Sunday, March 3, 2024

बाइबलीय विवाह र शिक्षा

 



1. आदम र हव्वा

 शिक्षा : तपाईंको वैवाहिक जीवनमा कुनै पनि बेला परिक्षा आउन सक्छ। [उत्पत्ति ३:५, २ काेरन्थी ११:३]


2. अब्राहाम र सारा

 शिक्षा : अरूकाे निम्ति आफ्नो इच्छा पनि त्याग्नु साँचो प्रेमको प्रमाण हाे। [हिब्रू ११:८, १ पत्रुस ३:१-६]


3. इसहाक र रिबेका

 शिक्षा : परमेश्वरले सही मानिसहरूलाई एकसाथ मिलाउनुहुन्छ। [उत्पत्ति २४:१५-१६]


4. याकूब र राहेल 

 शिक्षा : यदि यो सम्बन्ध परमेश्वरबाट हो भने समयले त्यो अलग गर्दैन। [उत्पत्ति २९:१६]


5. याकूब र लेआ

 शिक्षा : पुरुषको नजरमा एक-अर्काको लागि सही नदेखिने तर परमेश्वरको नजरमा एकअर्काको लागि सिद्ध भएको जोडी हुन सक्छ। याकूबले लेआलाई छनोट गरेनन, तर लेआलाई उनको पहिलो पत्नी बन्न रोजिएको थियो। [उत्पत्ति २९:२२-२३,३१, ३०:२०, ४९:३१]


6. याेसेफ र आसनत

 शिक्षा : तपाईंले आफ्नो जीवनकाे चालचलन र परमेश्वरमाथिको विश्वासले धेरैलाई प्रभाव पार्न सक्नुहुन्छ, र परमेश्वरकाे महिमा प्रकट गर्न सक्नुहुन्छ।

 याेसेफका छोराहरूको नामले आसनतमा याेसेफ र परमेश्वरमा उनको विश्वासको प्रभाव देखाउँछ। तिनीहरूका दुवै बच्चाहरूको नाममा परमेश्वरको महिमा छ। [उत्‍पत्ति ४१:४५-५२]


7. याेकेबेद र अम्राम

 शिक्षा : जब तपाईं संसारको विपरीत परिस्थितिलाई हाेईन, तर परमेश्वरमा आफ्नो विश्वास कायम राख्नुहुनेछ, तब तपाईंले परमेश्वरकाे अद्भुत कार्यलाई पनि देख्नुहुनेछ। र तपाईंको पिढीद्दारा सारा संसारले आशिष पाउनेछ। [प्रस्‍थान २:२-३, ६:२०]


8. मोशा र सिप्पोरा

 शिक्षा : निर्णायक क्षणहरूमा एकअर्कालाई बचाउने दम्पती बन्नुपर्छ। मोशाले सिप्पोरालाई गोठालाहरूबाट बचाए र सिप्पोराले मोशालाई बचाए, जब परमेश्वरले आफ्नो छोराको खतना नगरेको कारणले उनलाई मार्न लाग्नुभएको थियो। साथै मोशाले सिप्पोरामा नयाँ घर भेट्टाए। [प्रस्‍थान २:२१-२२, ४:२४-२६, १८:५-६]


9. शिमशाेन र दलीला 

 शिक्षा : हाम्रो हार तब हुँदैन जब हामी गिर्छाैं, तर हाम्रो हार तब हुन्छ जब हामी उठ्न अस्वीकार गर्नेछौं। हाम्रो परमेश्वर पुनः माैका दिनेवाला परमेश्वर हुनुहुन्छ। जबसम्म हाम्रो शरिरमा प्राण छ, तबसम्म हामी परमेश्वरतर्फ फर्कने माैका छ। [न्यायकर्ता १६:४-२१]


10. रुथ र बोअज

 शिक्षा : दु:ख-कष्ट, आपत-विपत र घटी-कमीमा साथ दिनु महान प्रेमको चिन्ह हाे। रूथले आफ्नो कार्यले बोअजको मन जितिन। रूथले भोगेका सबै पीडा बोअजको प्रेमले मेटाइदिए। बोअजले रूथलाई छुटकारा दिए र सँगै वंशलाई जारी राखे, जुन येशूको वंशावलीमा सहभागी बने। [रूथ २:११]


11. हन्नाह र एल्काना

 शिक्षा : परमेश्वरले दिनुभएको सन्तान परमेश्वरकाे सेवामा समर्पण गर्नु जस्तो महान काम अरू कुनै छैन। [१ शमूएल १:८, २०]


12. दाऊद र बतशेबा

 शिक्षा : व्यभिचार (परस्त्रीगमन) को नतिजा मृत्यु हुन सक्छ। [२ शमूएल ११:२-५]


13. दाऊद र अबीगेल

 शिक्षा : तपाईंको सुन्दरता भन्दा तपाईंको चालचलन र व्यवहारले अरूलाई प्रभावित पार्न सक्नुहुन्छ।

 अबीगेलको बुद्धिमानी सल्लाहले दाऊदलाई रगत बगाउनबाट बचायो। दाऊद अबीगेलको सुन्दरता र बुद्धिबाट प्रभावित भएपछि दाऊद र अबीगेलले विवाह गरे। दाऊदले अबीगेललाई नयाँ घर दिए र अबीगेलले राजा दाऊदलाई छोरा दिए। [१ शमूएल २५:३२-४२, १ इतिहास ३:१]


14. आहाब र ईजेबेल :

 शिक्षा : परमेश्वरकाे वचन र इच्छा विपरीत विवाह गर्याैँ भने हामीले आफ्नो जीवनमा, परिवारमा, समाजमा र सम्पुर्ण राष्ट्रमा श्राप ल्याउनेछाैँ। [१ राजा १६:३०-३१]


15. होशे र गोमेर 

 शिक्षा : खराब वैवाहिक सम्बन्धलाई निको पार्ने र पुनर्स्थापना गर्ने एकमात्र उपचार क्षमा र बिना शर्त प्रेम नै हाे। तपाईंको सम्बन्धमा अयोग्य महसुस गर्दा पनि अनुग्रह र क्षमा विस्तार गर्ने तरिकाहरू खोज्नुहोस। [होशे ३:१]


16. एस्तर र राजा अहासूरस 

 शिक्षा : विवाहको कठिन समयमा, केवल परमेश्वरले मात्रै तपाईंलाई बचाउन सक्नुहुन्छ, तर मानिसले होइन। [एस्तर ४:१५]


17. एलिजाबेथ र जाकारिया

 शिक्षा : परमेश्वरकाे वचन र याेजनामा विश्वास गर्नुभएन भने जीवनमा अनगिन्ती समस्याहरू भाेग्नुपर्ने हुन्छ। [लूका १:५-१३]


18. जोसेफ र मरियम

 शिक्षा : परमेश्वरको महान योजनाको हिस्सा बन्ने सुअवसर त्यसैले पाउँछ, जसले परमेश्वरको आज्ञापालन गर्छ र दु:ख-कष्ट/निन्दा-बदनाम पनि उठाउन तैयार हुन्छ। [मत्ती १:१८-२४, २:१३-१४]


19. हननिया र सफिरा 

 शिक्षा : इमानदार हुनुहोस! परमेश्वरकाे नजरमा सानो पाप र ठुलो पाप हुँदैन। एउटा सानो झुठले पनि तपाईंको जीवन बर्बाद पार्न सक्छ। परमेश्वर प्रेम मात्रै हुनुहुन्न, तर भस्म पार्नेवाला आगो पनि हुनुहुन्छ। शैतानभन्दा हाम्रो परमेश्वर खतरनाक हुनुहुन्छ। यसकारण परमेश्वरकाे भय मानाैँ, र पापसँग नखेलाैँ। [प्रेरित ५:१-११]


20. प्रिस्किला र अक्विला

 शिक्षा : वैवाहिक जीवनकाे महान लक्ष्य परमेश्वरकाे सेवा गर्नु हाे। प्रिस्किला र अक्विलाले हामीलाई ख्रीष्ट-केन्द्रित विवाहकाे उदाहरण दिएका छन। तिनीहरूको कथा एक-अर्काप्रतिको प्रेममा मात्र होइन तर ख्रीष्ट र उहाँको सुसमाचारप्रतिको साझा प्रेममा आधारित छ। यसकारण सँगै सेवा गर्ने, सँगै सिक्ने र सँगै विश्वासमा बढ्ने तरिकाहरू खोज्नुहोस।

 प्रिस्किला र अक्विला सँगै परमेश्वरको सेवा गर्ने दम्पती थिए, सुसमाचारको खातिर आफ्नो जीवन जोखिममा पारे, अनगिन्ती पटक अतिथि सत्कार देखाए र धेरै मानिसहरूको जीवनमा प्रभाव पारे। [प्रेरित १८:१-३, रोमी १६:३-४]


यसकारण लेखिएको छ,

“अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं।” [रोमी १५:४]


“यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन, जसमाथि युग-युगको अन्त्य आइसकेको छ।” [१ कोरिन्थी १०:११]


“सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस।” [२ तिमोथी ३:१६-१७]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...