Thursday, March 21, 2024

पति शिर र पत्नी मुकुट

 



पति शिर हुन भने पत्नी मुकुट हुन, तर पत्नी घाँटी भने होईनन।

हाम्रो समाजमा, मानिसहरूले पत्नीलाई घाँटी भन्छन, किनकि उनले टाउकोलाई घुमाउँछिन।


याे विचार निकै कपटपूर्ण छ, र हामीलाई थाहा छ कि कपट परमेश्वरबाटकाे होइन। कपट शाब्दिक रूपमा बोक्सीविद्याको एक भाग हो, र दुष्टहरूकाे एक चाल पनि हाे।


हितोपदेश १२:४ ले यसाे भन्छ,

“चरित्रवान पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।”


अपमान के हो?

आफ्नो पतिलाई अपमान गर्ने तरिका... उनको सधै आलोचना गर्नु हो, उनी प्रति सधै नकारात्मकता विचार राख्नु हो, र उनलाई सधै तल झार्ने व्यवहार गर्नु हाे।


तपाईंले आफ्नो पतिलाई आदर र सम्मान गर्नुहुन्छ किनभने उहाँ योग्य भएर हाेईन, तर तपाईं आदरणीय र सम्मानित पत्नी हुनुहुन्छ। यसकारण पति सिद्ध नभए तापनि तपाईंले आफ्नो पतिको आदर र सम्मान गर्नुहुन्छ।

 

मलाई रुथ ग्राहमले भनेका याे कुरा निकै मनपर्छ, 

“आफ्नो पतिलाई माया गर्नु तपाईंको काम हो र उहाँलाई असल व्यक्ति बनाउनु परमेश्वरको काम हो।”



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...