तपाईंले एकपटक यो कल्पना गर्नुहोस कि...
1. पत्रुस (सिमोन) - एक रोमन क्याथोलिक थिए।
2. पावल - एक मेथोडिस्ट थिए।
3. युहन्ना - एक मोर्मन थिए।
4. मत्ती - एक ब्याप्टिस्ट थिए।
5. अन्द्रियास - एक यहोवाको साक्षी थिए।
6. याकुब (जब्दियाका छोरा) - एक प्रेस्बिटेरियन थिए।
7. मर्कुस - एक पेन्टेकोस्टल थिए।
8. थोमा - एक यहूदी विश्वासी थिए।
9. फिलिप - एक चिन्ह र चमत्कार मात्रै गर्नेवाला थिए।
10. याकुब (अल्फयसका छोरा) - एक सेभेन्थ डे एडभेन्टिस्ट थिए।
11. सिमोन कनानी - एक युनिटेरियन थिए।
12. बारथोलोमाइ - एक लुथरन थिए।
13. यहूदा इस्करियोत - एक सर्वधर्मवादी थिए।
तपाईंले अझै कल्पना गर्नुहोस कि...
* पत्रुसले स्वयंलाई पोप भएको दाबी गरिरहेका छन।
* पावलले शिशुको बप्तिस्मा हुनुपर्छ भनी दावी गर्दछन।
* युहन्नाले कराउँदै मुक्ति पाउन अघि मोर्मोनको पुस्तक पढ्नुपर्छ भन्छन।
* मत्तीले तपाईंलाई विश्वासले मात्र बचाउन सक्छ; बप्तिस्मा सान्दर्भिक छैन र तपाईं अनुग्रहबाट कहिल्यै गिर्न सक्नुहुन्न भनी प्रचार गर्छन।
* अन्द्रियासले अनन्त नरक छैन भनी सिकाईरहेका छन।
* याकुब (जब्दियाका छोरा) ले छर्काऊ बप्तिस्मा लिनुपर्छ भनी दावी गर्छन।
* मर्कुसले पवित्र आत्मा पाएपछि केही गर्नुपर्दैन भनिरहेका छन, साथै बाइबल स्कुल र अन्य पुस्तकहरू पनि अध्ययन गर्नुपर्दैन भन्छन।
* थाेमाले मुक्ति पाउन खतना गर्नै पर्छ भन्छन।
* फिलिपले येशूले हामीलाई शारीरिक आशिष दिन आउनुभयाे भन्छन।
* याकुबले विश्राम दिन शनिबार बाहेक अरू दिन मनाउनु पाप हाे भनी सिकाउँछन।
* सिमोन कनानीले येशू ख्रीष्ट मानवजातिको मुक्तिदाता हुनुहुन्छ, तर उहाँ स्वयं परमेश्वरको बराबर हुनुहुन्न भनी सिकाउँछन।
* बारथोलोमाइले बाइबलकाे पुस्तकहरू पुर्णतया परमेश्वरको वचन होइन भनी सिकाउँछन।
* यहूदा इस्करियोतले सबै मण्डली सत्य छन भनी सिकाउँछन।
के यी सबै तर्कहरू मूर्खतापुर्ण सुनिदैनन र?
हाे, किनकि यो मूर्खतापुर्ण नै छन!!
प्रेरितहरूको समयमा कुनै सम्प्रदायहरू थिएनन र सम्प्रदायहरूसँग अहिले अस्तित्वको लागि कुनै बाइबल अधिकार छैन। (१ कोरिन्थी १:१२-१३; ३:४)
के तपाईंले थाहा पाउनुभयो कि प्रेरितहरू मध्ये कसैले पनि यी सम्प्रदायीक कुराहरू सिकाएनन वा विश्वास गरेनन?
त्यस समयमा तपाईंको बाइबलले अहिले सिकाएको कुरा तिनीहरूले सिकाए। जस्तैः
- त्यहाँ कुनै पनि धर्मशास्त्रीय पोप छैन। (प्रेरित १०:२५-२६)
- पापकाे पहिचान, समझ या ज्ञान भएपछि मात्रै बप्तिस्मा लिनुपर्छ। (प्रेरित २:३७-३८)
- मोर्मोनको पुस्तक परमेश्वरको वचनकाे शिक्षा र सिद्धान्त बिपरित छ। (प्रेरित २०:२७)
- विश्वास मात्र हाईन तर बप्तिस्मा पनि अनिवार्य छ, र याे मात्रै बाइबलको सिद्धान्त होइन र तपाईं अनुग्रहबाट पनि गिर्न सक्नुहुन्छ। (याकूब २:२४; गलाती ५:४, १ कोरिन्थी १५:१-२)
- येशू र उहाँका प्रेरितहरूले बारम्बार नरकको विरुद्धमा चेतावनी दिए। (लुका १६:१९-३१)
- बप्तिस्मा भनेको पानीमा दफन गर्नु हो। (रोमी ६:३-४; प्रेरित ८:३६-३९)
- पवित्र आत्मा पाएपछि पनि बचनकाे सहि शिक्षा लिन असल बाइबल स्कुल या कलेजमा अध्ययन गर्नुपर्छ र अन्य पुस्तकहरूकाे पनि अध्ययन गर्नुपर्छ। किनकि पवित्र आत्माले सिकेको कुरा नै याद दिलाउनु हुन्छ। (२ तिमाेथी ४:१३)
- मुक्ति पाउन खतना गर्नुपर्दैन, तर पापकाे स्वीकृति, पश्चत्ताप र येशू ख्रीष्टकाे बलिदानमा विश्वास गरेपछि मुक्ति पाउन सकिन्छ। (मत्ती १६:१६, एफेसी २:८ राेमी १०:९)
- येशूले हामीलाई शारीरिक आशिष दिन भन्दा सबैभन्दा महत्त्वपूर्ण स्वर्गीय आशिष दिन आउनुभयाे, जाे अनन्त छ। (फिलिप्पी ३:७-८)
- नयाँ करारकाे एक व्यक्तिको निम्ति केबल शनिबार मात्रै हाेईन, तर उसको निम्ति हरेक दिन नै विश्राम दिन हाे। (मत्ती १२:१-८)
- येशू ख्रीष्ट मानवजातिको मुक्तिदाता हुनुहुन्छ, र साथमा उहाँ स्वयं परमेश्वर पनि हुनुहुन्छ। (युहन्ना १:१-३, १४)
- बाइबलकाे पुस्तकहरू पुर्णतया परमेश्वरको वचन हाे। (२ तिमाेथी ३:१६)
- तितो सत्य याे हाे की सबै मण्डली सत्य पनि छैनन र सबै मण्डली झुठो पनि छैनन। सत्य र झुठो छुट्याउन वचनकाे कसी लगाउनै पर्छ। (मत्ती ७:१५-२०)
प्रिय हाे, प्रेरितहरू ख्रीष्टको मण्डलीका थिए र तिनीहरूले बाइबलको सही सिद्धान्त मात्र सिकाउँथे। (१ कोरिन्थी १२:२८; मत्ती १६:१८; कलस्सी १:१८, एफिसी ४:४)
प्रभु येशू ख्रीष्टकाे मण्डलीमा स्वागत छ...
१. तपाईंको समुदायमा ख्रीष्टको मण्डली छ। (रोमी १६:१६)
२. परमेश्वरको वचन सुन्नुहोस। (रोमी १०:१७)
३. ख्रीष्टमा विश्वास गर्नुहोस। (यूहन्ना ८:२४; प्रेरित १६:३१; हिब्रू ११:६)
४. आफ्नो पापको पश्चात्ताप गर्नुहाेस। (लूका १३:३; प्रेरित २:३८; ३:१९; १७:३०)
५. ख्रीष्टमा आफ्नो विश्वास स्वीकार गर्नुहोस। (मत्ती १०:३२-३३; प्रेरित ८:३७-३८; रोमी १०:१०)
६. बप्तिस्मा लिनुहोस। (मत्ती २८:१९; मर्कूस १६:१६; प्रेरित २:३८; २२:१६; १ पत्रुस ३:२१; गलाती ३:२७)
७. पवित्र आत्मा र आगोकाे बप्तिष्मा लिनुहाेस। (मत्ती ३:११, लुका १२:५०, प्रेरित १:५, ११:१६, एफेसी ५:१८)
यी कार्यहरूद्दारा तपाईं प्रभु येशू ख्रीष्टकाे मण्डलीमा जाेडिन सक्नुहुनेछ। यो सबैलाई हार्दिक आह्वान हो कि हामी सबै हाम्रो मार्गदर्शक र संविधान बाइबलमा फर्कौं।
येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।
म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन।
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” [मत्ती १६:१७-१९]
* के तपाईं पनि प्रभु येशू ख्रीष्टकाे मण्डलीमा जाेडिनुभएको छ? स्वयंलाई जाँच गर्नुहाेस!
* परमेश्वर कुनै सम्प्रदायकाे र सम्प्रदायभित्र हुनुहुन्न, यसैले उहाँलाई हामी सम्प्रदाय भित्र मात्रै बाँधेर राख्ने दुस्साहस नगराैँ। किनकि उहाँ सर्वशक्तिमान, सर्वव्यापी र अनन्त हुनुहुन्छ।
* येशू ख्रीष्ट कुनै विशेष एक सम्प्रदायकाे मात्रै हुनुहुन्न, उहाँ त केबल विश्वव्यापी एक मण्डलीकाे हुनुहुन्छ, जसलाई उहाँले आफ्नो बहुमुल्य रगत बगाएर, आफ्नो प्राण अर्पण गरेर र चट्टानमाथि स्थापना गर्नुभएको छ।
* स्वर्गमा कुनैपनि सम्प्रदायकाे नाम या निशान हुनेछैन। त्यहाँ केबल येशूकाे बहुमूल्य र पवित्र रगतले धाेईएर पवित्र परिएकाे दुलही अर्थात मण्डली मात्रै रहनेछ।
* विश्वव्यापी मण्डली एकमात्र छ, तर हामी त्याे मण्डलीकाे विश्वव्यापी रूपमा छरिएर रहेकोे झुन्ड हाैँ। जस्तैः एक सम्पुर्ण शरिरकाे अंगकाे एक सानो भाग हाैँ।
* सम्प्रदायहरू मानिसहरूले यस पृथ्वीमा बनाएका संस्था मात्रै हुन। सम्प्रदायहरू भनेको एउटा ठुलो जग्गामा आलि बनाएर अलगअलग गरिएको खेत जस्तै हाे। तर एकदिन जब सर्वशक्तिमान परमेश्वरले पवित्र आत्माकाे बर्षा पठाउनुहुन्छ, तब पानीले खेतको सबै आलिहरूलाई ढाक्नु हुन्छ र सबै एउटै खेत हुनेछ। त्याे हाे, परमेश्वरकाे खेत (मण्डली)।
यसकारण लेखिएको छ,
“ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ-- शरद र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ।
तब खलाहरू अन्नले भरिनेछन, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन।
म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो।
तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन।” [योएल २:२३-२६]
Sources :
1. https://www.facebook.com/100036525832872/posts/453632339197623/?app=fbl
2. https://www.facebook.com/198973886805902/posts/2504243072945627/?app=fbl

No comments:
Post a Comment