मैले छोरालाई भने, “मैले रोजेको केटीसँग तिमीले विवाह गर्नुपर्छ।”
उसले भन्यो, “गर्दिन।”
मैले उसलाई भने, “उनी बिल गेट्सकी छोरी हुन।”
उसले भन्यो, “ठीक छ, म गर्नेछु।”
मैले बिल गेट्सलाई फोन गरेर भने, “म तिम्रो छोरीले मेरो छोरासँग विवाह गरोस भन्ने चाहन्छु।”
बिल गेट्सले भने, “हुँदैन।”
मैले बिल गेट्सलाई भने, “मेरो छोरा विश्व बैंकको सी.ई.ओ. हो।”
बिल गेट्सले भने, “ठीक छ।”
मैले विश्व बैंकका अध्यक्षलाई फोन गरेर छोरालाई सी.ई.ओ. बनाउन आग्रह गरें।
उसले भन्यो, “हुँदैन।”
मैले उसलाई भने, “मेरो छोरा बिल गेट्सको ज्वाइँ हो।”
उनले भने, “ठीक छ।”
* कतिपय व्यक्तिहरूकाे विवाह यसरी नै गरिएको हुन्छ। साथै कतिपय समयमा व्यापार र राजनीति पनि यसरी चल्छ। जुन पुर्णतः गलत छ।
Sources :
1. https://www.reddit.com/r/Jokes/comments/7t6nny/i_told_my_son_you_will_marry_the_girl_i_choose/
2. https://history.stackexchange.com/questions/56527/what-is-the-origin-of-this-joke-about-matchmaking
3. https://americasbestpics.com/picture/i-told-my-son-you-will-marry-the-girl-i-CLEXWXYfA

No comments:
Post a Comment