Saturday, August 17, 2024

सम्प्रदाय र मण्डलीकाे बिचमा फरक





1. सम्प्रदाय एउटा भवन या संस्था हो।

मण्डली ख्रीष्टको शरीर हो, यसका सदस्यहरू नयाँगरि जन्मेका विश्वासीहरूबाट बनेका हुन्छन। (एफिसी ५:३०, १ कोरिन्थी १२:१३-२७)


2. सम्प्रदायमा आफ्नो सम्प्रदायकाे मात्रै पहिचान हुन्छ।

मण्डलीमा ख्रीष्टमा मात्रै पहिचान हुन्छ। (१ यूहन्ना ३:१-३, गलाती २:२०, १ कोरिन्थी ३)


3. सम्प्रदायकाे नेतृत्वमा विश्वास गरिन्छ।

मण्डलीकाे ख्रीष्टमा विश्वास गरिन्छ। (एफिसी २:८-९, रोमी ५:१-२)


4. सम्प्रदायले दर्ता सदस्यहरूलाई मात्र सेवा र मद्दत प्रदान गर्दछ।

मण्डलीले नयाँगरि जन्मेका सबै विश्वासीहरूलाई सेवा र मद्दत प्रदान गर्दछ। (मत्ती २५:३३-४६, प्रेरित २:४४-४६)


5. सम्प्रदायले हराएकाहरूलाई चर्चमा निमन्त्रणा गरेर सुसमाचार प्रचार गर्दछ।

मण्डलीले हराएकाहरू कहाँ गएर सुसमाचार प्रचार गर्दछ। (मर्कुस १६:१५-१६, १ कोर. १५:१, रोमी १०)


6. सम्प्रदायले 10% आम्दानीको दशांश अनिवार्य गर्दछ।

मण्डलीले प्रफुल्लित, स्वतन्त्र र खुशी हृदयबाट भेटी दिनु भन्छ। (२ कोरिन्थी ९:७)


7. सम्प्रदायले आत्मिक वृद्धिको प्रमाणको रूपमा बारम्बार चर्च उपस्थितिबाट मापन गर्दछ।

मण्डलीले आत्मिक वृद्धिको प्रमाणको रूपमा बाइबल अध्ययन र पवित्र आत्माको फलबाट मापन गर्दछ। (२ तिमाेथी २:१५, गलाती ५:२२-२३)


8. सम्प्रदायले हप्तामा एक पटक मात्र आराधना गर्दछ।

मण्डलीले आत्मा र सत्यमा सधै आराधना गर्दछ। (यूहन्ना ४:२४)


9. सम्प्रदायमा मानिसहरू कुनै एक संस्था र व्यक्ति प्रति समर्पित र उत्तरदायी हुन्छन।

मण्डलीमा मानिसहरू केबल परमेश्वरप्रति समर्पित र उत्तरदायी हुन्छन। (याकूब ५:७, कलस्सी ३:१७, उपदेशक १२:१४)


10. सम्प्रदायमा धार्मिक नियम र विधिहरू मात्रै हुन्छन।

मण्डलीमा ख्रीष्टमा स्वतन्त्रता हुन्छ। (गलाती ५:१, २ कोरिन्थी ३:१७, रोम ८:१-४, १ कोरिन्थी ७:२२)


11. सम्प्रदायमा मानिसहरू मण्डलीका अगुवाहरूकाे उपदेश र शिक्षाहरूमा निर्भर हुन्छन।

मण्डलीमा मानिसहरू बाइबलमा मात्रै भर पर्छन। (२ तिमोथी ३:१६-१७)


12. सम्प्रदायले गैर-मण्डलीमा जाने ख्रीष्टियनहरूलाई ब्याकस्लाइडर (धर्मत्यागी) भनेर घाेषणा गर्दछ।

मण्डली धर्मत्यागी मण्डली प्रणालीबाट बाहिर आउँछ। (प्रकाश ३:१४-१९, १८:४, मत्ती ७:२२-२४)


13. सम्प्रदायले संगतिलाई नियमित मण्डली उपस्थितिद्वारा परिभाषित गर्दछ।

मण्डलीले संगतिलाई कुनै पनि दिन वा स्थानमा २ वा ३ द्वारा उहाँको नाममा हुने भेलालाई परिभाषित गर्दछ। (मत्ती १८:१९-२०, प्रेरित २:४६)


14. सम्प्रदायले अगुवाहरूको शिक्षा, जीवनशैली, इमानदारी, आदिमा प्रश्न उठाउन निरुत्साहित गर्दछ।

मण्डलीले सबै आत्माहरूलाई बाइबलबाट जाँच प्रोत्साहन गर्दछ। (१ यूहन्ना ४:१-३, प्रेरित १७:११)


15. सम्प्रदायले ख्रीष्टमाथि मानिसहरूको अधिकार राख्ने गर्दछन।

मण्डलीले मानिसहरूमाथि ख्रीष्टको अधिकार राख्ने गर्दछन। (रोमी १३:१, फिलिप्पी २:१०-११)


16. सम्प्रदायले आफ्नो मण्डली बाहिर कुनै मुक्ति छैन भन्छ।

मण्डलीले ख्रीष्ट बाहिर कुनै मुक्ति छैन भन्छ। (प्रेरित ४:८-१२)


17. सम्प्रदायमा एकजना मात्रै अगुवा हुन्छ।

मण्डलीमा धेरै अगुवाहरूको बहुलता हुन्छ। (१ पत्रुस ५:१-४, हिब्रू १३:१७, याकूब ३:१)


18. सम्प्रदायले मानिसहरूकाे ठूलो संख्या उपस्थितलाई अन्तिम दिनहरूमा जागृतिकाे स्पष्ट संकेतको रूपमा लिन्छ।

मण्डलीले मानिसहरूकाे ठूलो संख्या धर्मत्यागी र आत्मामा मृत भएकोलाई अन्तिम दिनकाे स्पष्ट संकेतको रूपमा लिन्छ। (लूका १५:१०, प्रेरित ४:१०-१२, मत्ती ७:२२-२३, १ थेस्स. २:१-३)


19. सम्प्रदायले पाप, नरक, न्याय र परमेश्वरको क्रोधकाे बिषयलाई राेकेर मानव-केन्द्रित सुसमाचार प्रचार गर्दछ।

मण्डलीले परमेश्‍वरको वचनलाई जस्ताकोतस्तै र थपघट नगरीकन प्रचार गर्छ। (१ कोरिन्थी १:२३, १ कोरिन्थी ९:१६, १ कोरिन्थी २)


20. सम्प्रदायले स्वास्थ्य, धन, खुशी र पूर्ण जीवनको लागि येशूकहाँ आउनुहोस भनी मानिसहरूलाई आह्वान गर्दछ।

मण्डलीले पापको क्षमा, अनन्त जीवन, आनन्द र शान्तिको लागि येशूकहाँ आउनुहोस भनी मानिसहरूलाई आह्वान गर्दछ। (यूहन्ना ३:१६-१८, १ यूहन्ना १:९, रोमी १२:१२, १ पत्रुस १:८)


21. सम्प्रदायले पापीले गर्ने प्रार्थनाकाे पुस्तिकाद्वारा, वेदीबाट बाेलाईने प्रतिक्रिया वा चिन्ह या चमत्कार गर्ने वरदानकाे प्रदर्शन गर्ने क्षमतालाई साँचो रूपान्तरण मान्छ।

मण्डलीले ख्रीष्टमा मात्र विश्वासद्वारा, क्रूसमा उहाँको प्रायश्चित कार्य र उहाँको पुनरुत्थान, पापमा टुटेको र उहाँको आवश्यकतालाई हेर्ने कार्यलाई साँचो रूपान्तरण मान्छ। (एफिसी २:८-९, १ यूहन्ना १:९, १ कोरिन्थी १५, प्रेरित ३:१९, १ पत्रुस ३:१८-२२)


22. सम्प्रदायले आत्म-प्रेरणाको बारेमा सकारात्मक सन्देशहरू र कसरी पृथ्वीमा तपाईंको उत्तम जीवन प्राप्त गर्ने सन्देश मात्रै दिन्छ।

मण्डलीले सकारात्मक वा नकारात्मक जेसुकै भए पनि बाइबलीय सत्य कुरा घाेषणा गर्दछ। (यूहन्ना ८:३२, रोमी ६:२३, व्यवस्था ४:२, हितोपदेश ३०:६)


23. सम्प्रदायले बाइबललाई भन्दा अनुभव र चमत्कारहरू प्राथमिकता दिन्छ।

मण्डलीले सबै अनुभव र चमत्कारहरूलाई बाइबलबाट जाँच्नुहोस भन्छ। (१ यूहन्ना ४:१, २ तिमोथी ३:१६-१७, २ तिमोथी ४:२)


24. सम्प्रदायले ठूलो संख्यामा मानिसहरूलाई आकर्षित गर्ने वा रूपान्तरण गर्ने, राम्रो र सफल जीवन र चमत्कारहरू प्रदर्शन गर्ने क्षमतालाई आत्मिक परिपक्वता मान्छ।

मण्डलीले बाइबल अध्ययन र बुझ्ने र पवित्र आत्माको फल फलाउनमा आधारित जीवनलाई आत्मिक परिपक्वता मान्छ। (२ तिमोथी २:१५, ३:१६-१७, गलाती ५:२२-२३)


25. सम्प्रदायले बिरामी, गरिब, दुखी, हार्ने र चमत्कार गर्न नसक्नेहरूलाई "थोरै विश्वास" भएको भनी घृणा र आरोप लगाउँछ।

मण्डलीले एकअर्काको बोझ बोक्छ र ख्रीष्टमा भाइ वा बहिनीकाे रूपमा सबैलाई बराबर माया गर्छ। (यूहन्ना १३:३४-३५, गला ६:२, याकूब ५:१४-१५, मत्ती ११:२८-२९)


26. सम्प्रदायले भव्य चर्च भवन, विश्व-स्तरीय सुविधाहरू, धमाकेदार आराधना झुन्ड, धन, ठूलो उपस्थिति संख्या, इत्यादिमा परमेश्वरको आशिषको संकेतको रूपमा गर्व गर्दछ।

मण्डलीले पार्थिव धनमा होइन, तर प्रभुमा गर्व गर्छ। र स्वर्गमा खजाना राख्छ। (२ कोरिन्थी १०:१७-१८, हिताेपदेश ११:४, १ तिमोथी ६:१०, मत्ती ६:१९-२१)


27. सम्प्रदायले बाइबलीय विश्वासीहरूलाई "कट्टरपन्थी" वा "फरिसीहरू" भनेर खिल्ली उडाउँछ।

मण्डलीले अर्को वा दाेस्राे सुसमाचार प्रचार गर्नेहरू श्रापित हुन्छन भनेर भन्छ। (गलाती १:८-९, २ पत्रुस २:१-३, रोमी १६:१७-१८)


28. सम्प्रदायले आफ्नो परिवारलाई उच्च या कम प्राथमिकता दिन्छ।

मण्डलीले जसले आफ्नो परिवारको पालनपोषण गर्दैनन, तिनीहरू अविश्वासी भन्दा खराब हुन्छन भन्छ। (१ कोरिन्थी १२:१३-२७, १ तिमोथी ५:८)


29. सम्प्रदाय चर्चमा उपस्थित नहुनेहरू आत्मिक रूपमा भोकै छन।

मण्डलीमा जसले वचनलाई खुवाउँदैनन तिनीहरू आत्मिक रूपमा भोकाएका हुन्छन। (२ तिमोथी ३:१६-१७, एफिसी ६:१७, २ पत्रुस २:१-३, मत्ती ४:५)


30. सम्प्रदायले दान गरिएको पैसा महँगो चर्च भवन निर्माण या मर्मत, उदार रूपमा तलब तिर्न प्रयोग गरिन्छ, तर बगालका आवश्यकताहरू पूरा गर्न थोरै छोड्ने गरिन्छ।

मण्डलीमा प्रत्येक नयाँ जन्मेको विश्वासीको आवश्यकताहरू पूरा गरिन्छ र प्रदान गरिन्छ। (मत्ती २५:३१-४६, प्रेरित २:४२-४५)


31. सम्प्रदायले भाइहरूको लागि आवश्यक चीजहरू भन्दा प्रार्थनाहरू प्रस्ताव गर्दछ।

मण्डलीले सबै आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न भाइहरूका लागि प्रार्थना र आवश्यक चीजहरू प्रदान गर्दछ। (प्रेरित २:४२-४५, याकुव २:१६)


32. सम्प्रदायले आफ्नो इच्छा र राजनीतिको चासो पूरा गर्दछ।

मण्डली ख्रीष्टको इच्छा, चासो र उहाँको शरीरलाई पूरा गर्दछ। (यूहन्ना १३:३४-३५, मत्ती २५:३१-४६)


33. सम्प्रदायले अन्य मण्डलीहरूसँग कुनै आत्मिक सम्बन्ध राख्दैन।

मण्डलीले झुठो शिक्षा या धर्मत्यागी चर्चसँग कुनै आत्मिक सम्बन्ध राख्दैन। (मत्ती १३:-२४-३०, २ कोर. ६:१४, २ तिमो. ३)


34. सम्प्रदायले घर वा भूमिगत चर्चलाई अवज्ञाकारी, अहंकारी, विद्रोही, साँस्कृतिक विराेधी वा अनौपचारिक चर्चकाे रूपमा खारेज गर्दछ।

मण्डलीले राज्य-अनुमोदित मण्डलीलाई मात्रै साँचो हाे भनी विश्वास गर्दैन, साथै उसको गैर-बाइबलीय चर्चहरूसँग सम्बन्ध हुनेछैन। (मत्ती ६:२४, २२:१७-२२, कल. १:१८, प्रकाश १७-१८ अध्याय, २ तिमाेथी ३:१३) 


35. सम्प्रदायले झूटा सिद्धान्त र झूटा अगमवक्ताहरूलाई स्वीकार गर्न बहानाको रूपमा 'अपूर्णता' प्रयोग गर्दछ।

मण्डलीले झूटा सिद्धान्त र अभ्यासहरूको लागि शून्य सहनशीलता अपनाउँछ। (एफिसी ५:११, कल. २:८, १ यूहन्ना २:२२, गला १:८-९)


36. सम्प्रदायले चर्च गतिविधिहरूमा बढी समय बिताउँछ जुन भावनात्मक, प्रेरक, सामाजिक वा रमाइलो हुन्छ।

मण्डलीले परमेश्वरको वचनमा बढी समय बिताउँछ। (प्रेरित १७:११, २ तिमाेथी २:१५, भजन ११९)


37. सम्प्रदायकाे बहिष्कार प्रेमरहित हो, र यसले झुटा शिक्षाहरूद्वारा बगाललाई सूक्ष्म रूपमा प्रभाव पार्ने अविश्वासीहरू सहित सबैलाई स्वागत गर्दछ।

मण्डलीले खतरनाक सिद्धान्त र प्रभावबाट बगाललाई दण्ड दिन र बचाउन परमेश्वरको लागि विद्रोही र पश्चात्ताप नगर्ने इसाईहरूलाई बहिष्कार गर्दछ। (२ थेस्स ३:१४, १ कोर. ५, रोम १६:१७)


38. सम्प्रदायले व्यक्तिगत जीवनमा सफलता र स्थिरतालाई नै आत्मिक परिपक्वता र आशिषको रूपमा लिन्छ।

मण्डलीले सुसमाचारको खातिर प्रियजनहरू, लोकप्रियता, आराम र जीवन पनि गुमाउँछ। (मत्ती १०:३३-३५, २ कोरिन्थी ११:२३-३०, २ तिमो. ३:१२)


39. सम्प्रदायले दर्ता गरिएका सदस्यहरू विशेष लाभहरूका लागि योग्य हुन्छन वा पानी बप्तिस्मा वा प्रभु भाेजमा भाग लिन सक्छन, जुन गैर-दर्ता भएका सदस्यहरूलाई अस्वीकार गरिन्छ।

मण्डली पुन: नयाँगरी जन्मेका विश्वासीहरूले पानीको बप्तिस्मा र त्यसपछि प्रभु भाेजमा, सामाजिक सेवामा र ख्रीष्टकाे सेवा कार्यमा भाग लिन सक्छन। (२ कोरिन्थी ५:१७, गलाती ३:२८-२९, ६:१२, १ यूहन्ना ३:१७-१८, एफिसी ५:३०)



* के तपाईंले सम्प्रदाय र येशू ख्रीष्टकाे मण्डलीकाे बिचकाे फरक बुझ्नुभयाे?




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...