1. उनलाई व्यभिचार मन पर्छ।
2. उनलाई मुर्तिपुजा मन पर्छ।
3. उनलाई यौन अनैतिकता मन पर्छ।
4. उनलाई अरूमाथि प्रभुत्व गर्न मन पर्छ।
5. उनलाई विनाश मन पर्छ।
6. उनी धेरै गफ गर्न मन पराउँछिन।
7. उनी अनैतिक कपडा लगाउन, अनैतिक नृत्य गर्न, अनैतिक भिडियो बनाउन र अभिनय गर्न मन पराउँछिन।
8. उनी परमेश्वरका सेवकहरूलाई घृणा गर्छिन।
9. उनी आत्मिक भएको दाबी गर्छिन।
10. उनको पहिरन र रूपरङ्ग वेश्याकाे जस्तै हुन्छ।
11. उनले आफ्नो पतिलाई शासन गर्छिन।
12. उनी कपट गर्न मन पराउँछिन।
13. उनले परमेश्वरकाे जनलाई झूटो आरोप लगाउँछिन।
14. उनी आफ्नो अपराध स्वीकार गर्न अस्वीकार गर्छिन।
15. उनी परमेश्वरप्रति कहिल्यै कृतज्ञ हुँदैनन।
16. उनले याैनलाई नियन्त्रण गर्न माध्यमकाे रूपमा प्रयोग गर्छिन।
17. उनले नरकलाई माया गर्छिन, किनकि उनी नरककी छाेरी हुन।
18. उनी सबै खराबीको आमा हुन।
19. उनी दुष्ट मृत्युको व्यापारी हुन।
20. उनी शैतानकी दुलही हुन।
* कहिँ ममा ईजबेलकाे आत्माले काम त गरिरहेको छैन? ईजेबेल बाइबल इतिहासकाे सबैभन्दा दुष्ट स्त्री हुन। ईजेबेलकाे आत्माले माथिका 20 स्वभाव या गुणहरूद्दारा आज एक व्यक्तिको जीवनमा, परिवारमा, मण्डलीमा, समाजमा र देशमा पनि काम गरिरहेको छ। याे आत्माले पुरूष र स्त्री दुवैको जीवनमा काम गर्न सक्छ।
यसकारण लेखिएको छ,
“तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।
मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चात्ताप गर्न इन्कार गरी।
हेर, म त्यसलाई रोग-शय्यामा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चात्ताप गरेनन भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु।
म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्डलीहरूले थाहा पाउनेछन, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।” [प्रकाश २:२०-२३]
बाइबल सन्दर्भहरू :
2 राजा 9:22, 1 राजा 18:1-46, प्रकाश 2:1-29, 20-23

No comments:
Post a Comment