Sunday, March 10, 2024

परमेश्वरसँग हिँड्ने महिलाहरू

 



1. साराले तपाईंलाई यसो भन्नेछिन, “परमेश्वरकाे लागि कुनै पनि काम कठिन छैन।”


2. राहेलले तपाईंलाई यसो भन्नेछिन, “यदि यो वैवाहिक सम्बन्ध परमेश्वरबाट हो भने समयले त्यो अलग गर्दैन।”


3. हागारले तपाईंलाई यसो भन्नेछिन, “मरुभूमिमा पनि परमेश्वरले पानी दिन सक्नुहुन्छ।”


4. राहाबले तपाईंलाई यसो भन्नेछिन, “परमेश्वरले कसैलाई पनि प्रयोग गर्न सक्नुहुन्छ।”


5. हन्नाले तपाईंलाई यसो भन्नेछिन, “मेरो परमेश्वरले प्रार्थनाको जवाफ दिनुहुन्छ।”


6. रुथले तपाईंलाई यसो भन्नेछिन, “परमेश्वरले समाप्त भयो नभन्नुभएसम्म यो समाप्त भएको छैन।”


7. एस्तरले तपाईंलाई यसो भन्नेछिन, “परमेश्वरले एक टुहुरीलाई पनि खानदानीमा परिवर्तन गर्न सक्षम हुनुहुन्छ।”


8. इलीशिबाले तपाईंलाई यसो भन्नेछिन, “उमेर बढ्यो भने पनि, तपाईंले एक महान मानिसलाई जन्म दिनुहुनेछ।”


9. मरियमले तपाईंलाई यसो भन्नेछिन, “यो परमेश्वरको वचन अनुसार सबै कुरा हुनेछ।”


10. रगतको समस्या भएकी महिलाले तपाईंलाई यसो भन्नेछिन, “जब सबै असफल हुन्छ, परमेश्वर कहिल्यै असफल हुनुहुँदैन।”


11. मरियम र मार्थाले तपाईंलाई यसो भन्नेछिन, “मरेका चीजहरू फेरि जीवित हुन सक्छन।”


12. र डोरकासले तपाईंलाई यसो भन्नेछिन, “हामीले अरूको लागि के गर्छौं, परमेश्वरले कहिल्यै बिर्सनुहुन्न।”


* परमेश्वरसँग हिँड्ने हरेक महिलासँग तपाईंलाई सुनाउने कथा छ। प्रिय महिलाहरू, यो वर्ष परमेश्वरसँग हिंड्ने छनौट गर्नुहोस, ताकि तपाईंले पनि हामीलाई आफ्नो अद्भुत कथा सुनाउन सक्नुभएको हाेस!



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...