Thursday, February 22, 2024

बाइबलमा प्रेरितहरूको विश्वासको सार कहाँ पाइन्छ?

 



प्रेरितहरूको विश्वासको सार :


म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, (मत्ती 5:45)

स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, (उत्पत्ति 1:1; राेमी 1:20)


अनि उहाँका एकले पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, (मत्ती 3:17)

जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, (लुका 1:35)

कन्ये मरियमदेखि जन्मनुभयो, (लुका 2:7)

जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, (युहन्ना 19:16)

जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, (युहन्ना 19:29-42)

उहाँ नरकमा जानुभयाे, (1 पत्रुस 3:19-20; भजन 116:3, एफेसी 4:9)

तेस्रो दिन उहाँ मृत्युबाट बौरी उठ्नुभयो, (मत्ती 28:1-10; युहन्ना 20:11-18)

स्वर्गमा चढ़िजानुभयो, (लुका 24: 51)

अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, (मर्कुस 14:36, हिब्रू 1:3)

जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ, (मत्ती 16:27; प्रेरित 1:11)


म विश्वास गर्दछु, पवित्र आत्मामाथि; (युहन्ना 14: 15-20; प्रेरित 1:7-8)

पवित्र मण्डलीमाथि; (मत्ती 16: 18-19; एफेसी 5: 26-27; कलस्सी 1:24)

पवित्रहरूको सङ्गतिमाथि; (मत्ती 28:19-20; 2 काे. 11:13; 1 काे. 15:33)

पाप मोचनमाथि, (लुका 7:48, 1 युहन्ना 1:8-9)

शरीरको पुनरुत्थानमाथि, (1 काे. 15:51-54; 1 थेस. 4:13-18)

र अजम्मरी जीवनमाथि। (1 युहन्ना 5:20, युहन्ना 3:16)

आमिन ।


* एक ख्रीष्टियन विश्वासी (मण्डली) प्रेरितहरूको विश्वासको सार भित्र सुरक्षित छ।


* याे बाइबलकाे शिक्षा र सिद्धान्त बिपरित मण्डली भित्र फैलिरहेकाे झुठो शिक्षाहरूबाट विश्वासीहरूलाई सुरक्षित राख्न त्यस समयका मण्डलीका अगुवाहरूले तैयार पारेका थिए।


यसकारण लेखिएको छ,

“यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ।

त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ।

उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ।

अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।”

[एफिसी 2:19-22]


#The #Apostles' #Creed #Old #Is #Gold !

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...