1. उनको जीवनमा नम्र र शान्त स्वभाव हुन्छ। (१ पत्रुस ३:४)
2. उनी यौनकाे बिषयमा शुद्ध र पवित्र हुन्छिन। (तीतस २:५)
3. उनी असल कुराको शिक्षक हुन्छिन। (तीतस २:३)
4. उनी आफ्नै पतिको अधीनमा बस्छिन। (एफिसी ५:२२)
5. उनको वस्त्र सरलता र भद्रतासाथ सुहाउँदो हुन्छ। (१ तिमोथी २:९)
6. उनी असल कामहरूमा अगाडि हुन्छिन। (१ तिमोथी २:१०)
7. उनी आफ्नो घरको संरक्षक हुन्छिन। (तीतस २:५)
8. उनी आफ्नो पतिको सहयोगी हुन्छिन। (उत्पत्ति २:१८)
9. उनी सबै कुरामा विश्वासयाेग्य हुन्छिन। (१ तिमोथी ३:११)
10. उनको जीवनमा परमेश्वरकाे भय हुन्छ। (हिताेपदेश ३१:३०)

No comments:
Post a Comment