सन २००४ मा मेल गिब्सनद्वारा निर्मित, निर्देशित र सह-लेखन गरिएको बिश्व प्रसिद्ध र सफल चलचित्र हाे, “द प्यासन अफ द क्राइस्ट”।
यसलाई बाइबलकाे मत्ती, मर्कुस, लुका र यूहन्नाकाे सुसमाचारका पुस्तकका विवरणहरूलाई आधार बनाएर येशू ख्रीष्टको गेतसमनी बगैंचादेखि क्रुसकाे दर्दनाक मृत्युु र उहाँको पुनरूत्थानसम्मकाे साँचो घटनालाई एक चलचित्रकाे रूपमा निर्माण गरिएको छ।
तपाईंहरूले पनि याे चलचित्रलाई एकपटक अवश्य हेर्नुभएको हाेला। यस चलचित्रकाे बिचमा एक अचम्मको दृश्य देखाईएको छ, जाे धेरैको निम्ति एक रहस्य भन्दा कम छैन। मेरो मनमा पनि त्याे दृश्यकाे अर्थ के हाे भनी त्यस समय निकै ठुलो जीज्ञासा थियोे।
त्यो दृश्यमा शैतानले एउटा घिनलाग्दो बच्चालाई पाल्दै गरेको देखाइएको छ, जुन ऊ करिब ४० वर्षको भएको जस्तो देखिन्छ।
दृश्यमा ख्रीष्टको कोर्राको समय हुन्छ। शैतान एक बच्चालाई आफ्नो काखमा झुण्ड्याएर दर्शकहरूको भीडबाट गुज्रिरहेको छ। बच्चाले क्यामेरातिर आफ्नो अनुहार फर्काउँछ, र एक भयावह शिशुलाई प्रकट गर्दछ।
1. त्याे दृश्यमा येशू ख्रीष्टलाई कोर्रा लगाइँदैछ र शैतानले एउटा बृद्ध जस्तो विचित्र देखिने बालकलाई उचालिरहेकाे छ। शैतानले यस दृश्यबाट येशूलाई याे प्रमाणित गरेर देखाउन खाेज्दैछ कि शैतानले पनि आफ्नो छोराको हेरचाह गर्छ, जबकि परमेश्वरले उहाँलाई क्रूर यातना दिन अनुमति दिनुहुन्छ।
2. शताब्दीयौंदेखि कलाकारहरूले प्रायः येशूलाई मरियमको काखमा बच्चाको रूपमा चित्रण गरेका छन। यो चित्रणले शैतान र उसको बच्चालाई प्रतिनिधित्व गर्दछ। त्यस दृश्यमा शैतानले येशू र मरियमलाई मात्र होइन, तर येशू ख्रीष्ट संसारमा व्यर्थ आउनु भयाे भनेर गिल्ला गरिरहेको छ।
3. हामी सबै पापमा संसारमा जन्मेका हौं र धेरै निर्दोष देखिनेहरूमा पनि पाप हुन्छ। पछाडिबाट त्यो बच्चा निर्दोष देखिन्थ्यो, तर पछि तपाईंले कुरूप अनुहार देख्नुभयो, जसले हरेक मानिसकाे निर्दाेषताभित्रकाे वास्तविक दुष्टतालाई देखाउँछ।
4. बृद्ध जस्तो देखिने कुरूप बालक लुसिफर हो र याे दृश्यले एन्ड्रोजाेनिक (पुरुष यौन अंग या हर्मोन) लाई देखाउन खाेजिएकाे छ। यसले याे पनि देखाउन खाेज्दैछ कि स्वर्गदूतहरूले कुनै याैन सम्बन्ध गर्दैनन।
“द प्यासन अफ द क्राइस्ट” फिल्मकाे याे दृश्य निकै गहिरो, अद्भुत र अर्थपूर्ण छ।
* यस बाहेक तपाईंहरूले पनि त्याे दृश्यकाे बारेमा केही नाैलाे कुरा बुझ्नु या सिक्नु भएको छ भने तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ!
Sources :
1. https://askthepastors.wordpress.com/2010/12/13/in-the-passion-of-the-christ-movie-who-is-the-baby-the-satan-figure-is-holding/
2. https://www.facebook.com/100064696599370/posts/pfbid0DuK1AFsNqisVmMREsFmKjPwW4xRhpj5EqvJU2Toh4vE3ThBMHRdtfZ9dgVNQUZa8l/?app=fbl
3. https://www.challies.com/articles/the-devils-child-a-passion-topic/
4. https://folklore.culture.narkive.com/rUF65deW/who-was-the-baby-satan-was-carrying-in-the-passion-of-the-christ

No comments:
Post a Comment