एउटा बालकले परमेश्वरलाई सोध्यो, “तपाईंले मलाई भोलि पृथ्वीमा पठाउँदै हुनुहुन्छ भन्छन, तर म यति सानो र असहाय भएर त्यहाँ कसरी बस्ने?”
परमेश्वरले भन्नुभयो, “तिम्रो स्वर्गदूत तिम्रो पर्खाइमा हुनेछन र तिम्रो हेरचाह गर्नेछन।”
बालकले सोध्यो, “मलाई कसले रक्षा गर्नेछ?”
परमेश्वरले भन्नुभयो, “तिम्रो स्वर्गदूतले आफ्नो ज्यान जोखिममा परेर पनि तिम्रो रक्षा गर्नेछन।”
बालकले फेरि भन्यो, “परमेश्वर, कृपया मलाई मेरो स्वर्गदूतको नाम बताउनुहोस।”
परमेश्वरले भन्नुभयो, “तिमीले उनलाई आमा भनेर बोलाउनेछौ।”
आमालाई प्रतिस्थापन कसैले गर्न सक्दैन। उनले तपाईको लागि गरेको, वा गरेको आधा काम कसैले गर्न सक्दैन। उनीसँग कसैकाे तुलना गर्न सकिदैन। केवल परमेश्वरले तपाईंलाई उनले भन्दा बढी माया गर्न सक्नुहुन्छ। सारा संसारमा उनी मात्र एक सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन। आमाको माया जस्तो केहि छैन।
यसैले भनिन्छ,
1. मेरो पहिलो भोजनालय - मेरी आमाको स्तन हाे।
2. मेरो पहिलो शौचालय - मेरी आमाको काख हाे।
3. मेरो पहिलो विद्यालय - मेरी आमाको भान्सा हाे।
4. मेरो पहिलो शिक्षक - मेरी आमा हुन।
5. मेरो पहिलो डाक्टर - मेरी आमा हुन।
6. मेरो पहिलो साथी - मेरी आमा हुन।
★ बुबा ६० वर्षको उमेरमा अवकाश लिनुहुन्छ, तर आमाले कहिल्यै अवकाश लिनुहुन्न।
★ आमाले आफ्नो पतिको लागि काम गर्छिन।
★ आमाले आफ्ना बच्चाहरूको लागि काम गर्छिन।
★ आमाले आफ्ना नातिनातिनाको हेरचाह गर्छिन।
★ आमाले सबैको हेरचाह गर्छिन।
★ सबैजना अवकाश हुन्छन, तर आमा कहिल्यै अवकाश हुनुहुन्न।
★ महिलाकाे सधैं सम्मान गर्नुहाेस!
* आमा अद्भुत हुन्छन।
* आमा अमूल्य हुन्छन।
* आमा मायालु हुन्छन।
* आमा हेरचाह गर्ने गुण हुन्छन।
* आमा घरको व्यवस्थापक हुन्छन।
* आमा विशेष हुन्छन।
* आमा दयालु हुन्छन।
* आमा रक्षक हुन्छन।
* आमा सहयोगी हुन्छन।
* आमा नै जीवनदाता हुन्छन।
* आमा भविष्य बदल्ने हुन्छन।
यसकारण आमाकाे सधै आदर गर्नुहाेस, र हरेक महिलाको कदर गर्नुहाेस!
महिलालाई आदर गर्नुको अर्थ हुन्छ,
* महिलालाई सम्मान गर्नु हाे।
* महिलालाई समानता दिनु हाे।
* महिलाकाे अनुहारमा खुशी र हाँसो दिनु हाे।
* महिलालाई न्याय दिनु हाे।
* महिलालाई मानवताकाे व्यवहार गर्नु हाे।
* महिलालाई माया गर्नु हाे।
* र याे हरेक दिनकाे काम हाे!

No comments:
Post a Comment