1. साथी भनेको गाडीमा चढेको जस्तै हाे। यदि गाडीमा यात्रा गर्न मन परेन भने ड्राइभरलाई भनेर गाडीलाई जहाँ र जहिले पनि राेक्न सक्छौं। र चढेको गाडीबाट झरेर अर्को गाडीमा तुरुन्तै चढ्न पनि सक्छौं। अर्थात हामीले आफ्नो इच्छा अनुसार अनगिन्ती साथीहरू बनाउन सक्छौं, यहाँ त्यति गम्भीर बन्नुपर्दैन।
2. मगनी भनेको रेलमा चढेको जस्तै हाे। एउटा स्टेशनमा चढ्यो, कुरा गर्याे, तर कुरा मिलेन भने अर्को स्टेशनमा झर्न सक्छौं। अर्थात मगनीलाई बिचमा ताेड्न पनि सक्छौं।
3. विवाह भनेको चाहिँ हवाईजहाजमा चढेको जस्तै हाे। बिचमा राेकिदेऊ भनेर पनि हुँदैन, झर्छु भन्दा पनि हुँदैन। अर्थात मृत्युसम्म याे सम्बन्ध कायम हुन्छ। मृत्युले मात्रै याे सम्बन्ध ताेड्न सक्छ।
त्यसैले वैवाहिक सम्बन्धमा जाेडिनुभन्दा पहिले दस पटक साेँचेरमात्रै सम्बन्ध जाेड्नुहाेला। हतार नगर्नुहोस।
परमेश्वरबाटकाे जीवनसाथी प्राप्त गर्नलाई यी तीनवटा कुरा मेल नखाऊन्जेल तपाईं पर्खनुहाेस।
१. ठीक उमेर
२. ठीक समय
३. ठीक व्यक्ति
यसकारण लेखिएको छ,
“…कसैलाई आफ्नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ।” [यशैया ३४:१६]

No comments:
Post a Comment