एक युवकले दम्पतीलाई सोधे,
“तपाईंहरूले ६५ वर्ष सँगै बस्न कसरी प्रबन्ध गर्नुभयो?”
तब महिलाले जवाफ दिइन,
“हामी यस्तो समयमा जन्मेका थियौं कि यदि केहि बिग्रियो भने हामी त्यसलाई ठीक गर्छौं, तर फ्याँक्दैनौं।”
संसारमा कुनै यस्तो समस्या छैन, जसको समाधान नहाेस। वैवाहिक सम्बन्ध पनि यस्तै हाे, जहाँ अनगिन्ती कुराहरूकाे समस्या छन, तर सफल विवाहकाे निम्ति ती समस्याहरू समाधान गर्न अग्रसर हुनुपर्छ। दुःखको कुरा, आज धेरै जाेडिहरू याे रहस्य नबुझेको कारण सम्बन्ध बिच्छेदसम्म पुग्छन।
पति र पत्नी कहिल्यै एकअर्काको दुश्मन हाेनन, वास्तविक दुश्मन त अरू नै छ। यसकारण वैवाहिक जीवनमा दुवैजना एकआपसमा लड्ने हाेईन, तर दुवैजना मिलेर दुश्मनसँग लड्ने हाे, तब सफल विवाहको निम्ति कसैले राेक्न सक्दैन!

No comments:
Post a Comment