उनलाई यसरी चिन्नुहुनेछ र भेट्टाउनुहुनेछ...
ईश्वरीय स्त्री :
1. जसमा एस्तरको जस्तो साहस, रुथको जस्तो निकटता र प्रेम पाउनुहुनेछ।
2. जसमा लिडियाको जस्तो अतिथिसत्कार र मरियमको जस्तो समर्पण र आज्ञाकारिता पाउनुहुनेछ।
3. जसमा हन्नाको जस्तो आँसु र प्रार्थना पाउनुहुनेछ।
4. जसमा हितोपदेश ३१ काे गुणहरूले सजिएकाे हुनेछ।
ईश्वरीय पुरूष :
1. जसले अब्राहाम जस्तै तिम्रो नेतृत्व गर्नेछन।
2. जसले याकूब जस्तै तिम्रो लागि लड्नेछन।
3. जसले बोअज जस्तै तिम्रो हेरचाह गर्नेछन।
4. जसले येशू ख्रीष्ट जस्तै तिमीलाई प्रेम गर्नेछन।
यसकारण लेखिएको छ,
“पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।” [हितोपदेश १८:२२]
“घरहरू र सम्पत्ति आमा-बुबाबाट आएका हुन्छन, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो।” [हितोपदेश १९:१४]
“हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।” [याकूब १:१७]
“मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, 'म तेरै सन्तानलाई यो देश दिनेछु।' उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक।” [उत्पत्ति २४:७]
“आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।” [हितोपदेश ३:६]

No comments:
Post a Comment