1. बाइबलीय येशू स्वयं सर्वशक्तिमान परमेश्वर मानवीय शरीरमा जन्मेको हुनुहुन्छ। (यूहन्ना १:१-१४)
आधुनिक येशू असल शिक्षक र मानिस मात्रै थिए।
2. बाइबलीय येशूले हामीलाई सत्य बोल्दा पर्याप्त माया गर्नुहुन्छ। (यूहन्ना ४:१-३८)
आधुनिक येशूले अपमान र तिरस्कारबाट बच्नकाे लागि सम्झौता वाला शब्दहरू बाेल्छन।
3. बाइबलीय येशूले हामीलाई अनन्त खजानातर्फ औंल्याउनु हुन्छ। (मत्ती ६:१९-२१)
आधुनिक येशूले हामीलाई पार्थिव खजानाकाे प्रतिज्ञा गर्दछ।
4. बाइबलीय येशूले पाप, न्याय र नरकको बारेमा चेतावनी दिनु हुन्छ। (मत्ती ५:२९)
आधुनिक येशूले सबैलाई स्वर्ग पठाउँछ, र नर्कलाई खारेज गर्छ।
5. बाइबलीय येशूले पापहरूको पश्चात्ताप गर्न आदेश दिनुहुन्छ। (मत्ती ४:१७)
आधुनिक येशूले पापहरूको पश्चात्तापको आवश्यकतालाई कम गर्दछ।
6. बाइबलीय येशूले तपाईंलाई मुक्ति, आशा, शान्ति र आनन्द दिनुहुन्छ। (यूहन्ना १५:९-१७, १४:१-१४, २७)
आधुनिक येशूले तपाईंलाई स्वास्थ्य, धन र खुशी मात्रै दिन्छ।
7. बाइबलीय येशूलाई संसारद्वारा घृणा र अपमान गरिन्छ। (यूहन्ना १५:१८)
आधुनिक येशूलाई संसारले मन पराएको र स्वीकार गरेको हुन्छ।
8. बाइबलीय येशूले पापलाई घृणा गर्नुहुन्छ र पापको बारेमा सत्यलाई उजागर गर्नुहुन्छ। (यूहन्ना ३:१८-२१)
आधुनिक येशूले पापलाई नजरअन्दाज गर्छ र कहिल्यै सुधार गर्दैन।
9. बाइबलीय येशूले ईश्वरीय अख्तियारसहितका आज्ञाहरू दिनुहुन्छ। (मर्कुस ५:१-२०)
आधुनिक येशूले आज्ञा होइन, तर केवल सुझाव दिन्छ।
10. बाइबलीय येशूले उहाँको नामकाे कारण सतावटको आशा गर्नु भन्नुहुन्छ। (मत्ती १०:२२)
आधुनिक येशूले पृथ्वीमा हाम्रो उत्तम जीवनको प्रतिज्ञा गर्दछ।
11. बाइबलीय येशूले आवश्यक पर्दा विभाजन ल्याउँनु हुन्छ। (लूका १२:४९-५६)
आधुनिक येशूले कुनै पनि हालतमा एकता र सहिष्णुता प्रवर्द्धन गर्दछ।
12. बाइबलीय येशूले परमेश्वर पिताको इच्छालाई उच्च पार्नुहुन्छ। (यूहन्ना ६:३८)
आधुनिक येशूले परमेश्वरको इच्छाभन्दा माथि आफ्नो इच्छाकाे सेवा गर्दछ।
13. बाइबलीय येशूले झूटा चिन्ह र आश्चर्य कामको चेतावनी दिनुहुन्छ, र परमेश्वरको वचनको महिमा गर्नुहुन्छ। (मत्ती २४:२४)
आधुनिक येशूले चिन्हहरू, चमत्कारहरू र रहस्यवादलाई परमेश्वरको वचनभन्दा माथि उचाल्छ।
14. बाइबलीय येशूले भावना, अनुभव र विचार विरूद्द कडा र कठाेर शिक्षा दिनुहुन्छ। (मत्ती २३:१-३९)
आधुनिक येशूले भावना, अनुभव र विचारलाई कडा र कठाेर शिक्षाभन्दा माथि उचाल्छ।
15. आफैलाई इन्कार गर्न र परमेश्वरको लागि आफ्नो जीवन अर्पण गर्न तयार हुन आज्ञा दिनुहुन्छ। (मत्ती १६:२४)
आधुनिक येशूले तपाईंलाई पहिले आफैलाई प्रेम गर्न र तपाईंको सबै शारीरिक इच्छाहरू पूरा गर्न प्रोत्साहन दिन्छ।
* आज तपाईंले कुन येशूलाई पछ्याउँदै हुनुहुन्छ?
यसकारण लेखिएको छ,
तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस।
किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन, र धेरैलाई बहकाउनेछन।
तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन, कि त्यहाँ छन’ भन्यो भने विश्वास नगर।
किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन।
याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।” [मत्ती २४:४,५,२३,२४,२५]
“किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ।” [२ कोरिन्थी ११:४]
Source :
https://ryanmmarks.com/2021/01/29/biblical-jesus-vs-modern-jesus/

No comments:
Post a Comment