1. आफ्नो चर्च सदस्यहरूबाट पैसा उधारो सापटी नलिनुहाेस।
2. आफ्ना मण्डलीका सदस्यहरूसँग अनावश्यक गफमा धेरै नभुल्नुहाेस।
3. मण्डलीका सदस्यहरूसँग आफ्नो पतिको गोप्य कुराहरू छलफल नगर्नुहोस।
4. अनावश्यक खर्चहरू नगर्नुहोस।
5. महिलाहरु तपाईको श्रीमानको वरिपरि आउँदा ईर्ष्या नगर्नुहोस।
6. प्रभुमा फोहोरी आमा नबन्नुहोस।
7. कसैलाई आदर गर्न आदेश नदिनुहाेस, किनभने आदर कमाउने चिज हाे, तर माग्ने चिज हाेईन।
8. सार्वजनिक ठाउँमा आफ्नो पतिमाथि आक्रमण वा आवाज ठुलो नउठाउनुहोस।
9. कसैलाई नसाेधी या छलफल नगरी मण्डलीको पैसा खर्च नगर्नुहोस।
10. मण्डलीका सदस्यहरूसँग कुनै वादविवाद या झैझगडा नगर्नुहोस।
11. तपाईंको मण्डलीमा मन नपर्नेहरू छन भनेपनि कृपया यसलाई बाहिर नदेखाउनुहोस।
12. तपाईंको वरिपरि जातीयता या नातावादलाई अनुमति नदिनुहोस, किनकि यसले तपाईंको पतिको सेवालाई मार्नेछ।
13. महिलाहरूलाई आफ्नो घरेलु काम गर्न नदिनुहोस, यदि तपाईं विवाहबाट थाक्नुभएको छैन भने।
14. आफ्नो मण्डलीमा भाइहरूसँग धेरै नजिक नहुनुहोस, आमा जे पनि हुन सक्छ।
15. तपाईंको श्रीमानका साथीहरू तपाईंको नजिकका साथीहरू हुनु हुँदैन, किनभने तिनीहरूले तपाईंलाई तपाईंको पतिको विरुद्धमा प्रयोग गर्न सक्छन।
16. आफ्नो पतिलाई गपशप गर्नुभन्दा बढी उहाँको लागि प्रार्थना गर्नुहोस।
17. दशांश र भेटी परमेश्वरकाे राज्यको बृद्धिकाे काममा बढी र आफ्नो लागि कमसेकम प्रयोग गर्नुहाेस।
18. आफ्नो पतिको आरोप, गल्ती र कमजोरी जे भएता पनि बचाउनुहोस, तर उनलाई घरमा हप्काउनुहोस।
19. आफ्नो श्रीमानकाे कपडा लगाउने शैलीमा विशेष ध्यान दिनुहाेस। उनलाई आत्मिक अगुवा जस्तो देखिन मद्दत गर्नुहोस, तर अल्लारे केटाहरू जस्तो होइन।
20. घरमा असल आमा बन्नुहोस, आफ्नो पतिकाे र आफ्नो परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नुहोस। आफ्ना छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउनुहोस।
21. आफैलाई विकास गर्नुहोस, एक पास्टरकी श्रीमतीले कसरी प्रार्थनाको नेतृत्व गर्ने, प्रचार गर्ने/सिकाउने, सानो दर्शन, नेतृत्व सेवा, आशीर्वाद र दशांश दिने कुरामा निपुण हुनुहाेस, किनभने सदस्यहरूले तपाईंलाई हेर्दैछन।
Sources :
1. https://todaysermons.com/things-you-must-not-do-as-a-pastors-wife/
2. https://www.facebook.com/groups/1951865115030814/permalink/3287881751429137/?app=fbl

No comments:
Post a Comment