Friday, February 23, 2024

अन्तिम समयका युवाहरू

 



1. आजका युवाहरु गलत मार्गबाट पैसा कमाउने बाटो खोजिरहेका छन।

2. आजका युवाहरू दुष्ट काम गर्ने बाटो खोजिरहेका छन।

3. आजका युवाहरु आफ्नो प्रेमीलाई मात्रै खुसी पार्ने उपाय खोजिरहेका छन।

4. आजका युवाहरूले आफ्नो आमाबाबुले गरेका गल्तीहरू पुनः गरिरहेका छन।

5. आजका युवाहरू अब मण्डली जान चाहँदैनन।


6. आजका युवाहरू अब परमेश्वरलाई प्रसन्न पार्ने जीवन जीउन चाहँदैनन।

7. आजका युवाहरूमा परमेश्वरको काम गर्ने जोश छैन।

8. आजका युवाहरू मण्डलीका गतिविधिहरूमा भाग लिन चाहँदैनन।

9. आजका युवाहरूलाई यो धर्तीमा पैसा भए नर्कमा जानु पनि राम्रो हो जस्तो लाग्छ।

10. आजका युवतीहरु विवाहभन्दा पहिले नै गर्भवती भईरहेका छन।


11. आजका युवाहरूमा संसार जस्तै चालचलन छन, र संसार जस्तै लुगा लगाउँछन।

12. तिनीहरूको केश शैलीमा परिवर्तन आएको छ, र तिनीहरूको बोलीमा पनि परिवर्तन आएको छ।

13. आजका पुरुष युवाहरू महिलाहरूकाे टप, झुम्का या गहनाहरू लगाउँछन।

14. आजका युवाहरू आत्मिक करारलाई नजानेर विभिन्न केटीहरूसँग यौनसम्बन्ध राख्न मन पराउँछन।

15. आजका युवाहरूसँग परमेश्वरकाे भय नभएको प्रेमीहरू छन।

 

 यो अन्तिम समय हो! तपाईं एक युवा भएको कारण प्रश्न यो छ कि तपाईंको आफ्नो जीवनको लागि के योजना र लक्ष्यहरू छन?

 

 बाइबलले भन्छ कि युवा अवस्थामा परमेश्वरकाे सम्झना गर, बुद्धिमान होऊ, ख्रीष्ट आउँदै हुनुहुन्छ भनी एकअर्कालाई चेतावनी देओ। तिमीले आज गरेका हरेक कामहरूकाे एकदिन न्याय हुनेछ। नरक वास्तविक छ। हे युवाहरू, परमेश्वर तर्फ फर्क। शैतानलाई भर्माउने माैका नदेओ।


 तपाईंको वरिपरि हेर्नुहाेस, केवल थोरै युवाहरूले मात्रै परमेश्वरको सेवा गरिरहेका छन। तपाईले युवाहरूलाई होटेलहरूमा, बारहरूमा र रेष्टुरेन्टहरूमा मात्रै देख्नुहुनेछ। तिनीहरू त्यहाँ भेला हुन्छन, धुम्रपान र मद्यपान गर्न थाल्नेछन, र दुष्ट र अनैतिक कुराहरू गरेर बस्छन।


 हामी भेला हाैँ र युवाहरूको लागि मध्यस्थता गरौं, र उनीहरूको लागि सबैले प्रार्थना गरौं।

 

 यो अन्तिम समय हो! येशू ख्रीष्ट पनि रूनुभयाे, जब उहाँले युवाहरूलाई पथभ्रष्ट भएको देख्नुभयो। केही क्वायरका स्त्रीहरूले पास्टरसँग यौनसम्बन्ध राख्छन।

 

 हे युवा... म मेरो आत्मामा रोएँ... र स्वर्गीय प्राणीहरू पनि तिमीलाई देखेर रोएका छन। युवाहरू संसारका ज्योति हुन। हामी तिनीहरूका लागि प्रार्थना गरौं!


 म प्रार्थना गर्दछु : “हे प्रभु, युवाहरूलाई तपाईंले स्वप्न र दर्शनहरूबाट भेट गर्नुहाेस।” आमेन!


यसकारण लेखिएको छ,

“दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, ‘यस समयमा मेरो मन लाग्दैन’, ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर।” [उपदेशक १२:१]


“ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।” [उपदेशक ११:९]


“तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन। यस्ता मानिसहरूबाट अलग्ग बस।” [२ तिमोथी ३१-५]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...