Saturday, March 9, 2024

महिला र येशूकाे वंशावली

 


येशू ख्रीष्टकाे वंशावलीमा उल्लेख गरिएका महिलाहरूकाे नाम यसप्रकार छन,

1. तामार

2. राहाब

3. रूथ

4. उरियाहकी पत्नी (बतशेबा)

5. मरियम

[सन्दर्भ : मत्ती 1:1-17]


 वंशावलीमा कहिल्यै पनि महिलाको नाम उल्लेख गरिँदैन, तर येशू ख्रीष्टकाे वंशावलीमा भने यी पाँच महिलाहरू नाम उल्लेख गरिएको छ।


 यी पाँचमा मरियम बाहेक सबै खराब महिलाहरू थिए, तापनि परमेश्वर प्रतिको उनीहरूको विश्वासले याेग्य बने। यहाँ कुनै याेग्यता नभएको महिलाहरूलाई पनि परमेश्वरले येशू ख्रीष्टकाे वंशावलीमा राख्नुभयाे। 

* तामार - व्यभिचारी

 * राहाब - वेश्या 

 * रूथ - श्रापित पिंढी [व्यवस्था 23:3, उत्पत्ति 19:37]

 * उरियाहकी पत्नी (बतशेबा) - व्यभिचारी


 यसबाट परमेश्वरले राम्रो व्यक्तिलाई मात्रै हाेईन, पापले बिग्रेको र भत्केको व्यक्तिलाई पनि उद्दार गर्न सक्नुहुन्छ भनी हामीले सिक्न सक्छौं। हामी जतिसुकै ठुलो पापकाे दलदलमा डुबेका भए तापनि उहाँले हाम्रो उद्दार गर्न सक्नुहुन्छ। परमेश्वर मेरो प्रभु मात्रै हुनुहुन्न, तर उहाँ मेरो उद्दारकर्ता पनि हुनुहुन्छ।



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...