Saturday, February 24, 2024

श्रीमतीले नियन्त्रण गर्न नसक्ने बलियो पुरूष

 



 एक प्रवचनको क्रममा एक पास्टरले घोषणा गरे, 

“यदि तपाईंहरूले महशुस गर्नुहुन्छ कि तपाईको श्रीमतीले तपाईलाई नियन्त्रण गरिरहेकी छिन, कृपया तपाईंहरू बायाँतिर जानुहोस।”


 तब मण्डलीका एकजना बाहेक सबै पुरुषहरू बायाँतिर लागे।


 त्यहाँ कम्तिमा एकजना बलियो पुरूष भएको देखेर पास्टर खुसी भए र उनले ती बलियो पुरूषलाई सोधे, 

“तपाईँकी श्रीमतीले तपाईंलाई नियन्त्रण गर्न सक्दिनन, याे कसरी सम्भव भयाे? कृपया यसको रहस्य हामीलाई पनि भन्नुहाेस।”


 ती पुरूषले चुपचाप जवाफ दिए, “मलाई बायाँतिर नजानु भनी मेराे श्रीमतीले नै ईशारा गरेर भनेकी थिईन।” ...☺️😊


 याे हास्य दृष्टान्तले तपाईलाई पक्कै पनि हँसायाे हाेला! याे दृष्टान्तले पुरुष र महिला बीचको सम्बन्धको रमाइलो अन्तरदृष्टि दिन्छ।


 * के तपाईं पनि बलियो पुरूष हुनुहुन्छ?



Source :
https://boreddaddy.com/during-a-sermon-a-pastor-announced/?fbclid=IwAR2ZTqTOFNemZdqiWkZwysYd6mKpT0wVoEi5q_P1IHrSOXJ_KUWiHbAZEAM

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...