विवाह र ईश्वरीय विकल्प
1. विवाह परमेश्वरद्वारा सृष्टि गरिएको थियो।
2. विवाह एक ईश्वरीय उत्पादन हो।
3. विवाह एक ईश्वरीय विकल्प हो।
4. तपाईंको जीवनको लागि परमेश्वरको उद्देश्य पूरा गर्न विवाह आवश्यक छैन।
5. विवाह एक छनौट हो, र याे अनिवार्य छैन।
विवाह र विरोधाभास
1. मानव जीवनमा सबैभन्दा सुन्दर र सबैभन्दा खतराकाे कारण विवाह हाे।
2. मानव हृदयमा सबैभन्दा ठूलो खुशी र सबैभन्दा दुःखकाे कारण विवाह हाे।
3. मानव दिमागमा सबैभन्दा ठूलो आकर्षण र सबैभन्दा ठुलो विचलनकाे कारण विवाह हाे।
4. मानव वास्तविकतामा सबैभन्दा बहुमूल्य सपना र सबैभन्दा ठुलो त्रास पैदागर्ने सपनाकाे कारण विवाह हाे।
5. मानव इतिहासमा आशा र डरको सबैभन्दा ठूलो स्रोत विवाह हाे।
सफल विवाहको नियम :
यदि तपाइँ विवाहित हुनुहुन्न भने, तपाइँ खुशी हुनुहुनेछ कि तपाइँ अझै विवाहित हुनुहुन्न। यदि तपाइँ विवाहित हुनुहुन्छ भने, तपाइँ विवाहित रहन कसरी सिक्न जाँदै हुनुहुन्छ। र यदि तपाइँकाे सम्बन्ध बिच्छेद भएको छ भने, तपाइँ सायद यो किन भयो भनेर बुझ्नुहुनेछ। यो लेखले सबैलाई समेट्छ।
आज हामी सफल विवाहको नियमहरूमा ध्यान केन्द्रित हुनेछौं। हामी विवाह सम्झौताको अधिकार पुन: पत्ता लगाउन जाँदैछौं र म “विवाहको विरोधाभास” भन्ने कुराबाट सुरु गर्न चाहन्छु। यहाँ विवाहको सबैभन्दा ठूलो विरोधाभासहरू छन।
1. विवाह सबैभन्दा ठूलो आकर्षण र व्यवधान हो।
सबैजना विवाह गर्न चाहन्छन जस्तो देखिन्छ, कम्तिमा हामीमध्ये धेरैलाई विवाह गर्ने इच्छा हुन्छ तर समस्या यो हो, कि यदि तपाईंले सही व्यक्तिसँग नगर्नुभएमा त्यही विवाह तपाईंको लागि ठूलो बाधा बन्न सक्छ।
2. विवाह जीवनको सबैभन्दा सुन्दर र खतरा हो।
कुनै चीज कसरी सुन्दर र खतरनाक हुन सक्छ? त्यो विवाह हो, यो सुन्दर छ, तर साथमा यदि गलत व्यक्तिसँग विवाह गर्नुभयो भने यो खतरनाक पनि छ।
3. विवाह आनन्द र निराशाको सबैभन्दा ठूलो स्रोत हो।
यहाँ केही विवाहित जोडीहरू छन, जो अहिले यो पढिरहेका छन। विवाहको दिन यो धेरै रोमाञ्चक थियो, केहि हप्तापछि, तपाईले गल्ती गर्नुभयो भने सोच्दै हुनुहुन्छ। हेर्नुहाेस: आनन्द र निराशा!
4. विवाह सबैभन्दा बहुमूल्य सपना र दुःस्वप्न हो।
मानव वास्तविकतामा बहुमूल्य सपना र त्रास पैदा गर्ने सपना विवाह नै हाे। विवाहले कतिकाे जीवनकाे सपना साकार बनाई दिएको छ। तर विवाहलाई स्वर्गीय वातावरणमा हुर्काउन नसकेर वा गलत व्यक्तिसँग विवाह गरेको कारण कतिपय व्यक्तिको जीवनमा त्रास पैदा गरेको छ। रातिको निद्राकाे उडाई दिएकाे छ।
5. विवाह आशा र डरको सबैभन्दा ठूलो स्रोत हो।
तपाईं जतिसुकै मायामा हुनुहुन्छ भन्ने सोच्नुहुन्छ, जब तपाईं त्यो बिचकाे बाटोमा हिंड्नु पर्छ, जहाँ तपाईंले स्वयंलाई यसरी प्रश्नहरू गर्नुहुनेछ : “के म सही दिशामा जाँदैछु?” “के मैले सहि काम गरिरहेको छु?” “मैले जे गर्दैछु के त्यो ठिक छ?”
ईश्वरीय विकल्प
1. विवाह परमेश्वरद्वारा सृष्टि गरिएको थियो।
2. विवाह एक ईश्वरीय उत्पादन हो।
3. विवाह एक ईश्वरीय विकल्प हो।
4. तपाईंको जीवनको लागि परमेश्वरको उद्देश्य पूरा गर्न विवाह आवश्यक छैन।
5. विवाह एक छनौट हो, र याे अनिवार्य छैन।
निष्कर्ष : विवाह परमेश्वरले दिनुभएको विकल्प हो। सबैभन्दा पहिले, विवाह परमेश्वरद्वारा बनाईएको हो, यो उहाँको उत्पादन हो तर यो एक विकल्प हो। यसको मतलब, तपाईंको जीवनको लागि परमेश्वरको उद्देश्य पूरा गर्न विवाह आवश्यक छैन। तपाईं विवाह नगरी आफ्नो जीवनको लागि परमेश्वरको इच्छा र उहाँको उद्देश्य पूरा गर्न सक्नुहुन्छ। त्यसैले आफ्नो सारा जीवन कसैसँग विवाह गर्न खोज्न र परमेश्वरको इच्छामा बाँच्न नबिर्सनुहोस।
विवाहको सम्भावनालाई पछ्याउन आफ्नो समय खर्च गर्नुको सट्टा तपाईं परमेश्वरको इच्छा पूरा गर्ने तयारीमा व्यस्त हुनुपर्छ। अर्को शब्दमा, विवाह एक छनोट हो र अनिवार्य छैन। इतिहासमा धेरै व्यक्तिहरू छन र बाइबलका पात्रहरू पनि छन जसले परमेश्वरको लागि महान कार्यहरू गरे र विवाह नगरेका थिए।
सबैभन्दा पहिले उल्लेख गरेको कुरा यो थियो, विवाह एक आकर्षण हो तर यो एक विचलित पनि हो अर्थात विवाहले तपाईंको भविष्यलाई बढाउन सक्छ वा नष्ट गर्न सक्छ। विवाह नगरून्जेल राम्रो काम गर्ने मान्छेहरु पनि छन। तिनीहरू आफ्नो जीवनको साथमा थिए, तिनीहरूको आफ्नै दृष्टिकोण छ, तिनीहरूसँग प्रत्येक लक्ष्य बनाएका छन, तिनीहरूको करियर ट्र्याकमा थियो, सबै कुरा व्यवस्थित थियो, तिनीहरू परमेश्वरको लागि जोसिलो थिए, उनीहरूलाई आफ्नो उद्देश्य थाहा थियो, तिनीहरू आफ्नो सपनाको लागि भावुक थिए, तिनीहरू संगठित थिए र तिनीहरूले विवाह नगरेसम्म तिनीहरूको जीवन क्रममा थियो। तर अब, तिनीहरू अलमलमा छन, हराएका छन, निराश छन, उनीहरूलाई अब के गर्ने थाहा छैन।
विवाह भनेको यस्तो सुन्दर विचार हो, केवल परमेश्वरले यो सोच्न सक्नुहुन्थ्यो। यो परमेश्वरद्वारा बनाईएको पहिलो संस्था हो। यदि तपाईंले बाइबल पढ्नुभयो भने, तपाईंले याद गर्नुहुनेछ कि बाइबल चर्च, सरकार वा शिक्षाबाट सुरु हुँदैन। त्यसकारण, ईश्वरको संस्था स्वर्गको स्तरबाट मात्र सफल हुन्छ। एक सफल विवाह केवल परमेश्वरको राज्यकाे वातावरण भित्र मात्रै सम्भव छ। त्यसैले, उहाँको उत्पादन उहाँको विशिष्टता भित्र हुनुपर्छ।
Sources :
1. https://www.nairaland.com/3175945/success-laws-marriage
2. https://youtu.be/c9g-lDkZL0M?si=1bS3-dr1OygeGWj3

No comments:
Post a Comment