के तपाईं महिला भएको कारण निराश हुनुहुन्छ?
1. डेबोरा एक न्यायकर्ता थिइन।
2. एस्तर एक रानी थिइन।
3. प्रिस्किला एक बाइबल शिक्षिका थिइन।
4. फिबी एक मण्डलीकाे सेविका थिइन।
5. हन्ना एक अगमवक्ता थिइन।
6. याएल एक युद्धका नायक थिइन।
7. येशूकाे चिहान बाहिर उभिएका महिलाहरू पहिलो प्रचारकहरू थिए।
* परमेश्वरका महिलाहरू उठ्नुहोस! परमेश्वर पिताकाे इच्छा र याेजना पूरा गर्न खडा हुनुहाेस!
परमेश्वर पिताको प्रेम, येशू ख्रीष्टकाे नाम, येशू ख्रीष्टकाे रगत, येशू ख्रीष्टकाे वचन, क्रुसको सामर्थ्य, पवित्र आत्माको शक्ति/सामर्थ्य र पवित्र आत्माको संगति खाेज्नुहाेस। तपाईं किन निडाउनु हुन्छ? उठ्नुहोस, प्रार्थना गर्नुहाेस र पवित्र आत्माले भरिनुहाेस!
यसकारण लेखिएको छ,
“उठ्, प्रकाशमान हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।
हेर, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ।
जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन।
तेरा आँखा उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन। तेरा छोराहरू टाढ़ाबाट आउँछन, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन।
तब यो देखेर तँ उज्ज्वल हुनेछस, र तेरो हृदय आनन्दले गद्गद हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ।” [यशैया ६०:१-५]

No comments:
Post a Comment