Thursday, February 29, 2024

छोरीहरूलाई विवाहअघि सिकाउनुपर्ने कुराहरू






 1. कुनै पनि पुरूष शतप्रतिशत सिद्ध हुँदैनन।

 2. पुरुषहरु बालकहरु जस्तै हुन्छन, त्यसैले आमा जस्तै बन्नुहोस।

 3. छिटो सुन्नुहोस, तर बिस्तारै कुरा गर्नुहोस।

 4. पुरुषसँग कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस।

 5. पुरूषसँग बराबर हुन कहिल्यै प्रयास नगर्नुहोस।


 6. तपाईं गलत हुनुहुन्छ भन्ने थाहा हुँदा माफी माग्न छिटो हुनुहोस।

 7. पुरूषसँग धेरै ईर्ष्या नगर्नुहोस। यो तपाईको मानसिक शान्तिको लागि राम्रो हुनेछ।

 8. यदि तपाई चाहनुहुन्छ भने तपाईले उहाँको फोनमा जाँच गर्न सक्नुहुन्छ, तर त्यो आवश्यक छैन।

 9. पत्नीको रूपमा सधैं इमानदार हुनुहोस।

 10. पतिको अनुमति बिना आफ्नो घरदेखि लामो दूरीको लागि कहिल्यै ननिस्कनुहोस।


 11. पतिलाई मनपर्ने खाना थाहा छ भनी सुनिश्चित गर्नुहोस, र पैसाले अनुमति दिएमा हप्तामा कम्तिमा दुई पटक त्यो तयार गर्नुहोस।

 12. पतिलाई हातमा कुनै सामान लिएर घरभित्र पस्न नदिनुहोस।

 13. सँगै बजेट बनाउने प्रयास गर्नुहोस।

 14. पतिको सल्लाहकार बन्नुहोस, तर आलोचक होइन।

 15. पत्नी पतिको सहयोगी हो भनेर कहिल्यै नबिर्सनुहोस।


 16. आमाबाट असल कुराहरू सिक्नुहोस।

 17. जब परमेश्वरले तपाईलाई सन्तानको आशिष दिनुहुन्छ, तब आफ्नो पतिलाई बिर्सेर कहिल्यै आफ्ना बच्चाहरूलाई मात्रै ध्यान नदिनुहोस।

 18. आफ्नो पतिलाई हेरेर मुस्कुराउन सिक्नुहोस।

 19. जब तपाईंको पति काममा बाहिर जान्छन, तब उनलाई अभिवादन गर्नुहोस। सम्भव भएमा उनलाई अँगालो हाल्नुहोस।

 20. आफ्नो श्रीमानलाई खाना नखाई घरबाट बाहिर निस्कन नदिनुहोस। यसको अर्थ बाहिर नै खानुहाेस भन्ने हुन्छ।


 21. पति रिसाएपछि बोल्न बन्द गर्नुहोस।

 22. सुत्ने कोठा सधैं सफा राख्नुहोस।

 23. ओछ्यानमा कपडाहरू अलपत्र पारेर कहिल्यै नराख्नुहोस। केही पुरुषहरूले यसलाई घृणा गर्छन।

 24. साफसुग्घर महिला बन्नुहोस।

 25. रोमान्टिक बन्नुहाेस।

 

 26. पत्नीले के गर्नुपर्छ भन्ने कुरा सधैं सम्झनुहोस। तिमी उनको बहिनी होइनौँ।

 27. पतिको आफन्तहरूलाई आफ्नो जस्तै व्यवहार गर्नुहोस।

 28. प्रायः पतिको आफन्तहरू कस्तो छन भनेर हालखबर सोध्नुहाेस।

 29. मण्डली दुवैजना सँगै जानुहोस।

 30. आफ्नो पति र घरलाई अरू कसैसँग कहिल्यै तुलना नगर्नुहोस।


 * तपाईको वैवाहिक जीवन उत्कृष्ट भएको हाेस भनी म सबैलाई शुभकामना दिन्छु। अनि परमेश्वरले तपाईंलाई आशिष दिनुभएको हाेस भनी प्रार्थना गर्दछु।



Sources :
1. https://www.nairaland.com/7346205/30-points-tell-daughter-before
2. https://milton.co.ke/30-points-i-will-tell-my-daughter-before-sending-her-off/
3. https://wap.org.ng/read/30-points-i-will-tell-my-daughter-before-sending-her-off/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...