1. ईजेबेलले आफ्नो पति आहाबलाई बालको उपासना गर्न परीक्षामा पारे। (१ राजा १६:३२-३३, २१:२५)
शैतानले उजाडस्थानमा येशूलाई परीक्षामा पारे। (मत्ती ४:१-११)
2. ईजेबेलले परमेश्वरका अगमवक्ताहरूलाई सताइयो र मार्यो। (१ राजा १८:४)
शैतानले मण्डली इतिहासभरि र विशेष गरी अन्तिम समयमा परमेश्वरका जनहरूलाई सताउँछ र मार्छ। (प्रकाश १७:६)
3. ईजेबेलले एलियालाई डर र निराशा ल्यायो। (१ राजा १९)
शैतानले पनि परमेश्वरका जनहरूमा डर र निराशा ल्याउँछ। (१ पत्रुस ५:८)
4. ईजेबेलले नाबोतमाथि झूटा आरोप लगाए। (१ राजा २१)
शैतान झूट हाे र झुटको पिता भनेर चिनिन्छ। (यूहन्ना ८:४४)
5. ईजेबेललाई आफ्नै नपुंसकहरूले झ्यालबाट तल फ्याँकेका थिए। (२ राजा ९:३२-३३)
शैतान एकदिन अग्नि कुण्डमा तल फ्याँकिनेछ। (प्रकाश १२:१०)
6. ईजेबेलको लाश यिजरेलको त्यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस, “यो ईजेबेल हो”। (२ राजा ९:३५-३७)
शैतान पनि एकदिन अतल कुण्डमा फ्याँकिनेछ, र त्यो कुण्ड बन्द गरी मोहोर लगाईनेछ, ताकि उसले जाति-जातिहरूलाई बहकाउन नपाओस। (प्रकाश २०:३)
7. ईजेबेल र आहाबको घरानाकाे सबै मारिए। (२ राजा १०:१२-१४)
शैतान र उसका सबै दुष्टहरू एकदिन नाश हुनेछन। (प्रकाश २०:७-१०)
यसकारण लेखिएको छ,
“किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ।
तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ।
शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे।
यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन।” [२ थेसलोनिकी २:७-१२]
Source :
https://flawedandfaithful.com/queen-jezebel-in-the-bible/

No comments:
Post a Comment