1. एक बुद्धिमान स्त्रीले आफूलाई परमेश्वरको वचनको अध्ययनमा समर्पित गर्छिन।
एक कमजोर स्त्रीले परमेश्वरकाे वचन विरलै खोल्छिन र उनलाई सिक्नमा कुनै ईच्छा नै हुँदैन।
2. एक बुद्धिमानी स्त्रीले वास्तविक रूपान्तरण परमेश्वरलाई नजिकबाट चिन्दा र उहाँसँग घनिष्ट सम्बन्ध बनाउँदा आउँछ भनी जान्दछिन।
एक कमजोर स्त्री अल्छी र उनी विश्वासमा मनतातो हुन्छिन।
3. एक बुद्धिमान स्त्रीले आफैलाई अरूहरूकाे बिचमा राख्छिन, र बुद्धिमानी पुर्वक हिंड्छिन ताकि उनले तिनीहरूबाट सिक्न सकून।
एक कमजोर स्त्री एक्लै बस्छिन। अरू जो उनी जस्तै छन तिनीहरूसँग उनको संगत बढी हुन्छ, वा उनी एक्लै हिँड्छिन किनभने उनले सोच्दैनन कि उनलाई मद्दत चाहिन्छ।
4. एक बुद्धिमान स्त्रीले प्रभुलाई आफ्नो जीवनमा सबैभन्दा बलियो प्रभाव पार्न अनुमति दिन्छिन।
एक कमजोर स्त्री परमेश्वर नभएको जस्तो जीवन बिताउँछिन।
5. एक बुद्धिमान स्त्रीले आराधनाको हृदय तैयार गर्छिन।
एक कमजोर स्त्री दैनिक जीवनको मामिलामा र चिन्ताहरूमा फसेकी हुन्छिन।
6. एक बुद्धिमान स्त्रीले आफ्नो शब्दहरू निर्माण गर्न प्रयोग गर्छिन, तर भत्काउन होइन।
एक कमजोर स्त्री गपशप बढी गर्छिन र हरेक कुरामा गुनासो मात्रै गर्छिन।
7. एक बुद्धिमान स्त्रीले तुलनाको पासोमा फस्न इन्कार गर्छिन। यसको सट्टा आफ्नो आँखालाई सीधै अगाडि हेर्न दिन्छिन, र उनको खुट्टाको हरेक मार्ग साेँचविचार गरेर अगाडि बढाउँछिन।
एक कमजोर स्त्रीले आफूलाई र आफ्नो परिस्थितिलाई अन्य महिलाहरूसँग तुलना गर्छिन। जस्तैः ईर्ष्या गर्ने, लोभ गर्ने, र आफ्नो लागि दु:खी महसुस गर्ने।
8. एक बुद्धिमान स्त्रीले ख्रीष्टको साथमा शिरको रूपमा पुरुषहरूलाई आदर र सम्मान गर्छिन।
एक कमजोर स्त्रीले पुरुषहरूलाई नाककाे तल हेर्छिन। पुरूषलाई शिर मान्दैनन, तर तिनीहरूलाई असक्षम र अज्ञानी ठान्छिन।
9. बुद्धिमानी स्त्री दयालु, कोमल हृदय र क्षमाशील हुन्छिन।
एक कमजोर स्त्रीले रिस राख्छि र तितोपनलाई उनको हृदयमा जरा गाड्न अनुमति दिन्छिन।
10. एक बुद्धिमान स्त्रीले अरूलाई आफुभन्दा श्रेष्ठ र महत्वपूर्ण ठान्छिन।
एक कमजोर स्त्री आफ्नो अधिकारको लागि हरेक मूल्यमा लड्छिन।
11. एउटी बुद्धिमान स्त्री आवश्यक परेका र उत्पीडितहरूको पुकारप्रति सजग हुन्छिन।
एक कमजोर स्त्री गरिब र खाँचोमा परेकाहरूप्रति अल्छी र उदासीन हुन्छिन।
12. एक बुद्धिमान स्त्री आउने समयलाई हेरेर हाँस्छिन।
एक कमजोर स्त्री भोलि के हुनेहाेला भनेर चिन्तित हुन्छिन।
13. एक बुद्धिमानी स्त्री सुसमाचारको पर्याप्तता र पुर्णतामा विश्वस्त हुन्छिन।
एक कमजोर स्त्री आफ्नो पापको बोझले दबिएकी छिन, दोष र लाजले दबिएकी छिन।
14. एक बुद्धिमान स्त्रीलाई थाहा छ कि उनी जीवन दिनको लागि बनाइएका थिए र हरेक मौसममा त्यसो गर्न खोज्छिन।
एक कमजोर स्त्री आफ्नो लागि मात्र ख्याल राख्छिन र आफ्नो खुशी र तृप्ति खोज्न सन्तुष्ट छिन।
Source :
https://pin.it/2jCer2UQ9

No comments:
Post a Comment