Thursday, March 28, 2024

ईजेबेल र मण्डली



 ईजेबेल नामकाे अर्थ “लाज नभएको”, “अपमानित” या “अधिनताकाे कमी भएको” हुन्छ।


1. ईजेबेल एक महिलाको रूपमा संचालित थिईन। [१ राजा १८-१९ अध्याय, २ राजा ९-१० अध्याय]


 मण्डलीमा ईजेबेलले 1000 बर्षपछि पनि एक आत्माको रूपमा काम गरिरहेको छ। [प्रकाश २ अध्याय]


2. ईजेबेलले पहिले इजरायल राष्ट्रभित्र काम गर्याे।


  ईजेबेलकाे आत्माले अहिले मण्डलीभित्र काम गर्दछ।


3. ईजेबेलले एक राजासँग विवाह गरे, तर पतिको अधिनमा बस्दैन र पतिको कुनै आदर र सम्मान पनि गर्दैन।


 ईजेबेलकाे आत्माले प्रभावित भएको व्यक्तिले मण्डलीभित्र नेतृत्वको प्रमुख पद खोज्छ, कसैको अधीनमा बस्दैन, अरूको मानहानि गर्छ, अरूलाई जबर्जस्ती नियन्त्रण गर्न खाेज्छ, कसैप्रति आदर र सम्मानकाे भाव हुँदैन।


4. ईजेबेललाई मृत्युको समयमा पनि सिँगारपटारकाे चिन्ता हुन्छ। उनी आफैंलाई धेरै देखाउने र आँखामा गाजल लगाएर मेकअप गर्ने बाइबलकाे पहिलो महिला हुन। [२ राजा ९:३०] यसैको नक्कल सारा इज्राएली महिलाहरूले पनि गरे, र परमेश्वरबाट दण्ड पनि पाए। [यर्मिया ४:३०, यशैया ३:१६-२६, इजकिएल ७:१९-२०, २३:४०, हितोपदेश ७:१०-११, होशे २:१३, ४:७-१४, १ तिमोथी २:९]


 मण्डली भित्र यही ईजेबेलकाे आत्माले प्रभावित दिदीबहिनीहरू अनगिन्ती छन। जाे कसिलो कपडा लगाउँछन, अंगप्रदर्शन गर्ने चाहाना हुन्छ, आफैंलाई चाहिनेभन्दा बढी सिँगारपटार गर्छन। र कसैले यसको बारेमा भन्यो या चेतावनी दियो भने बहस गर्छन, रिस उठ्छ र उनको प्रमुख शत्रु बन्छ। कतिपय मण्डलीमा ईजेबेलकाे आत्माकाे प्रभाव यति धेरै छ की आधुनिकताकाे नाममा मण्डलीभित्र अर्धनग्न वस्त्र पहिरिन अनुमती दिईन्छ। शिर ढाक्न समस्या भएको युगमा शरीर ढाक्नु त फलामको चिउरा चपाउनु जत्तिकै हुन्छ। 


 दु:खकाे कुरा, आज मण्डलीका दिदीबहिनीहरूकाे रूपरङ्ग र पहिरन गल्लीमा बस्ने वेश्याहरूभन्दा तल्लो स्तरको छ (हितोपदेश ७:१०-११)। अन्तिम समयमा मण्डलीभित्र पवित्रताकाे जलन राख्ने व्यक्तिहरू लेवीहरूझैँ वचनकाे तरवार र पीनहासझैँ हातमा भाला लिएर खडा हुने समय आईसकेको छ। ईजेबेललाई मण्डलीमा कुनै स्थान छैन। मण्डली ईजेबेलका छाेरीहरू खेल्ने र घुम्ने स्थान हाेईन, तर जीवित परमेश्वर वास गर्ने स्थान हाे। परमेश्वर पवित्र हुनुहुन्छ, र परमेश्वर भस्म पार्नेवाला आगो पनि हुनुहुन्छ।


5. ईजेबेल बाइबलकाे सबैभन्दा दुष्ट महिला हुन। 


 कतिपय मण्डली भित्र पवित्र आत्माको नाममा दुष्ट आत्माले काम गरिएको छ। यसकाे प्रमाण सेवकहरूकाे प्रचार, विश्वासीहरूकाे जीवन र चालचलनकाे फलले स्पष्ट देखाउँछ। ईजेबेलकाे आत्माले पवित्र आत्माको नक्कल पनि गर्न सक्छ।


6. ईजेबेलले परमेश्वरको वेदीलाई घृणा गर्छ।


 ईजेबेलकाे आत्माले मण्डलीमा पवित्र आत्माको कामलाई राेक्ने प्रयास गर्छ। दान, बलिदान, पवित्रता, आराधना, व्यक्तिगत प्रार्थनाकाे जीवनलाई घृणा गर्दछ।


7. ईजेबेलले अगमवक्ताहरूकाे आवाजलाई नष्ट गर्न खोज्छ। परमेश्वरकाे सेवक र प्रचारलाई घृणा गर्छ, अगमवक्ताहरूको परिवारलाई मार्छ।


 ईजेबेलकाे आत्माले मानिसहरूकाे जीवन र मण्डलीहरूमा घुसपैठ गर्छ, नेतृत्वको पदका व्यक्तिलाई आक्रमण गर्छ, साँचो प्रचारलाई आक्रमण गर्छ।


8. ईजेबेलले आहाबद्वारा अनुमति पाएको छ।

 ईजेबेलकाे आत्माले शैतानकाे अनुमति पाएको छ।


9. ईजेबेलका छोराछोरी छन।

 ईजेबेलकाे आत्मा मण्डलीमा एकचोटि परिपक्व भएपछि यो पुन: उत्पादन हुन्छ, यसकारण तिनीहरूलाई समयमा वचनकाे तरवारले मार्नुहोस।


10. ईजेबेललाई शक्तिशाली प्रचारले पनि कुनै असर गर्दैन।

 ईजेबेलले मण्डलीसँग झूटो सम्झौता गर्छ, पश्चात्तापलाई घृणा गर्छ (प्रकाश २:२१) र नकली नम्रता देखाउँछ।



* ईजेबेल हाम्रो बीचमा छ।

* ईजेबेल नरककी छाेरी हुन।

* ईजेबेल शैतानको प्यारी हुन।

* ईजेबेल अन्धकारकी रानी हुन।

* ईजेबेल नरक जाने राजमार्ग हो।

* ईजेबेल बाइबलको सबैभन्दा दुष्ट महिला हुन।

* ईजेबेलकाे आत्मा पुरुष वा महिला मार्फत प्रकट हुन सक्छ।

* ईजेबेलकाे मण्डली नरकको बाटोको लागि एउटा साइन बोर्ड हो। 

* ईजेबेलकाे आत्माले स्त्री या पुरूष दुवैको जीवनमा काम गर्न सक्छ।

* शैतान मण्डलीहरूसँग लडिरहेको छैन, तर ऊ ईजेबेलकाे आत्माकाे रूपमा मण्डलीसँग सामेल भएको छ।

* ईजेबेलकाे आत्माले तपाईंको व्यक्तिगत जीवन, परिवार, मण्डली र कार्यस्थललाई कब्जा गर्नु अघि त्यसलाई कब्जा र नष्ट गर्नुहोस।

* ईजेबेलकाे आत्माले काम, प्रेम, विश्वास, सेवा, धैर्य र सहनशीलतामा अगाडि बढिरहेको पहिलो शताब्दीको थिआटीराको मण्डलीलाई कब्जा गरिसकेको थियोे।


* के तपाईंसँग ईजेबेलकाे आत्मा छ?

* कहिँ तपाईंको व्यक्तिगत जीवन, परिवार, मण्डली र कार्यस्थलमा ईजेबेलकाे आत्माले कब्जा गरेको त छैन?


 यसकारण लेखिएको छ,

 “तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।  

मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चात्ताप गर्न इन्कार गरी।  

हेर, म त्यसलाई रोग-शय्यामा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चात्ताप गरेनन भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु।  

म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्डलीहरूले थाहा पाउनेछन, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।” [प्रकाश २:२०-२३]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...