1. अनैतिक याैन सम्बन्धले अनावश्यक गर्भावस्थासम्म पुर्याउन सक्छ। यसले शर्म, बेइज्जत ल्याउनेछ वा तपाईंलाई हत्यारामा परिणत गर्नेछ किनभने तपाईं लाज र अप्ठ्यारोबाट बच्न गर्भपतन गर्नुपर्नेछ।
2. अनैतिक याैन सम्बन्धले एच.आ.भी., एड्स र अनगिन्ती यौन रोगहरूकाे सामना गर्नुपर्ने हुन्छ। आजकल मानिसहरू आफ्नो क्षणिक खुशीकाे निम्ति यी चीजहरूबाट डराउँदैनन।
3. अनैतिक याैन सम्बन्धकाे कारण तपाईंले आफ्नो निर्दोषता गुमाउनुहुनेछ। अदनकाे बगैंचामा पनि हव्वा र आदमलाई त्यस्तै भयो। भर्जिनिटी गुमाउन कसैलाई धोका नदिनुहोस। यो कुमार र कुमारित्व अझै पनि एक मूल्यवान गुण हो, जुन परमेश्वरले कदर गर्नुहुन्छ। यदि मरियम कुमारी नभएको भए येशू ख्रीष्टको जन्मले उनी सम्मानित हुन सक्थे जस्तो लाग्छ? सोच्नुहोस!
4. यदि तपाईं नयाँ गरि जन्मनुभएको छ भने, पापपूर्ण अनैतिक यौन सम्बन्धले तपाईंको नाम जीवनको पुस्तकबाट हटाइदिन्छ र तपाईंलाई आत्मिक रूपमा एकदमै पछाडि धकेल्नेछ।
5. अनैतिक याैन सम्बन्धकाे कारण शैतानले तपाईंलाई दोष, निन्दा र भ्रमको साथ सताउनेछ। तपाईंले आफ्नो शान्ति गुमाउनु हुनेछ।
6. अनैतिक याैन सम्बन्धकाे कारण तपाईंको विवेकले पनि तपाईंलाई बारम्बार दाेष दिईरहनेछ। जसलाई शान्त गर्न धुम्रपान र मद्यपानकाे सहारा लिनुपर्ने हुन्छ। एक पापले हजारौं पापलाई ढाेका खाेल्नेछ।
7. अनैतिक याैन सम्बन्धले तपाईंलाई ईश्वरको गिल्ला गर्नेमा परिणत गर्नेछ, किनभने तपाईंले चर्चमा गुप्त पापमा संलग्न हुँदा जे गरिरहनुभएको छ त्यसलाई जारी राख्न चाहनुहुन्छ। त्यो गम्भीर नतिजाको साथ आउँदछ किनभने परमेश्वर आफैले तपाईंको दण्डको निरीक्षण गर्नुहुनेछ (गलाती 6:7-8)। त्यसैले सावधान रहनुहाेस!
यी सबै परिणामहरूबाट बच्न तपाईंले “नाे” भनेर इन्कार गर्न सक्नुहुन्छ। याे “नाे” भन्ने शब्दले हामीलाई समस्याको संसारबाट जोगाउने अद्भुत शक्ति छ। चाहे त्यो जतिसुकै मनमोहक प्रलोभन जस्तो देखिए पनि हाम्रो सुन्दर भविष्यको हत्यारालाई “नाे” भन्न सिक्नुहोस। संयमले तपाईंलाई मार्दैन, यसले तपाईंलाई जीवन बचाउने आत्म-अनुशासन विकास गर्न मद्दत गर्नेछ।
★ हामीले चरालाई हाम्रो टाउकोमाथि घुम्न राेक्न सक्दैनौं, तर चरालाई हाम्रो टाउकोमा बस्न, गुँड बनाउन, अण्डा पार्न र चल्ला बनाएर उड्नबाट राेक्न सक्छौं।
यसकारण लेखिएको छ,
“भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो। तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ।
व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।” [१ कोरिन्थी ६:१३,१८]
* पाप रहित, याैन मुक्त भ्यालेन्टाइनको शुभकामना!
Source :

No comments:
Post a Comment