Saturday, March 16, 2024

बाइबलका नकारात्मक महिलाहरू

 



1. हब्बा - आफ्नो पति आदमलाई पनि भावनामा बहकाएर फल खान दिईन, र सारा संसारमा पापकाे प्रवेश भयो। (उत्पत्ति 3:1-7, 2 काेरन्थी 11:3)

2. लाेतकी पत्नी - परमेश्वरकाे आज्ञापालन गरिनन। संसारको धन-सम्पत्तिलाई प्रेम गरेर नुनको खम्बा बनिन र आफ्नो आत्मालाई सदाको निम्ति गुमाईन। (उत्पत्ति 19:26, लुका 17:31-32)

3. पाेतिफरकी पत्नी - आफ्नो नाेकर याेसेफलाई आफ्नो शरिरिक भाेककाे शिकार बनाउने प्रयास गरिन र झुठो आरोप लगाएर झ्यालखानामा हालिन। (उत्पत्ति 39:7-20)

4. अय्युवकी पत्नी - आफ्नो पतिको दु:ख-कष्ट र आपत-विपतमा परमेश्वरलाई श्राप दिईन र पतिलाई नै छाेडेर गइन। (अय्युव 2:9-10)

5. दलिला - आफ्नो प्रेमी शिमसाेनलाई केही पैसाको लाेभमा धाेका दिईन, र शत्रुको हातमा सुम्पिदिईन। (न्यायकर्ता 16:1-14)

6. व्यभिचारिणी स्त्री - त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन। त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। (हितोपदेश 7:1-27)

7. 700 राजकुमारी र 300 उपपत्नी - जसले संसारकै सबैभन्दा बुद्धिमान र धनी राजा साेलाेमनकाे हृदयलाई बहकाइदिए र जीवित परमेश्वरदेखि टाढा लगे। (1 राजा 7:8, 11:1-13, प्रस्थान 34:16, व्यवस्था 7:3-4)

8. इजबेल - आफ्नो पति आहाबलाई आफ्नो रूप र सुन्दरताद्वारा गुलाम बनाईन। इजरायली राजा, इजरायली जनता र सारा देशलाई जीवित परमेश्वरदेखि अलग गरेर बर्बाद गरिन। परमेश्वरकाे भविष्यवक्ताहरूलाई मार्न लगाईन। बाइबलकाे सबैभन्दा दुष्ट महिला इजबेल हुन। (1 राजा 16:31-34)

9. हेराेदियास - हेराेदकी पत्नी हेराेदियासले आफ्नो अनैतिक याैन सम्बन्ध उजागर भएपछि परमेश्वरकाे भविष्यवक्ता बप्तिष्मा दिने युहन्नाकाे शिर काट्न लगाईन। उनले जन्मदिनको समयमा हेराेदलाई नृत्यद्वारा धाेका दिईन। (मत्ती 14:1-12)

10. सफिरा - आफ्नो पति हनानियालाई झुठ बाेल्न सल्लाह दिईन, र दुवैको मृत्युको कारण बनिन। (प्रेरित 5:1-11)

* बाइबलमा यी नकारात्मक महिलाहरूकाे चरित्रहरू यसकारण लेखियाे, ताकि उनीहरूले गरेका गल्तीहरूदेखि हामीले पाठ सिकाैँ र त्यस किसिमको गल्तीहरू नगराैँ। किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नुपर्ने हुन्छ।

* स्त्रीहरूले प्राय: याैन, आँसु र नाटकद्वारा पुरूषहरूलाई नियन्त्रण गर्न खाेज्छन। यसकारण याैन, आँसु र नाटकद्वारा पुरूषलाई नियन्त्रण गर्न खाेज्ने स्त्रीहरूदेखि सावधान रहनुहाेस!


Source :
https://scripturalthinking.com/examples-of-bad-wives-in-the-bible/


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...