनुभवी र बुद्धिमानहरूबाट सुधार गर्न उत्सुक हुन्छ।
28. एक व्यक्ति जसले आफ्नो महानता देखाउन वा अरूलाई सल्लाह दिन चाहँदैनन (यद्यपि सल्लाह माग्नेकाे निम्ति सल्लाह दिन सधैं तयार रहनेछन)। उसलाई ठूलो व्यक्ति वा अगुवा बन्ने इच्छा छैन, तर एक साधारण व्यक्ति र सबैको सेवक बन्ने इच्छा हुन्छ।
29. एक व्यक्ति जसलाई हानि गर्न सजिलो छ, र जसको अरूले फाइदा लिन सक्छन।
30. एक व्यक्ति जसले करोडपति र भिखारी, सेतो छाला र कालो छाला, बुद्धिजीवी र मूर्ख, सभ्य र असभ्यको बीचमा कुनै भेदभाव गर्दैन, तर उसले ती सबैलाई समान व्यवहार गर्नेछ।
31. एक व्यक्ति जसले आफ्नी पत्नी, छोराछोरी, नातेदारहरू, साथीहरू र अन्य विश्वासीहरूलाई परमेश्वरको आज्ञाहरू पालन गर्दा ख्रीष्टमा विश्वास गुमाउन अनुमति दिँदैन।
32. एक व्यक्ति जसलाई शैतानले पनि सम्मान वा पैसा वा कुनै पनि कुराले घूसबाट सम्झौता गर्न र मनाउन सकिदैन।
33. एक व्यक्ति जो ख्रीष्टको लागि साहसी साक्षी हो, र ऊ कुनै धार्मिक नेता वा साम्प्रदायिक शासकसँग डराउने व्यक्ति होइन।
34. एक व्यक्ति जाेसँग परमेश्वर बाहेक पृथ्वीमा कसैलाई खुशी पार्ने इच्छा छैन, र आवश्यक परेमा परमेश्वरलाई खुसी पार्न सबै मानिसहरूलाई दुःखी पार्न पनि इच्छुक हुन्छ।
35. एक व्यक्ति जसको लागि केवल परमेश्वरको महिमा, उहाँको इच्छा र उहाँको राज्य उसको आफ्नै आवश्यकता र आफ्नै आराम भन्दा बढी महत्त्वपूर्ण छ।
36. एक व्यक्ति जसले परमेश्वरको काम गर्नकाे लागि अरूले वा आफ्नै व्यक्तिगत कारणले दबाब दिन नसक्ने हुन्छ। तर उसले आफ्नो जीवन मार्फत परमेश्वरको इच्छा पूरा गर्छ।
37. एक व्यक्ति जसले पवित्र आत्मा मार्फत प्राण र आत्माको रहस्यलाई बुझ्दछ।
38. एक व्यक्ति जसले सबै कुरालाई स्वर्गीय दृष्टिकोणबाट हेर्छ, तर सांसारिक दृष्टिकोणबाट होइन।
39. एक व्यक्ति जसले परमेश्वरको सेवा गर्नको लागि सांसारिक नाम र कीर्ति स्वीकार गर्न अस्वीकार गर्दछ।
40. एक व्यक्ति जसले बिना शर्त प्रार्थना गर्छ, साथै उपवास र आवश्यकता अनुसार कसरी प्रार्थना गर्ने भनेर जानेकाे हुन्छ।
41. एक व्यक्ति जसले बुद्धिकाे साथमा पवित्र आत्माद्वारा असल गर्न र खुसी हुन सिकेको छ।
42. एक व्यक्ति जो सबै मानिसहरूका लागि सबै कुरा हुन इच्छुक छ, ताकि कुनै न कुनै रूपमा मात्र एकजनालाई बचाउन सकियाेस।
43. एक व्यक्ति जसको इच्छा एक व्यक्तिलाई बचाउने मात्र होइन, तर ख्रीष्टको चेला बनाउन, सत्य जान्न र तिनीहरूलाई परमेश्वरका आज्ञाहरू पालन गर्न सिकाउनु पनि हो।
44. एक व्यक्ति जसको हृदयमा सबै ठाउँमा साँचो गवाही स्थापित गर्ने इच्छा छ।
45. एक व्यक्ति जसलाई मण्डलीमा ख्रीष्टको महिमा गर्ने तीव्र इच्छा छ।
46. एक व्यक्ति जसको कुनै पनि कुरामा आफ्नो स्वार्थ मात्र सोच्ने गर्दैन।
47. एक व्यक्ति जसको आत्मिक अधिकार र आत्मिक मर्यादा छ।
48. एक व्यक्ति जसले संसारमा परमेश्वरको लागि एक्लै खडा हुन चाहान्छ।
49. एक व्यक्ति जसले पुरानो समयका प्रेरितहरू र भविष्यवक्ताहरूजस्तै समझौता गर्दैन।
* के तपाईं परमेश्वरले चाहानुभएको त्याे व्यक्ति बन्नुहुनेछ?
पापी र व्यभिचारी पुस्ता र सम्झौता गर्ने ईसाई धर्मको बीचमा परमेश्वरको लागि यस्तो मानिस हुनेछ। परमेश्वरसँग कुनै पक्षपात नभएकोले तपाई पनि त्यस्तो मानिस बन्न सम्भव छ, यदि तपाई आफैलाई त्यो मध्ये एक हुनको लागि उत्कट इच्छा गर्नुहुन्छ भने। परमेश्वरले कसैको जीवनको सचेत क्षेत्रमा मात्र प्रतिबद्धता र आज्ञाकारिताको माग गरेको हुनाले, तपाईंको जीवनको सचेत क्षेत्र सीमित भए तापनि तपाईं त्यस्तो व्यक्ति हुन सक्नुहुन्छ (तपाईं ज्याेतीमा हिँड्दा र सिद्धताकाे दबाबमा यो क्षेत्रमा बढ्दै जानुहुनेछ)। अब तपाईं त्यस्तो मानिस हुन सक्नुहुन्न भनेर कुनै बहाना छैन।
शरीरमा केही पनि असल बास गर्दैन, यसकारण हामीले माथि सूचीबद्ध सद्गुणहरू पाउनको लागि परमेश्वरबाट अनुग्रह खोज्नुपर्छ। त्यसोभए दिनहुँ परमेश्वरलाई पुकारा गर्नुहोस, कि उहाँले तपाईंलाई युगको अन्तिम दिनहरूमा यस्तो मानिस बन्ने अनुग्रह दिनुहुनेछ।
परमेश्वरले तपाईंलाई आशिष दिनुभएको हाेस!
Source :
https://spiritualgrowth2022.blogspot.com/2024/08/blog-post.html
.jpg)
No comments:
Post a Comment