बाइबलमा परमेश्वरले प्रयोग गर्नुभएको कुनै पनि महिलाकाे जीवन सजिलो थिएन।
1. रूथलाई यो सजिलो थिएन,
2. एस्तरलाई यो सजिलो थिएन,
3. सारालाई यो सजिलो थिएन,
4. हन्नालाई यो सजिलो थिएन,
5. बथशेबालाई यो सजिलो थिएन,
6. मरियमलाई यो सजिलो थिएन,
7. कुवामा छेउमा बस्ने र समस्याहरूले भरिएको महिलालाई सजिलो थिएन।
तपाईं निराश नहुनुहाेस, जब तपाईंले याे सत्य थाहा पाउनु हुन्छ, तब तपाईंले स्वीकार गर्नुहुनेछ कि परमेश्वरका छोरीहरूकाे जीवन कहिल्यै सजिलो छैन, तर तिनीहरू अभिषेक गरेका थिए, तिनीहरू नियुक्त गरिएका थिए, तिनीहरू अत्यधिक अनुमोदित गरेका थिए, तिनीहरूसँग पूर्वनिर्धारित जिम्मेवारी थियोे, र तिनीहरूसँग विजय पनि थियो!
आफ्नो अभिषेकमा हिंड्नुहोस!
* के तपाईंले स्वर्गकाे त्याे अभिषेक र अधिकार प्राप्त गर्नभयाे?
यसकारण लेखिएको छ,
“तिनी धन्यकी हुन, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन।” [लूका १:४५]
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।” [प्रेरित १:८]
“तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।” [१ यूहन्ना २:२७]
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।” [मत्ती २८:१८-२०]

No comments:
Post a Comment