1. राहेल - उनीले आफ्नो साँचो प्रेमको लागि 14 वर्षसम्म धैर्य गरिन। [हितोपदेश ३१:३०]
2. हन्ना - प्रार्थनाकाे जवाफ नपाउँदासम्म उनी निरन्तर प्रार्थना गरिन। [हितोपदेश ३१:२५]
3. रूथ - उनी एक महान चरित्र भएकी महिला हुन। [हितोपदेश ३१:१७-१८]
4. एस्तर - उनी एक हेरचाह गर्ने र राजनैतिक महिला हुन। [हितोपदेश ३१:२०]
5. इलीशिबा - उनी निर्दोष र दाेष रहित छिन। [हितोपदेश ३१:२६]
6. मरियम (येशूकी आमा) - उनी परमेश्वरलाई आदर गर्ने महिला हुन। [हितोपदेश ३१:२८-२९]
7. मरियम मग्दालिनी - उनी येशूलाई माया गर्छिन र विश्वास गर्छिन, र उहाँलाई पछ्याउँछिन। [हितोपदेश ३१:२१-२२]
8. मार्था - एक विश्वासकी महिला हुन। [यूहन्ना ११:२१, हितोपदेश ३१:२७]
9. डोरकास - एक परिश्रमी महिला हुन। [प्रेरित ९:३६-३९, हितोपदेश १९-२० अध्याय]
10. प्रिस्किला - बहु-प्रतिभाशाली महिला थिइन। उनी एक सफल व्यवसायी [प्रेरित १८:१-३], एक असल पत्नी [प्रेरित १८:२], एक प्रचारक [रोमी १६:३], एक मण्डलीकाे अगुवा [१ कोरिन्थी १६:१९], र परमेश्वरकाे वचन बाइबलमा निपुण [रोमी १८:२६] थिइन।
यसकारण लेखिएको छ,
तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन:
“धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ। [हितोपदेश ३१:२८-३०]
“मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ, तिमीमा कुनै दाग छैन।” [श्रेष्ठगीत ४:७]

No comments:
Post a Comment