Friday, February 2, 2024

असाधारण प्रभाव

 



यो सबै सन्डे स्कूल शिक्षकबाट सुरु भयो। याे एक साधारण जीवनमा परमेश्वरले के गर्न सक्नुहुन्छ भन्ने प्रमाण हो।


21 अप्रिल, 1855 मा, एडवर्ड किम्बल नामक एक सन्डे स्कूल शिक्षकले आफ्नो विद्यार्थी डि. एल. मुडीलाई भेट्न उनको जुत्ता पसलमा गए। त्याे पसलमा एडवर्डले ख्रीष्टको प्रेमको बारेमा सुसमाचार बाँडे। केही समयपछि मूडीले येशू ख्रीष्टलाई आफ्नो जीवनकाे उद्दारकर्ता र प्रभु स्वीकार गरे र उहाँको सेवामा आफ्नो जीवन समर्पण गरे।


डि. एल. मूडीले इङ्गल्याण्डको यात्रा गरे र त्यहाँ उनले एक युवा अगुवा एफ. बि. मेयरकाे हृदयलाई जागृत गरे। पछि तिनी एक महान बाइबल शिक्षकहरू मध्ये एक बने। एकदिन तिनी संयुक्त राज्य अमेरिका गए र त्यहाँका स्कुल र क्याम्पसहरूमा प्रचार गरे, जसको कारणले त्यहाँकाे एक विद्यार्थी विल्बर चैपम्यानले येशू ख्रीष्टलाई ग्रहण गरे।


विल्बर चैपम्यानले शिकागोमा मूडीको प्रचारमा भाग लिए। त्यसपछि तिनी मूडीको सहकर्मी बने।


विल्बर चैपम्यानले एक पूर्व बेसबल खेलाडीलाई आफ्नो सहायककाे रूपमा नियुक्त गरे, जसको नाम हाे, बिली सन्डे।


चार्लोट, उत्तरी क्यारोलिनामा बिली सन्डे एक महान सुसमाचार प्रचारक बने। “बिली सन्डे लेम्यान्स इभान्जेलिस्टिक क्लब” (क्रिश्चियन बिजनेस मेन्स कमिटी वा CBMC, नाम परिवर्तन गरिएको) द्वारा एक सभा आयोजित गरियो।


CBMC ले चार्लोटलाई प्रचारकलाई निम्तो दियो; उनको नाउँ मोर्दकै हाम थियो। मोर्दकै हामले पाल सभामा प्रचार गरे, जहाँ बिली ग्राहमले उद्दार पाएका थिए।


बिली ग्राहमले विश्वभरि लाखौंलाई सुसमाचार घोषणा गरेका छन, र धेरैको जीवन त्याे प्रचारको कारण सधैंको लागि परिवर्तन भएको छ। सायद, तपाईं पनि ती मध्ये एक हुनुहुन्छ।


यदि तपाईंले विश्वासी भई येशू ख्रीष्टमा आफ्नो विश्वास साझा गर्नुभयो भने परमेश्वरले तपाईंको माध्यमबाट के गर्नुहुनेछ? तपाईंले बनाउन सक्ने प्रभावमा शंका नगर्नुहोस। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ।


* हामी कसैलाई सन्देश सुन्न बाध्य पार्न सक्दैनौं, जुन तिनीहरूले ग्रहण गर्न तयार छैनन, तर हामीले बीउ रोप्ने शक्तिलाई कहिल्यै कम आँकलन गर्नु हुँदैन !


यसकारण लेखिएको छ -

“जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ,

त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ।”

[यशैया 55:10-11]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...