Friday, March 29, 2024

ईजेबेलकाे चरित्र र सौन्दर्य प्रसाधनहरू

 



 निम्न विशेषताहरू ईजेबेलको प्रकृतिका उदाहरणहरू हुन। ईजेबेलले निम्न सौन्दर्य प्रसाधनहरूले आफैंलाई सजाउने गर्दछिन। यसकाे प्रभावबाट पूर्ण रूपमा छुटकारा पाउनको लागि पश्चात्ताप गर्नु र तलको सम्झौताबाट बाहिर आउनु महत्त्वपूर्ण छ। 


1. पश्चात्ताप नगर्ने, क्षमा नगर्ने र गल्तीहरूको रेकर्ड राख्छ।

2. विद्रोही

3. जिद्दी

4. नियन्त्रण गर्ने र कपटी

5. आत्ममोह 

6. अभिमानी

7. अख्तियार, पति, चर्च नेतृत्व प्रति घृणा

8. नक्कली प्रेमको माध्यमबाट बहकाउँछ। (फिलोस र इरोस प्रेम, अगापी होइन)

9. ईशाराबाट बढी कुरा गर्ने। शारीरिक भाषा जस्तै: आँखा झिम्काउनु, आँखा जुधाउने, अनुहारको अभिव्यक्ति, मुद्रा परफ्यूम, स्पर्श, मधुर आवाज ईत्यादी।

10. पुरुषहरूलाई वासना/विकृत विचारहरू निम्त्याउने।


11. झूटो धर्म, मानिसहरूको परम्परालाई पछ्याउने।

12. धेरै आत्मिक भएको नाटक गर्ने, झूटा उपहार।

13. सधैं तपाईंको लागि प्रार्थना गर्न चाहन्छ।

14. बोक्सीविद्याको जाल बनाउँछ, दुष्ट आत्माकाे सम्बन्धहरूद्वारा अन्य मानिसहरूलाई आफ्नो सम्पर्कमा ल्याउँछ, यो हात राखेर पनि हुन सक्छ।

15. प्रभावशाली बोक्सीविद्या प्रार्थना गर्ने। जानीजानी अरूमाथि बोक्सीविद्याको प्रार्थना गर्ने, उसलाई परमेश्वरकाे बचन थाहा छ र वचनलाई टेडामेडा पार्छ।

16. मूर्तिपूजाद्वारा मानिसहरूलाई शरीरमा हिंड्न बाध्य बनाउँछ। सांसारिक चीजहरूलाई परमेश्वरभन्दा माथि उचाल्छ।

17. आराधनाको नेतृत्व गर्न चाहन्छ।

18. भविष्यवाणी गर्न मनपर्छ।

19. सेवाको समयमा टाउको छोप्न अस्वीकार गर्दछ। (1 कोर 11: 1-16)

20. नेतृत्वलाई आक्रमण गर्दछ।


21. आफूलाई नेतृत्वको नजिक राख्छ।

22. ईश्वरीय पुरुष र ईश्वरीय महिलाहरूलाई घृणा गर्दछ।

23. अभिषेक/अधिकार भएका मानिसहरूलाई आक्रमण गर्छ।

24. झूटा सिद्धान्तद्वारा सेवकाई गर्दछ।

25. महिला पास्टरहरू बनाउँछ र प्रोत्साहित गर्दछ। अर्थात; पुरुषमाथि अधिकार गर्दैछ।

26. अगुवाहरू विरुद्ध षड्यन्त्र रच्दछ।

27. सेवकाईमा पुरुषहरूको विरुद्धमा महिलाहरूलाई प्रयोग गर्दछ।

28. हरेक कुरामा आफैलाई पहिलो स्थानमा राख्छ।

29. सबैको ध्यानको केन्द्र बन्न खाेज्छ, र अक्सर पार्टीको जीवन मनपर्छ।

30. गाेहीकाे आँसु हुन्छ।


31. शंका उत्पन्न गर्दछ।

32. नारीवाद आदर्शहरूलाई धक्का दिन्छ।

33. दुष्ट आत्माकाे सम्बन्धहरूद्वारा अरू ईजेबेलहरू जन्माउँछ।

34. अरूकाे अधिकार खाेसेर आफुले अधिकार प्राप्त गर्न चाहन्छ।

35. तपाईंलाई आत्मिक रूपमा र सत्यमा अन्धाे बनाउँछ।

36. तिनीहरू गलत छन भनी कहिल्यै स्वीकार गर्दैन।

37. कहिल्यै जिम्मेवारी स्वीकार गर्दैन।

38. झूटो आरोप लगाउँछ।

39. अरूले उनीसँग ईर्ष्या गर्छन भन्ने विश्वास गर्दछ।

40. सजिलै आफ्नो चित्त दुखाउँछ।


41. पछाडि कुरा काट्ने हुन्छ।

42. बढी गफाडी हुन्छ।

43. व्यर्थ र काम नलाग्ने हुन्छ।

44. भारी मेकअप गर्दछ, र अत्यधिक गरगहनाहरूले आफैंलाई सजाउछ या सजाउने चाहाना हुन्छ।

45. परमेश्वरकाे साँचो भविष्यवक्ताहरूलाई मार्छ। र तिनको ठाउँमा अशेरा र बालका झूटा अगमवक्ताहरूलाई बदल्छ।

46. ​​अरूलाई नियन्त्रण गर्न उपहार दिएर अनुग्रह सिर्जना गर्दछ।

47. तपाईंलाई पनि ईजेबेल जस्तो देखाउने प्रयास गर्दछ।

48. जानकारी प्रयोग गर्दै कलह सृजना गर्दछ।

49. जेष्ठ र प्रभावी पुरुषहरूलाई घृणा गर्दछ।

50. आहाबलाई घेरामा पर्न खोज्छ र एक आहाबसँग विवाह गर्छ वा उसलाई पनि आफै जस्तो एक बनाउँछ (निष्क्रियता)।


51. आत्मिक रूपमा पुरुष भूमिका वा पहिचानबाट पुरुषलाई कमजोर बनाउँछ।

52. स्तनहरू खुला राख्छ र अंगप्रदर्शन गर्न कसिलो कपडा लगाउँन मन पर्छ।

53. यदि उसले आफ्नो ईच्छा या लक्ष्य पाउँदैन भने बदला लिने गर्दछ।

54. स्वतन्त्र र एक्लै बस्न मन गर्छ।

55. विवाहलाई नष्ट गर्छ। (अर्थात: परिवार र मण्डली) ईजेबेलको अर्थ नै अव्यवस्थित हाे।

56. आफूलाई नपुंसकहरूले घेर्छ। (अर्थात: आहाब)

57. अरूको बारेमा धेरै कुराहरू गर्दछ। विशेषगरी नकारात्मक कुराहरू

58. सुधार स्वीकार गर्दैन। साथमा बृद्धहरू वा अगुवाहरूको अधीनमा पनि बस्दैन।

59. धम्की दिन्छ र धम्कीकाे प्रयोग गर्दछ।

60. प्रत्येक्ष कुराकानी र स्वच्छ बहसलाई घृणा गर्दछ।


61. डर र बोक्सीविद्याको सन्देशवाहक/आत्मा पठाउँछ।

62. विद्रोह र अराजकताकाे बीऊ छर्छ।

63. जिद्दीवाला हुन्छ।

64. अनैतिक याैन सम्बन्ध र काल्पनिक याैनको विचारहरू सिर्जना गर्दछ।

65. छुटकाराकाे सेवकाई र पवित्र आत्माका वरदानहरू बन्द गर्दछ, जबसम्म उनी मात्र ती वरदानहरू प्रयोग गर्दैनन।

66. मजाक गर्ने आत्मा हुन्छ।

67. चापलूसी प्रयोग गर्दछ।

68. सबै कुराको श्रेय आफै मात्र लिन खाेज्छ।

69. अरूलाई भ्रममा पार्ने किसिमले बोल्छ।

70. आफुले मात्रै सबै कुरा जानेको महशुस गर्दछ।


* यी चरित्रहरू, गुणहरू या बिशेषताहरूद्वारा मेरो जीवनमा, परिवारमा, मण्डलीमा र कार्यक्षेत्रमा ईजेबेलकाे आत्माको प्रभाव छ कि छैन भनेर आफैंलाई जाँच गर्न सकिन्छ। ईजेबेल एक व्यक्ति हाे, एक आत्मा हाे र एक सिद्धान्त हाे!



Source :
https://deliveranceministry.com.au/do-i-have-a-jezebel-spirit-behavior-traits-checklist/2018-10-01-10/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...