1. विवाहपूर्व यौनसम्बन्धले विवाहपूर्व यौन सम्बन्ध नै उत्पन्न गर्छ। विवाहपूर्व यौनसम्बन्ध रोप्नेहरूले विवाहपछि पनि विवाहपूर्व यौनसम्बन्ध नै कटनी गर्नेछन।
2. विवाहपूर्व यौन सम्बन्धले तपाईंको सम्मानलाई खाेस्छ। एक क्षणको आनन्दको लागि आफ्नो सम्मानको व्यापार नगर्नुहोस।
3. विवाहपूर्व यौनसम्बन्धले तपाईंको विश्वासलाई नष्ट गर्छ।
4. विवाहपूर्व यौनसम्बन्धले तपाईंलाई सम्बन्धमा रातो झण्डा (खतराहरू) देख्नबाट अन्धो बनाउँछ। यी रातो झण्डा विवाहपछि देखा पर्छन र अन्ततः सम्बन्धविच्छेद हुन सक्छ।
5. विवाहपूर्व यौनसम्बन्धले हृदय टुट्ने पीडा बढाउँछ। कुनै पनि यौन सम्बन्ध नभएको बेला कम हृदय टुट्न सक्ने र कम पीडादायी हुन्छ, तर तपाईंको शरीर प्रस्ताव गरेपछि फ्याँकिँदा बढी पीडादायी हुन्छ।
6. विवाहपूर्व यौनसम्बन्धले तपाईंकाे शरिरमा यौनजन्य रोगहरू लाग्ने जोखिम बढाउँछ।
7. विवाहपूर्व यौनसम्बन्धले तपाईंको जीवनमा दुष्ट आत्माकाे कार्य र प्रभावको लागि ढाेका खोल्छ।
8. विवाहपूर्व यौनसम्बन्धले गर्भपतन र निर्दोष बच्चाहरूको हत्या गर्छ।
9. विवाहपूर्व यौनसम्बन्धले तपाईंको विवेकलाई कमजोर बनाउँछ, किनकि तपाईं सम्झौता गरिरहनु र पापमा बाँच्न जारी राख्नुहुन्छ।
10. विवाहपूर्व यौनसम्बन्ध फोहोर हुन्छ र यसले तपाईंलाई आत्मिक रूपमा अशुद्ध बनाउँछ।
11. विवाहित पुरुष र महिलाको लागि याैन सम्बन्ध परमेश्वरको उपहार हो। विवाह बाहिर कुनै पनि यौन कार्य एक घातक गल्ती हो, जसले तपाईंलाई नरकमा पुर्याउँछ।
12. विवाहपूर्व यौनसम्बन्धले परमेश्वरसँगको तपाईंको व्यक्तिगत सम्बन्धमा बाधा पुर्याउँछ। गर्भनिरोधक साधनहरूले गर्भावस्थालाई रोक्न सक्छ, तर तपाईंको आत्माको भ्रष्टतालाई रोक्न सक्दैन।
सधै याद गर्नुहाेस! परमेश्वरले हामीलाई उहाँको स्वरूप र समानतामा सृष्टि गर्नुभएको छ। यसकारण हामी उहाँका सबै आज्ञाहरू पालन गर्न र पवित्रतामा बाँच्न बाध्य छौँ।
मलाई आशा छ कि तपाईंले विवाहपूर्व यौनसम्बन्धबाट जोगिनुपर्ने यी 12 कारणहरूले तपाईंहरूलाई विशेष गरी युवा पुस्ताका मानिसहरूलाई प्रभुसँग जीवन जोगाउन र पवित्र बन्न मद्दत गर्नेछ। परमेश्वरले तपाईं सबैलाई आशिष दिनुभएको हाेस!
यसकारण लेखिएको छ,
“सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन।” [हिब्रू 12:14]
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” [१ पत्रुस 1:15-16]
“यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।” [२ कोरिन्थी 7:1]
Sources :
1. https://www.nairaland.com/7630309/12-reasons-why-must-avoid
2. https://www.linkedin.com/posts/marampally-srinivas-278995233_why-you-should-avoid-premarital-sex-1-activity-7165345599226064896-WY2k
3. https://applygodsword.com/12-reasons-not-to-have-sex-before-marriage/
4. https://www.facebook.com/100074205321146/posts/pfbid0AtfRjLr43FY9j4qAwQow3D68sUKd2NA4rk4kvvpZAPp5sBEgxbvUi5AMV3dX68N2l/

No comments:
Post a Comment