Sunday, February 25, 2024

ढिलो विवाहको सामना गर्ने 4 प्रकारका स्त्रीहरू

 



 स्त्रीलाई विवाह गर्न बाधा पुर्‍याउन सक्ने विभिन्न बानीहरू छन। याे लेखमा स्त्रीहरूको “बानी” को बारेमा चर्चा गरिनेछ, जसकाे कारण उनीहरूले ढिलो विवाहको सामना गर्छन। ढिलो विवाहको सामना गर्ने चार प्रकारका स्त्रीहरू र त्यसको समाधानहरू पनि तल दिइएका छन।


1. सिद्ध स्त्री 

 यी सिद्ध स्त्रीेले “म आफैं सिद्ध छु” भनी संकेत गर्दैनन। तर तिनीहरूको सपनाको मानिसको अपेक्षा धेरै उच्च हुन्छ। प्रायजसो: उनलाई साँच्चै मन पराउने व्यक्तिलाई उनले मन पराउँदैनन, र उनले मन पराउने व्यक्तिले उनलाई मन पराउँदैनन।


 ती सिद्ध स्त्री सधैं अग्लो, धनी, हेरचाह गर्ने र सुन्दर पुरुष चाहन्छन। यदि स्त्री आत्मिक छिन भने, उनी “कुनै घटीकमी  नभएको सिद्ध मानिस” को प्रतीक्षामा हुन्छिन। जसले ती चार गुणहरू मध्ये एउटा पनि गुमाउँछ भने ती स्त्रीले त्याे पुरूषलाई अस्वीकार गर्छिन।


उनीहरूको समस्या : 

 यस्ता स्त्रीहरूले सामना गर्ने समस्या यो हो कि उनीहरूले “सामान” को सट्टा “खाेल” लाई बढी माया गर्छन।


समाधान : 

 आफूले चाहेको कम्तिमा ५०% गुण भएको मानिसलाई समायोजन गर्नुहोस, र बाँकी असल गुणहरू प्रेमले विकास गर्नेछ।


 2. सुन्दर स्त्री 

 एउटी सुन्दर स्त्री सबैको आँखाको लागि आकर्षक हुन्छन। उनीहरु धेरै सम्बन्धका सिकार हुन्छन।


 धेरैजसो पुरूषहरूले सुन्दर स्त्रीहरूलाई मनाेरञ्जनको लागि मात्रै सम्बन्ध राख्छन। एक स्त्रीको सुन्दरता र आकर्षकताले उनलाई एक पुरुषको लागि आफ्नाे लागि मात्रै राख्न गाह्रो बनाउँछ। उनी पुरुषहरूको लागि चाैतर्फी परीक्षाको कारण बन्न सक्छिन।


उनीहरूको समस्या : 

 सुन्दर स्त्रीहरूले सामना गर्ने समस्या यो हो कि उनीहरूलाई कसैले पनि वास्तवमै माया गर्दैनन, तर उनको सुन्दरता मात्रै मन पराउँछन। पुरुषहरूले उनीद्दारा राम्रो परिवार र घर बनाउन सक्ने क्षमतामा शंका गर्छन। यसले उनीहरूका लागि विवाहको खतरा खडा गर्छ, किनभने धेरैजसो पुरुषहरूले सुन्दर स्त्रीलाई इश्कबाज मान्छन।


समाधान : 

 तपाई साँच्चै विवाह गर्न चाहनुभएको मानिसको तस्विर राख्नुहोस। तपाईं भाग्यशाली हुनुहुन्छ कि तपाईं सुन्दर हुनुहुन्छ, किनकि तपाईंले विभिन्न प्रकारका पुरुषहरूबाट प्रस्तावहरू प्राप्त गर्नुहुनेछ; त्यसैले तपाईलाई बिहे गर्न मन लागेको मानिसलाई चिन्न तयार हुनुहोस। उनीप्रति वफादार हुनुहोस। तिमीसँग विवाह गर्न पाउँदा उनले गर्व गर्नेछन।


 3. धनी मानिसको छोरी 

 धनी मानिसकी छोरी आफ्नो बुबाको सम्पत्तिको आनन्दमा रमाउँछिन। जहाँसम्म उनको चिन्ता छ, उनको बुबा मात्रै उनको नायक हुनुहुन्छ र कुनै पनि पुरुषले उनको बुबाको माया र हेरचाहलाई प्रतिस्थापन गर्न सक्दैन। उनको पछि लाग्ने हरेक पुरुष आफ्नो बुबाको धनको पछि लाग्ने विश्वास गर्छिन। जसले गर्दा उनीहरु पुरुषहरुका लागि अआकर्षित हुन्छिन। पुरुषहरू स्वाभाविक रूपमा गर्व गर्छन र यस्तो अपमानमा आफ्नो प्रतिष्ठालाई खलबलाउन मन पराउँदैनन।


उनीहरूको समस्या : 

 अधिकांश धनी मानिसका छोरीले ढिलो बिहे गर्छन वा गलत पुरुषसँग विवाह गर्छन।


समाधान : 

 धनी मानिसकी छोरीको नम्रता नै पुरुषलाई आकर्षित गर्ने सबैभन्दा ठूलो हतियार हो। यदि तपाईं नम्र हुनुहुन्छ भने पुरुषहरू स्वाभाविक रूपमा तपाईंतिर आकर्षित हुनेछन। तिम्रो सौन्दर्य दाेस्राे हाे।


 4. जागिरे स्त्री : 

 यी महिलाहरू परिश्रमी, महत्वाकांक्षी र जीवनमा सफल हुन्छन। उनीहरु नारीवादी हुन सक्छन। “पुरुषले जे गर्न सक्छ, महिलाले पनि राम्रो गर्न सक्छिन” भन्नमा उनीहरू निपुण हुन्छन। विवाह उनीहरुको टाउको दुखाइकाे बिषय होइन, तर जागिर हो।


उनीहरूको समस्या : 

 जागिरे स्त्रीको समस्या समय व्यवस्थापन हो। तिनीहरूले जीवनमा व्यापार, सम्बन्ध पनि सबै चलाउँछन। तिनीहरू सधैं सबै चीजहरूमा मालिक बन्न चाहन्छन र यसले पुरुषहरूको लागि खतरा बनाउँछ। एउटी स्त्री जति धेरै पुरूषत्वकाे व्यवहार देखाउँछिन, उनी पुरुषको लागि कम आकर्षक हुन्छिन। कुनै पनि पुरुषले अर्को पुरुषसँग विवाह गर्न चाहँदैनन।


समाधान : 

 हरेक जागिरे स्त्रीहरू आफ्नो नजिकैको व्यक्तिसँग या बन्द काेठामा एक्लै रुन्छिन। उनी एक पुरुषको लागि प्रार्थना गर्छिन, जसले उनलाई एक स्त्री जस्तै माया र व्यवहार गर्नेछ। तिम्रो रोदन सकियो स्त्री! कम्तिमा एक पुरुषको अधीनमा बस्नुहाेस। उनीसँग बहस नगर्नुहोस। र उनको दृष्टिकोणमा अधिक स्त्री बन्नुहोस। यी गुणहरूले तपाईसँग एक पुरुषलाई विवाह गर्न आकर्षण गर्दछ।


 * प्रभुले तपाईलाई सरोकार राख्ने सबै कुराहरूमा सिद्ध गरून!


यसकारण लेखिएको छ,

“परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्ति रहिरहन्छ-- तपाईंका हातको रचनालाई नत्याग्नुहोस।” [भजन १३८:८]


Sources :
1. https://medium.com/@blessmatey4/four-classes-of-women-that-may-not-get-married-bbf696c14fe4
2. https://www.nairaland.com/6714187/four-classes-women-may-not
3. https://www.facebook.com/100063473514229/posts/pfbid0jQABtEQ4bWkqi74KgrgbHQLiRv82xm6dWsrBksXQek2XUkCiajiBWdQoHJeK9HD2l/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...