Thursday, August 15, 2024

तिनीहरूबाट भाग्नुहोस

 



 1. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईं कुनै लाज वा अपराधको भावना बिना आफ्नो पापहरूमा सहज हुनुहुन्छ।


 2. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ रित्तो अगमवाणीका साथ तपाईंले “मैले प्राप्त गर्दैछु” भनेर चिच्याउनुभएको छ, र अब तपाईंको विश्वासको लेखक र समाप्तकर्ता ख्रीष्टमा नभई पृथ्वीमा तपाईंको आँखा अडिएको छ। 


 3. त्याे “सुसमाचार” बाट टाढा भाग्नुहोस, जहाँ केवल आत्म-सुधारमा केन्द्रित छ र कसरी “अहिले तपाईंको उत्तम जीवन” बाँच्ने भनेर मात्रै सिकाईन्छ।


 4. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ व्यक्तिगत लाभको लागि ख्रीष्टको नाम प्रयोग गर्दछन, जसले “येशूको नाममा” तपाईंको धन-सम्पत्ति लुट्छन।


 5. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ स्वास्थ्य, धन र समृद्धिमा मात्र केन्द्रित हुने शिक्षा र प्रचारहरू छन। 


 6. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ ख्रीष्टलाई होइन, मानिसहरूलाई महिमा दिइन्छ।


 7. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ पश्चात्ताप, पवित्रता, र संसारबाट पूर्ण अलगावको लागि कुनै आह्वान गरिदैन। 


 8. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईंको शरीरलाई उत्तेजित गर्ने तर तपाईंको आत्मालाई कमजोर बनाउने उपदेशहरू र शिक्षाहरू दिन्छन। 


 9. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ वर्ण, जाति र संस्कृति बीच विभाजनकाे प्रचार गर्दछन।


10. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ आफ्नो शत्रुहरूलाई चिन्‍ने र बदला लिन सिकाउने गर्दछन।

 

11. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ नग्न ड्रेसिङ र कृत्रिम मेकअपहरू गर्दा पनि कुनै फरक पर्दैन भनेर तपाईंलाई भनिरहेका छन।


12. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँको आत्मिक जीवन मरेको छ, र तिनीहरूले तपाईंलाई केही आत्मिक मद्दत गर्न सक्दैनन।


13. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ यस संसारमा मात्र कसरी महान बन्न सकिन्छ भनेर सिकाउँछन।


14. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ मानिसहरूकाे पापहरूलाई खुलमखुल्ला हप्काउन डराउँछन।


15.  ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईंलाई भनिरहेका छन कि परमेश्वरकाे अनुग्रहले तपाईंकाे सबै र सधैं गर्ने हरेक पापलाई ढाक्छ। अर्थात अनन्त दण्ड र नरक छैन भनी सिकाउँछन।

 

16. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ कसैको प्रीय बन्न विश्वासीहरू र अगुवाहरूकाे बिचमा राजनीतिक खेल खेल्छन।


* जतिसक्दो चाँडै, आफैंलाई बचाउनको लागि दौडनुहोस! भाग्नुहोस!!


यसकारण लेखिएको छ,

“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। 

म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।” [२ कोरिन्थी ६:१७]


Sources :

1. https://jesustheneedofthehourmission.quora.com/RUN_RUN_RUN-RUN-RUN-AWAY-FROM-THEM-RUN-1-RUN-away-from-Churches-and-Ministries-where-you-re-com

2. https://www.facebook.com/groups/rapturewarningmessagesmovement/permalink/647172494199208/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...