Thursday, February 1, 2024

थकित पास्टरकी पत्नीको लागि उत्तम सन्देश

 



यो थकित पास्टरकी पत्नीको लागि हो...

1. मैले तपाईंलाई देखे।
2. तपाईंले बोक्ने भार मलाई थाहा छ।
3. यो भारी छ किनभने यो एक पवित्र जिम्मेवारी पनि हो।
4. तपाईंले महसुस गर्नुभएको दबाब त्यति सजिलो छैन।
5. मैले तपाईंलाई आफ्नो पतिले लगाएको मानसिक भारको बारेमा चिन्तित भएको देख्छु।

6. तपाईंका छोराछोरीहरू बस्ने सिसाको घरको झ्यालहरू निरन्तर पुछ्दै गरेको म देख्छु।
7. मैले तपाईंकाे विजयलाई देख्छु, तर त्यो भन्दा बढी एकान्त ठाउँमा तपाईंको आँसु देख्छु।
8. म आत्मिक वृद्धि र नयाँ जीवन देख्छु, तर पनि म अझै तपाईंको निराशाहरू देख्छु, जसले तपाईंलाई चुपचाप कुचल्ने प्रयास गरिरहन्छ।
9. म तपाईंलाई घुँडा टेकेर परमेश्वरसँग बुद्धि र ज्ञान माग्दै गरेकाे देख्छु।
10. म तपाईंलाई हरेक अवस्थालाई निरन्तर प्रशोधन गरिरहेको देख्छु।

11. बोलेका हरेक शब्दहरूकाे विश्लेषण गर्दै गरेको देख्छु।
12. म तपाईंलाई चोट पुर्याउनेहरूलाई क्षमा गरेको देख्छु।
13. म तपाईंलाई छोडेर जानेहरूलाई प्रेम गरेको देख्छु।
14. म तपाईंलाई आफ्नो पतिको पछि नभई उनको छेउमा सेवा गरिरहेको देख्छु।
15. किनभने यो यात्रामा कतै, तपाईंले महसुस गर्नुभएको छ कि यो केवल एक सेवकाई मात्रै होइन, तर यो तपाईंको बाेलावट हो।

16. यो मण्डली एउटा मण्डली मात्रै होइन, तर यो तपाईंको घर हो।
18. र यो मण्डली केही मानिसहरूकाे समुह मात्र होइन, तर तिनीहरू तपाईंको परिवार हुन।
19. किनभने यो बाेलावट तपाईंको मुटुको धडकन हो, तपाईंको अर्को सास हो।
20. यो सेवा तपाईंको जुनून हो, र यी मानिसहरूले तपाईंलाई जीवन दिन्छ।

त्यसैले म तपाईंलाई आराधनाकाे बिहान भेट्नेछु, जब तपाईं परमेश्वरले तपाईंलाई बोलाउनुभएको काम पूरा गर्नको लागि आवश्यक अनुग्रहको साथ पवित्रस्थानमा हिंड्दै हुनुहुन्छ।

याद गर्नुहोस, उहाँले तपाईंलाई पूर्णतामा बोलाउनुभएको छैन, तर उहाँले तपाईलाई हथौडा समात्न र उहाँको राज्य विस्तार गर्न र बनाउन बोलाउनु भएको छ।

उहाँले मानिसहरूलाई प्रेम गर्न तपाईंलाई बोलाउनुभएको छ, याे आज तपाईंको निम्ति अन्तिम र उत्तम अवसर हो।

मानिसहरूले के सोच्छन, त्यसमा ध्यान दिन छोड्नुहोस र उहाँमा मात्रै केन्द्रित रहनुहोस।

र पास्टरकी पत्नी, तपाईले जे गर्नुहुन्छ, त्यसबाट कहिल्यै विचलित नहुनुहोस!

Sources :
1. instagram.com/insidethepastorswife
2. https://www.facebook.com/2437819736449612/posts/3544376965793878/?app=fbl

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...