Monday, February 26, 2024

केही स्त्रीहरूकाे ढिलो विवाहका कारणहरू

 






 18-24 वर्षको उमेरमा केटीहरूले सधैं गम्भीर पुरुषहरूलाई आकर्षित गर्छन। जो उनीहरूसँग विवाह गर्न पूर्ण रूपमा तयार हुन्छन, तर यो उमेरमा हाम्रा अधिकांश दिदीबहिनीहरू विवाहको बारेमा केही पनि सुन्न चाहँदैनन।


 1. म यसको लागि धेरै जवान छु।

 2. म अहिले विवाहको बारेमा साेचेँकै छैन।

 3. म अहिले मेरो अध्ययनमा केन्द्रित छु।

 4. म पहिले केहि पैसा जम्मा गर्न चाहन्छु।

 5. विवाह समस्याहरूले भरिएको छ।


 यी केही भनाईहरू हुन, जुन दिदीबहिनीहरूले उनीहरूको युवावस्थामा कुरा गर्छन। तर यी दिदीबहिनीहरू आफ्नो उमेर भन्दा साना केटाहरूसँग गम्भीर र शृङ्खलाबद्ध अनैतिक सम्बन्ध राख्न भने कुनै समस्या हुँदैन। 

 

 त्यो उमेरमा उनीहरूका लागि विभिन्न उमेर समुहका पुरुषहरू आउने संख्या सधैं उच्च हुन्छ, जो उनीहरूसँग वास्तवमा विवाह गर्न चाहन्छन। तर उनीहरूले ती पुरूषहरूलाई छनोट गर्न रुचाउँदैनन। तिनीहरूकाे अझै विवाह गर्न उमेर भएको छैन, तर तिनीहरू अन्य केटाहरूसँग अनैतिक सम्बन्ध राख्न भने उमेर भईसकेको छ।

 

 हामीलाई कुनै समस्या छैन, तर परमेश्वरले तपाईंलाई हेर्दै हुनुहुन्छ!


 25-27 वर्षको उमेरमा, आमाबाबुले तिनीहरूलाई निम्न प्रश्नहरू सोध्न थाल्नेछन,

 1. अझै कति ढिलो विवाह गर्ने?

 2. तिमीले अहिलेसम्म कुनै व्यक्ति भेट्टाएका छैनाैँ?

 3. के तिमी विवाह नगर्ने योजनामा ​​त छैनौं?

 4. आफ्नो उमेरका सबै साथीहरूको विवाह भैरहेको देख्दैछाै?

 5. के तिमीलाई थाहा छैन, तिमी बुढी हुँदैछाै?


 आमाबाबुले आफ्ना छोरीहरूको बाहिरी भाग मात्र देख्छन, तर भित्र विवाहको बारेमा कुनै साेँच छैन भनेर थाहा छैन। 


 आफ्ना आमाबुवाका यी प्रश्नहरूकाे कारण उनी अब केही सोँच्छिन र आफैलाई यस्ता कुराहरू सोध्नेछिन: मेराे उमेरका साथीहरूले विवाह गर्दैछन,

 1. के याे समय मेरो विवाह गर्ने पर्याप्त उमेर हो?

 2. म यसको बारेमा कसरी जानुपर्छ?

 3. मेरो प्रेमी विवाहमा मेरो हात माग्न गम्भीर छैनन।

 4. ऊ अझै विवाह गर्न तयार छैन।

 5. ठीक छ, परमेश्वरले सबै कुरा जान्नुहुन्छ। म परमेश्वरमामा विश्वास गर्छु।


 ओहो! हेर... उनले आफ्नो दोष परमेश्वरमाथी लगाउन थालिन।  “परमेश्वरकाे समय उत्तम हो” ठीक छ, म याे तर्कको लागि सहमत छु।


 27-30 वर्षको उमेरमा तिनीहरू अब विवाह गर्न पुरुषहरू खोज्न थाल्छन, र ती भुतपुर्व केटाहरूसँग अनैतिक सम्बन्ध राख्न बन्द गर्नेछिन। तिनीहरूले गम्भीर सम्बन्ध खोज्न थाल्छन, जसले विवाहको नेतृत्व गर्नेछ। तर दुर्भाग्यवश, त्यो समयमा सबै पुरुषहरूले विवाहकाे प्रस्ताब राख्दैनन, किनकि उनको सुहाउँदो उमेर समुहका पुरूषहरू सबैको विवाह भईसकेको हुन्छ।


 तब तपाईंले उनीहरूलाई विवाह गर्न नचाहने व्यक्तिसँग विवाह गर्न बाध्य गरेको देख्नुहुनेछ। या यसाे भन्नेछन, “कृपया, हामी तपाईंलाई बिन्ती गर्दछौं, हामीलाई एक्लै छोड्नुहोस!”


 27-30 वर्षको उमेरमा कुनै पनि पुरुषले 30-35 वर्षको केटीसँग विवाह गर्न चाहँदैनन। अहिले केही दिदीबहिनीहरूले उमेरले केही फरक पर्दैन भन्ने सुनेको छु। मेरी बहिनी, यो धेरै महत्त्वपूर्ण छ।


 एउटा सडेको टमाटर 50 रूपैयाँमा किनेको कल्पना गर्नुहोस, र तपाईंको साथीले 35 रूपैयाँमा एउटा ताजा टमाटर किन्छन। हो, विवाहमा पनि त्यस्तै महशुस हुनेछ।


 याद गर्नुहोस! तपाईंले पहिले ती पुरुषहरूलाई अस्वीकार गर्नुभयो, किनभने तपाईं सोच्नुहुन्थ्याे कि तपाईं धेरै जवान हुनुहुन्छ। अब तिम्रो बुढ्यौलीले कसैलाई केही फरक पर्दैन भन्ने तपाईलाई के लाग्छ?


 त्यसैले शहरी स्त्रीहरू विवाहप्रति गम्भीर नभएको कारणले गर्दा कतिपय पुरुषहरू बिहे गर्नकाे लागि युवती खोज्न गाउँतिर फर्कन्छन।


  30-35 वर्षको उमेरमा, उनका साथीहरूले उनलाई सोध्नेछन,

 1. यो उमेरसम्म पनि किन बिहे नगरेको?

 2. के तपाईंको लागि धेरै ढिलो भइरहेको छैन?


 तब उनले तपाईंलाई केही मूर्ख प्रश्नहरू सोधेको सुन्नुहुनेछ। जस्तै...

 1. तपाईं परमेश्वर हुनुहुन्छ?

 2. वा के तपाईं मसँग बिहे गर्न चाहनुहुन्छ?

 3. 30-35 वर्षको उमेरमा अविवाहित हुनु अपराध हो?

 4. के मैले मसँग विवाह गर्न इच्छुक व्यक्ति देखेँ, तर मैले अस्वीकार गरें?

 5. परमेश्वर सबैको लागि उत्तम कुरा राख्नुहुन्छ।


 30-35 वर्षको उमेरमा, तिनीहरूले पहिले कहिल्यै नभएको जस्तै प्रार्थना गर्न थाल्छन, एक मण्डलीबाट अर्कोमा मण्डली सर्दै। यदि उनी आत्मिक छिन भने, उनले रातको प्रार्थना, उपवास र नम्र लुगा लगाउन सुरु गर्नेछिन।


 यदि तपाईंले उनलाई डेटिङको लागि सोध्नुभयो भने, उनी यसो भन्दै रिसाउनेछिन,

 1. मेरो भाइ, म तिनीहरू जस्तो छैन।

 2. म एक गम्भीर पुरुष खोज्दैछु, डेटिङ नगर्ने पति।

 3. यदि तपाईं मलाई साँच्चै माया गर्नुहुन्छ भने जानुहोस र मेरो आमाबाबुलाई विवाहको लागि कुरा गर्नुहोस।

 4. मेरो आमाबाबुको अनुमाति बिना म तपाईंसँग केहि गर्न सक्दिन।


 प्रिय आमाबाबु, अब तिनीहरूले तपाईंको मूल्य जान्न थालेका छन। जब उनी 18-24 वर्षकी थिइन, उनले तपाईलाई आमाबाबुको रूपमा नलिई सबै काम स्वयं गरिरहेकी थिइन।


 27-30 वर्षको युवकले 30-35 वर्षको उमेरमा आफूलाई घरकी श्रीमतीको रूपमा बिहे गर्ने आशा नगर्नुहोस, जब त्यहाँ तपाईं भन्दा साना राम्रा केटीहरू छन।


 यदि उसले तपाईको उमेरलाई बेवास्ता गरेर तपाईसँग विवाह गर्ने छनोट गरे पनि, उसको परिवार र साथीहरूले तपाईलाई भेदभाव गर्नेछन।


 तपाईसँग विवाह गर्न चाहने पुरुषहरू 45 वर्ष वा सोभन्दा माथिका हुनेछन। र तपाईले ध्यान दिनुहोस, ती पुरुषहरूले तपाईलाई दोस्रो वा तेस्रो पत्नी बन्न र उनका बच्चाहरूलाई समेत स्विकार गर्ने शर्तमा विवाह गर्नेछन।


 जीवनमा हरेक कुराको आफ्नै ऋतु र समय हुन्छ!


 30-35 वर्षको उमेरमा विवाह गर्न खोज्ने कुनै पनि स्त्री छैनन, जसलाई 18-24 वर्षको उमेर अवधिमा विवाहको निम्ति प्रस्ताव गरिएको छैन। तर त्यतिन्जेल, तिनीहरू आफ्नै अध्ययन, काम, भविष्यका चिन्ताहरूमा व्यस्त थिए। वा त्यस समय क्लब/पार्टीहरूबाट होटलको कोठाहरूमा रमाइलो गर्ने र विवाह होइन तर रमाइलो खोज्दै थिए।


 सबै कुरा प्रार्थनाको बारेमा होइन। तपाईंलाई सृष्टि गर्नुहुने परमेश्वरले तिम्रो लागि एउटा योजना बनाउनुभएको छ। तर जब तपाईं योजना परिवर्तन गर्नुहुन्छ वा बाटो छुटाउनुहुन्छ, कृपया परमेश्वरको शान्तिलाई खलल नगर्नुहोस। किनभने, अब उहाँ तपाईंको बहिनीको लागि योजनामा ​​व्यस्त हुनुहुन्छ।

 

 हामीकहाँ एकल आमा (विवाह बिना आमा बनेकाहरू) र एकल स्त्रीको दर किन उच्च छ? के त्यहाँ पुरुषहरू छैनन तर केटाहरू मात्र छन? त्यहाँ हजारौं श्रमिक वर्ग महिलाहरू एकल (अविवाहित) पुष्टि भएका छन। श्रीमान बिना तपाईंको पीएचडी, मास्टर्स र डिग्री पनि शून्य छ।


 हो, शिक्षा कुञ्जी हो तर तपाईंले अध्ययनकाे नाममा विवाह प्रस्तावलाई बेवास्ता नगर्नुहोस। यदि तपाईं दुवै विवाह गर्न गम्भीर हुनुहुन्छ, र दुवै केही समय पर्खन निर्णय गर्नुहुन्छ भने दुवै पर्याप्त परिपक्व हुनुहुन्छ। साेँच बदल्न र माफी माग्न कहिल्यै ढिलो हुँदैन। किनकि हाम्रा परमेश्वर दयालु र अनुग्रही प्रभु हुनुहुन्छ। साेँच बदलाैँ! 


 * तपाईसँग समय हुँदा नै यो बारे सोच्नुहोस!


यसकारण लेखिएको छ,

“आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।” [विलाप ३:२७]


“सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ..।” [उपदेशक ३:१]


“हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।” [भजनसंग्रह ९०:१२]


Sources :
1. https://en.rattibha.com/thread/1644008266291109888
2. https://www.nairaland.com/5621985/girls-age-18-24-years-always
3. https://www.nairaland.com/5621985/girls-age-18-24-years-always


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...