Friday, March 1, 2024

अनैतिक याैन सम्बन्ध, विष र बर्बादी

 



 1. धेरै केटी साथीहरू हुनुले तपाईलाई मर्द बनाउँदैन। यसले तपाईलाई केबल व्यभिचारी, धोखेबाज र पापी पुरूष मात्र बनाउँछ।


 2. अनैतिक याैन सम्बन्ध निकै मीठो हुन्छ, तर यसले तपाईंको उज्ज्वल भविष्यलाई नष्ट गर्न सक्छ।


 3. धेरैजसो पुरुषको पतन धेरै केटी साथीहरू भएको कारणले हुन्छ। याैन सम्बन्ध एक आत्मिक भेट पनि हाे, हरेक स्त्रीहरूमा राम्रो आत्मा हुँदैन, तर उनीसँग दुष्ट आत्मा पनि हुन्छन। केहीको खुट्टाको बीचमा विष हुन्छ, जाे हत्यारा हाे र सुन्दर भविष्यकाे विध्वंसक हाे। सावधान रहनुहोस।


 4. सबैभन्दा खराब र अभागी मानिस त्यो मानिस हो, जसले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न सक्दैन। आफ्नो यौन इच्छा नियन्त्रण गर्न सक्ने मानिस पृथ्वीमा धेरै वर्षसम्म बाँच्न सक्ने मानिस हो।


 5. एक साँचो पुरुषको जीवनमा एउटी मात्र स्त्री (पत्नी) हुन्छ।


 6. तपाईं ओछ्यानमा राम्रो हुनुहुन्छ भन्ने तथ्यले तपाईंलाई मर्द बनाउँदैन। वास्तविक मर्द त्यो हो, जो आफ्नो जिम्मेवारीबाट भाग्दैन तर त्यसको सामना गर्छ।


 7. तपाईंले याैन सम्बन्ध राख्न गल्लीहरूमा घुमेर हिँड्नु पर्दैन। जाे यसरी घुम्छन, तिनीहरूसँग सम्बन्ध राख्ने स्त्रीहरू महा मूर्ख हुन।


 8. स्त्रीहरुलाई उपयोग गरेर फ्याँक्ने नगर्नुहोस। कर्मको फलकाे नियमलाई याद गर्नुहोस। तपाईंले जे छर्नुहुन्छ, त्यसको कटनी पनि गर्नुहुनेछ।


 9. यदि तपाईंले उनलाई आफ्नो श्रीमती बनाउन सक्नुहुन्न भने उनलाई आमा नबनाउनुहाेस। यदि उनी तपाईंको श्रीमती बन्न सक्दैनन भने उनीसँग नसुत्नुहोस।


 10. तपाईंले सधैं आफ्नो याैन उत्तेजनालाई पालन नगर्नुहोस।  प्रायजसो: यसले तपाईंलाई गलत दिशामा बहकाउँछ। आफ्नो याैन उत्तेजनालाई नियन्त्रण गर्नुहोस, तर तपाईंको याैन उत्तेजनाले तपाईंलाई नै नियन्त्रण गर्न नदिनुहोस। यदि तपाईंसँग अत्मनियन्त्रण छैन भने, तपाईं यस पृथ्वीमा निकै गरिब हुनुहुन्छ, र तपाईं पृथ्वीमा बस्ने समय निकै छाेटाे छ।


 [तपाईं मसँग रिसाउन सक्नुहुन्छ, मेरो अपमान गर्न सक्नुहुन्छ, र मलाई नराम्रो गाली पनि दिन सक्नुहुन्छ, तर मलाई अब केहि फरक पर्दैन, किनकि मैले तपाईंलाई भन्नुपर्ने सत्य भनिसकेको छु। याे सत्यलाई स्विकार गर्ने वा नगर्ने कुराकाे जिम्मेवारी तपाईंको हाे।]


 11. यदि तपाईंमा आत्मसंयम (याैन अनुशासन) छैन, भने तपाईं र कुकुरमा कुनै फरक छैन।


 12. तपाईंले स्कर्टमुनि देख्नु भएको सबै कुरा तपाईंले उपभाेग गर्न हतार गर्नुपर्छ भन्ने होइन। केही स्कर्टहरूमा सर्पहरू हुन्छन, जसले तपाईंलाई टोक्छ र तपाईंलाई असहज पार्छ। आफ्नो यौन इच्छा नियन्त्रण गर्नुहोस। धेरै जसो केसहरूमा आत्म-नियन्त्रण र अस्विकार गर्ने गुण नभएकोले त्यसकाे मुल्य धेरै चुकाउनुपर्ने हुन्छ।


 13. कुनै पनि महिलाकाे सुन्दर शारीरिक बनावटलाई हेरेर उनीसँग सम्बन्ध नराख्नुहाेस। ती चीजहरू प्याकेजिङ मात्र हुन, र प्याकेजिङ धेरै भ्रामक हुन सक्छ। यस्तो भ्रामक कुराहरू सामाजिक सञ्जालहरूमा बढी देख्न सकिन्छ, जुन वास्तविक हाेईनन। यस्तो भ्रमबाट जोगिनु तपाईंको प्रमुख कर्तव्य हाे। 


 14. तपाईलाई प्रेम गर्ने कुनै पनि स्त्रीलाई सम्मान गर्नुहोस।


यसकारण लेखिएको छ,

“पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो।” [हितोपदेश २५:२८]


“मानिस धैर्यवान हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।” [हितोपदेश १६:३२]


“तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।” [गलाती ५:२२-२३]


“किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।” [२ तिमोथी १:७]


“यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप।” [२ पत्रुस १:५-७]


“किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।” [तीतस १:७-८]


“त्यो मानिस धन्यको हो, जो आपत-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।” [याकूब १:१२]


Sources :
1. https://medium.com/@chandasunday1/sex-is-sweet-but-theres-poison-in-it-also-a-man-who-can-control-his-sexual-urge-is-a-man-who-can-fac36f038e0b
2. https://www.linkedin.com/posts/godbless-alayeh-67a40aa6_sex-is-sweet-but-theres-poison-in-between-activity-6928067804868861953-MdSI

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...