Wednesday, February 28, 2024

आफ्नी पत्नीसँग गर्नुपर्ने व्यवहार

 



 1. आफ्नी पत्नीसँग कुरा गर्दा कठाेर वचनले कुरा नगर्नुहोस। यसले उनलाई साँच्चै धेरै गहिरो चोट पुर्‍याउँछ। [हितोपदेश १५:१]

 2. आफ्नी पत्नीकाे बारेमा कसैलाई नराम्रो नबोल्नुहाेस। तपाईंको पत्नी त्यही बन्नेछिन, जस्तो तपाईंले बोलाउनुहुनेछ। [उत्‍पत्ति २:१९]

 3. आफ्नी पत्नीकाे माया वा स्नेह अर्को महिलासँग साझा नगर्नुहोस। यसलाई व्यभिचार भनिन्छ। [मत्ती ५:२८]


 4. आफ्नी पत्नीलाई कहिल्यै अर्को महिलासँग तुलना नगर्नुहोस। यदि अर्को महिला तिम्रो लागि राम्रो थियो भने, परमेश्वरले उनलाई तपाईंलाई दिनुहुने थियो। [२ कोरिन्थी १०:१२]

 5. आफ्नी पत्नीलाई कहिले पनि याैनको लागि बिन्ती गर्न नदिनुहोस। उनी तपाईंको शरीरको मालिक हुन, जसरी तपाईं उनको शरीरको मालिक हुनुहुन्छ। [१ कोरिन्थी ७:५]

 6. आफ्नी पत्नीसँग कोमल, दयालु र मिलनसार हुनुहोस। उनले तपाईंकाे साथमा रहन धेरै त्याग गरेकी छिन। जब तपाईं उनको हृदय ताेड्नु हुन्छ र रिस उठाउनुहुन्छ, तब यसले उनलाई गहिरो चोट पुर्‍याउँछ। [एफेसी ४:२]


 7. आफ्नी पत्नीसँग तपाईंले केहि पनि लुकाउनु हुँदैन। तपाईं अब एक हुनुहुन्छ र उनी तपाईंको सहयोगी हुन। यसैले तपाईंबाट कुनै गोप्य कुरा नहोस। [उत्पत्ति २:२५]

 8. आफ्नी पत्नीको शरीरको बारेमा नकारात्मक टिप्पणी नगर्नुहोस। तपाईंको सन्तान बोक्न उनले आफ्नो जीवन र सौन्दर्यलाई जोखिममा पारिन। उनी मासु र रगत मात्र होईनन, तर जीवित आत्मा हुन। [हितोपदेश १८:२२]

 9. आफ्नी पत्नीको शरीरलाई कुनै सिमामा नबाँध्नुहाेस। बुढेसकालसम्म पनि उनलाई प्रेम र कदर गर्नुहोस। [एफेसी ५:२९]


 10. आफ्नी पत्नीलाई सार्वजनिक या एकान्त ठाउँमा कहिल्यै नचिच्याउनुहोस। यदि उनीसँग कुनै गल्ती छ या कुनै सुधार गर्नुपर्ने कुरा छ भने तपाइँको कोठाको गोपनीयतामा गर्नुहोस। [मत्ती १:१९]

 11. तपाईं, बच्चाहरू र घरको राम्रो हेरचाह गरेकाेमा आफ्नी पत्नीलाई धन्यवाद र प्रशंसा गर्नुहोस। यो उनको ठूलो त्याग हो। [१ थेसलाेनिकी ५:१८]

 12. सबै महिलाले एउटै तरिकाले खाना पकाउन सक्दैनन; आफ्नी पत्नीको खानाको कदर गर्नुहोस। वर्षमा ३६५ दिन, दिनमा तीन पटक खाना पकाउने काम सजिलो छैन। [हिताेपदेश ३१:१४]


 13. आफ्नी पत्नीलाई आफ्ना दाजुभाइहरूकाे पछाडि नराख्नुहोस। उनी तिम्री पत्नी हुन। उनी तपाईंसँग एक छिन। उनी तपाईंको परिवारको अगाडि आउनुपर्छ। [उत्पत्ति २:२४]

 14. आफ्नी पत्नीको आत्मिक वृद्धिमा गम्भीरतापूर्वक लगानी गर्नुहोस। पुस्तकहरू, टेपहरू र कुनै पनि सामग्रीहरू किन्नुहोस जसले उनलाई सुधार गर्नेछ र परमेश्वरसँगको उनको हिँडाइलाई बलियो बनाउँछ। त्यो तपाईंले उनको लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो। [एफिसी ५:२६]

 15. आफ्नी पत्नीसँग बाइबल अध्ययन र प्रार्थना गर्न समय बिताउनुहोस। [याकूब ५:१६]


 16. आफ्नी पत्नीसँग खेलहरू खेल्न र उनको संगतको आनन्द लिने समय निकाल्नुहोस। सम्झनुहोस, जब तपाईं विश्राममा जानुहुन्छ, उनी तपाईंको चिहानमा हुनेछन, तर तपाईंका साथीहरू तपाईंको अन्त्येष्टिमा भाग लिन धेरै व्यस्त हुन सक्छन। [उपदेशक ९:९]

 17. आफ्नी पत्नीलाई धाेका दिन वा नियन्त्रण गर्न पैसा कहिल्यै प्रयोग नगर्नुहोस। तपाईंको सबै पैसा उनको पनि हो। परमेश्वरको कृपाले उनी पनि तपाईंसँग संयुक्त उत्तराधिकारी हुन। [१ पत्रुस ३:७]

 18. आफ्नी पत्नीकाे कमजोरी बाहिर उजागर नगर्नुहोस। जब यसाे गर्नुहुन्छ, तब तपाईं आफैलाई पनि उजागर गर्नुहुनेछ। उनको वरिपरि ढाल बन्नुहोस। [एफिसी ५:३०]


 19. आफ्नी पत्नीका आमाबाबुको आदर गर्नुहोस, र उनका भाइबहिनीहरूप्रति दयालु हुनुहोस। [श्रेष्ठगीत ८:२]

 20. आफ्नी पत्नीलाई आफ्नो जीवनको हरेक दिन उनलाई “म तिमीलाई धेरै माया गर्छु” भन्न कहिल्यै नछोड्नुहोस। महिलाहरु यो सुन्दा कहिल्यै थाक्दैनन। [एफिसी ५:२५]

 21. दैनिक येशू ख्रीष्ट जस्तै बन्नुहोस, तपाईं एक असल र ईश्वरीय पति बन्न यो एकमात्र तरिका हो। [रोमी ८:२९]


Sources :
1. https://www.thegospellight.com/resources/articles/2020/01/12/how-to-treat-your-wife
2. https://www.linkedin.com/posts/oviliafernandes_how-to-treat-your-wife-dont-shout-at-activity-6934356902583631872-Us9p
3. https://m.facebook.com/groups/128091227299823/permalink/4760609080714658/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...