तपाईं संसारकै सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ,
तपाईं संसारकै सबैभन्दा स्वस्थ व्यक्ति हुनुहुन्छ,
र तपाईं संसारकै सबैभन्दा प्रभावशाली व्यक्ति पनि हुनुहुन्छ,
तर तपाईंसँग एक कचकचे, झगड़ालु र रिसाहा पत्नी छिन भने तपाईं संसारकै सबैभन्दा दु:खी मानिस हुनुहुनेछ। र तपाईंको जीवन नरक बन्नेछ।
तर तपाईं गरीब हुनुहुन्छ,
तपाईं बिरामी हुनुहुन्छ,
र तपाईंलाई कसैले चिनेका पनि छैनन,
तर तपाईंसँग एक असल पत्नी छिन भने तपाईं राजा हुनुहुन्छ, र सारा संसार तपाईंको हातमा छ। तपाईंको जीवन स्वर्ग बन्नेछ।
जब तपाईंसँग धर्मी, मायालु, हेरचाह गर्ने पत्नी हुनेछिन।
र याे कुरा स्त्रीकाे हकमा पनि लागू हुन्छ। धर्मी, मायालु, हेरचाह गर्ने पति भएको पत्नीको लागि पनि त्यस्तै हुन्छ।
* असल पत्नी, असल जीवन हो!
यसकारण लेखिएको छ,
“कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।” [हितोपदेश २१:९,१९]
“मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो।” [हितोपदेश १९:१३]
“झगड़िया पत्नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्तै हो।” [हितोपदेश २७:१५]
“झगड़िया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।” [हितोपदेश २५:२४]
“घरहरू र सम्पत्ति आमा-बुबाबाट आएका हुन्छन, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो।” [हितोपदेश १९:१४]
“पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।” [हितोपदेश १८:२२]
“चरित्रवान पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।” [हितोपदेश १२:४]

No comments:
Post a Comment