1. संसारले भन्छ, “म असल व्यक्ति हुँ।”
तर ख्रीष्टियनले भन्छ, “परमेश्वर मात्र असल हुनुहुन्छ।”
2. संसारले भन्छ, “मसँग राम्रो हृदय छ।”
तर ख्रीष्टियनले भन्छ, “मसँग दुष्ट हृदय छ।”
3. संसारले भन्छ, “म नै सबै कुरामा पहिलो हुनुपर्छ।”
तर ख्रीष्टियनले भन्छ, “सर्वप्रथम परमेश्वर पहिलो, अरू दाेस्राे र म अन्तिममा हुनुपर्छ।”
4. संसारले भन्छ, “म जे पनि गर्न सक्छु।”
तर ख्रीष्टियनले भन्छ, “परमेश्वर बिना म केही पनि गर्न सक्दिन।”
5. संसारले भन्छ, “मैले सर्वप्रथम पैसालाई प्रेम गर्छु।”
तर ख्रीष्टियनले भन्छ, “मैले सर्वप्रथम परमेश्वरलाई प्रेम गर्छु।”
6. संसारले भन्छ, “म भाग्यमानी छु।”
तर ख्रीष्टियनले भन्छ, “म आशिषित छु।”
7. संसारले भन्छ, “जबसम्म तपाईं सिमा पार गर्नुहुन्न, तबसम्म म राम्रो छु।”
तर ख्रीष्टियनले भन्छ, “म तपाईंलाई क्षमा गर्छु।”
8. संसारले भन्छ, “आफैलाई खुशी पार्ने काम गर्नुपर्छ।”
तर ख्रीष्टियनले भन्छ, “परमेश्वरलाई खुशी पार्ने काम गर्नुपर्छ।”
9. संसारले भन्छ, “सकारात्मक सोच्नुहोस।”
तर ख्रीष्टियनले भन्छ, “ईश्वरीय तरिकाले सोच्नुहोस।”
10. संसारले भन्छ, “भाग्य या कर्म-चक्रमा विश्वास गर्छु।”
तर ख्रीष्टियनले भन्छ, “परमेश्वरको सिद्ध इच्छामा विश्वास गर्छु।”
11. संसारले भन्छ, “परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरू छन।”
तर ख्रीष्टियनले भन्छ, “परमेश्वरकहाँ पुग्ने एकमात्र बाटो येशू हुनुहुन्छ।”
12. संसारले भन्छ, “आफैमा विश्वास गर्नुहोस।”
तर ख्रीष्टियनले भन्छ, “येशूमा विश्वास गर्नुहोस।”
* के तपाईंले संसार र ख्रीष्टियनकाे बिचमा फरकहरू बुझ्नुभयाे?
Source :
1. https://www.linkedin.com/posts/jimhalstead_learn-to-delight-in-god-declare-the-gospel-activity-7160052358754828288-khZP
2. https://pin.it/1ZMt1BpeJ
.jpg)
No comments:
Post a Comment