1. धर्मले भन्छ, यदि मैले परमेश्वरको आज्ञा मान्छु भने परमेश्वरले मलाई प्रेम गर्नुहुनेछ।
तर सुसमाचारले भन्छ, परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, यसकारण म उहाँको आज्ञापालन गर्नेछु।
2. धर्ममा असल र नराम्रा मानिसहरू हुन्छन।
तर सुसमाचारमा पश्चात्ताप गर्ने र पश्चात्ताप नगर्ने मानिसहरू मात्र हुन्छन।
3. धर्ममा मैले के गर्ने वा नगर्ने भन्नेमा केन्द्रित छ। (कानूनीता)
तर सुसमाचारमा येशूले के गर्नुभयो भन्ने कुरामा ध्यान केन्द्रित गरिएको छ। (विश्वास)
4. धर्मको लक्ष्य परमेश्वरबाट चीजहरू प्राप्त गर्ने हो।
तर सुसमाचारकाे लक्ष्य परमेश्वरलाई नै प्राप्त गर्ने हो।
5. धर्मले कठिनाइहरूलाई पापको सजायको रूपमा हेर्छ।
तर सुसमाचारले कठिनाइलाई शुद्ध पार्ने कष्टको रूपमा देख्छ। अर्थात परमेश्वरले मेरो विश्वास बढाउन काम गरिरहनुभएको छ।
6. धर्म मेरो बारेमा हो।
तर सुसमाचार येशूको बारेमा हो।
7. धर्मले विश्वास गर्छ कि असल व्यक्तिको रूपमा देखा पर्नु मुख्य कुरा हो।
तर सुसमाचारले विश्वास गर्छ कि इमानदार हुनु मुख्य कुरा हो।
8. धर्ममा परमेश्वरको अगाडि खडा हुने अनिश्चितता छ।
तर सुसमाचारमा येशूको कामकाे आधारमा परमेश्वरको अगाडि खडा हुने निश्चितता छ।
9. धर्मले येशूलाई साधनको रूपमा हेर्छ।
तर सुसमाचारले येशूलाई सारा सृष्टिको मालिकको रूपमा हेर्छ।
10. धर्मले घमण्ड र निराशा उत्पन्न गर्छ।
तर सुसमाचारले नम्रता र आत्मविश्वास उत्पन्न गर्छ।
11. धर्मले भन्छ, मैले गडबड गरें, अब मेरो बुवाले मलाई मार्नु हुन्छ।
तर सुसमाचारले भन्छ, मैले गडबड गरें, अब मैले मेरो बुबालाई भन्नुपर्छ।
12. धर्मले भन्छ, यदि म राम्रो छु भने, परमेश्वरले मलाई माया गर्नुहुनेछ।
तर सुसमाचारले भन्छ, म खराब छु र येशूले खराब मानिसहरूलाई पनि माया गर्नुहुन्छ।
13. धर्ममा एक व्यक्ति डरबाट उत्प्रेरित हुन्छ।
तर सुसमाचारमा एक व्यक्ति प्रेमद्वारा प्रेरित हुन्छ।
14. धर्म भनेको परमेश्वरलाई खोज्ने मानिसको बाटो हाे।
तर सुसमाचार भनेको मानिसलाई खोज्ने परमेश्वरको बाटो हाे।
15. धर्ममा कर्मबाट मोक्ष प्राप्त हुन्छ।
तर सुसमाचारमा मुक्ति अनुग्रहद्वारा दिइएको उपहार हो।
16. धर्ममा स्वर्गको अनिश्चितता छ।
तर सुसमाचारले स्वर्गको निश्चितता दिन्छ।
* के तपाईंले धर्म र सुसमाचार बीचको भिन्नता बुझ्नुभयाे?
Sources :
1. https://theholymess.com/the-difference-between-religion-and-the-gospel/
2. https://ldstalk.wordpress.com/2012/08/19/gospel-vs-religion/
3. https://wellscreekchurch.org/the-gospel-message.php
4. https://theimmigrationcoalition.com/religion-vs-the-gospel-immigration/
5. https://www.reddit.com/r/TrueChristian/comments/32sn21/religion_vs_the_gospel_tim_keller/
6. https://fruitfultoday.com/religion-vs-gospel/
7. https://wthrockmorton.com/tag/gospel-v-religion/


No comments:
Post a Comment