धेरै समय पहिले चिठी आदानप्रदानकाे युगमा एक जाेडीकाे मगनी कुनै मण्डलीमा सम्पन्न भएछ।
केही समयपछि केटाले आफ्नी मगनी भएकी केटी साथीलाई एउटा चिठीमा बाइबलकाे 1 युहन्ना 4:18 मात्रै लेखेर पठाए छन।
[“प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।” (1 युहन्ना 4:18)]
तर ती केटी झुक्किएर “1 युहन्ना 4:18” पढ्नुपर्नेमा उनले “युहन्ना 4:18” पढेछन।
अब उनीहरूको भबिष्यकाे सम्बन्ध कस्तो भयाे हाेला?
एकपटक आफ्नो बाइबल खाेलेर युहन्ना 4:18 पढेर आफ्नो मनमा लागेको प्रतिक्रिया दिनुहाेला!
नैतिक शिक्षा :
★ कुनै पनि कुरा पढ्दा ध्यानसँग पढ्नुपर्छ।
★ कुनै पनि क्रियाको प्रतिक्रिया तुरुन्त नदिऊ।
★ किनकि हामीले देखेको, सुनेको र गरेको कुरा आधा सत्य या पुर्ण झुठो पनि हुनसक्छ।
यसकारण भनिन्छ,
“यदि तिमीले सुनेका छाै भने विश्वास नै नगर, र यदि तिमीले प्रत्येक्ष देखेका छाै भने पनि आधा मात्रै विश्वास गर!”

No comments:
Post a Comment