1. प्रेम शुद्ध हुन्छ, तर वासना अपवित्र हुन्छ।
2. प्रेम इमानदार हुन्छ, तर वासना भ्रष्ट हुन्छ।
3. प्रेम स्वार्थी हुँदैन, तर वासना स्वार्थी हुन्छ।
4. प्रेम अन्धो हुँदैन, तर वासना अन्धो हुन्छ।
5. प्रेम साँचो हुन्छ, तर वासना छलपूर्ण हुन्छ।
6. प्रेमले हृदय छुन्छ, तर वासनाले शरिर छुन्छ।
7. प्रेम जीवनभरी हुन्छ, तर वासना क्षणिक हुन्छ।
8. प्रेमले इनाम पाउँछ, तर वासना दण्डित हुनेछ।
9. प्रेमले बलिदान दिन्छ, तर वासनाले हिंसा ल्याउँछ।
10. प्रेमले आराम ल्याउँछ, तर वासनाले तनाव ल्याउँछ।
11. प्रेमले सहानुभूति दिन्छ, तर वासनाले आलोचना गर्छ।
12. प्रेम विश्वासयोग्य हुन्छ, तर वासना विश्वासयोग्य हुँदैन।
13. प्रेम समयसँगै बढ्दै जान्छ, तर वासना धेरै समय टिक्दैन।
14. प्रेम निष्कपट हुन्छ, तर वासना चापलुसीले भरिएको हुन्छ।
15. प्रेमले निको पार्छ, तर वासनाले धेरै दु:ख र पीडा मात्रै दिन्छ।
16. प्रेम स्थिर र सुरक्षित हुन्छ, तर वासना आवेगपूर्ण र हताश हुन्छ।
17. प्रेमले सदस्य र समाज खोज्छ, तर वासनाले एक्लोपन खोज्छ।
18. प्रेम व्यक्तिमा केन्द्रित हुन्छ, तर वासना क्षणिक आनन्दमा मात्रै केन्द्रित हुन्छ।
19. प्रेम वास्तविक हाे, तर वासना प्रेम जस्तै लाग्छ, तर वास्तवमा प्रेम हाेईन।
20. प्रेम सिद्धान्त भित्रको उत्साह हो, तर वासना सिद्धान्त बाहिरको उत्साह हो।
21. प्रेमलाई राम्रो सल्लाहकार चाहिन्छ, तर वासनालाई नराम्रो साथी चाहिन्छ।
22. प्रेममा प्रतिबद्धताहरू हुन्छन, तर वासनामा दाेधार र अनिश्चितता मात्रै हुन्छ।
23. प्रेम भावनात्मक सम्बन्ध हाे, तर वासना शारीरिक आकर्षण मात्रै हाे।
24. प्रेमले स्वार्थी इच्छाहरू त्याग्छ, तर वासनाले स्वार्थी इच्छाहरू बढाउँछ।
25. प्रेमले अनन्त खुशी सृजना गर्छ, तर वासनाले क्षणिक सन्तुष्टि मात्रै खाेज्छ।
26. प्रेममा धैर्यता र समझ हुन्छ, तर वासना आवेगपूर्ण र लापरवाह मात्रै हुन्छ।
27. प्रेमले विवाहलाई पर्खन्छ, तर वासनाले यौन सम्बन्ध राख्न बाध्य पार्छ।
28. प्रेमले भन्छ “तिमीले जे चाहान्छाै, म त्यही गर्छु।”, तर वासनाले भन्छ “म जे चाहन्छु, तिमिले त्यही गर्नुपर्छ।”
29. प्रेमले स्वतन्त्रता दिन्छ र स्वतन्त्र बनाउँछ, तर वासनाले कैदी बनाउँछ र नाश गर्छ।
30. प्रेममा धैर्य हुन्छ, र यो कहिल्यै हतारमा हुँदैन, तर वासनामा धैर्य हुँदैन, र याे सधै हतारमा हुन्छ।
31. प्रेमले बलियो र स्वस्थ सम्बन्ध निर्माण गर्दछ, तर वासनाले प्रायः हृदय ताेड्ने काम गर्छ।
32. प्रेम भनेको समयको साथमा व्यक्तिलाई चिन्न खोज्नु हाे, तर वासना भनेको यौन साथीको रुचि मात्रै हो।
33. प्रेमले व्यक्तिको सकारात्मक र नकारात्मक गुणहरू स्वीकार गर्दछ, तर वासनाले जब व्यक्तिको कमजोरी पत्ता लगाउँछ तब चासो गुमाउँछ।
35. प्रेमले लामो समयसम्मकाे निम्ति विश्वास र प्रतिबद्धताकाे विकास गर्छ, तर वासनाले तत्काल सन्तुष्टिको बारेमा मात्रै हो।
35. प्रेम याैन हाेईन, र याैन प्रेम हाेईन! यी दुई बिचकाे भिन्नतालाई बुझ्नसक्नु भयाे भने जीवन धन्य हुनेछ।
36. प्रेमको अर्थ हुन्छ, र यसले गम्भीर प्रश्नहरू सोध्छ। तर वासनाकाे कुनै अर्थ हुँदैन, र यसले गम्भीर प्रश्नहरू पनि सोध्दैन।
37. प्रेम चरित्र, व्यक्तित्व, र मूल्यहरू जस्ता गहिरो गुणहरूमा आधारित हुन्छ, तर वासना अक्सर सतही गुणहरू जस्तै रूप, स्थिति, र भौतिक सम्पत्तिहरूमा आधारित हुन्छ।
38. जब प्रेम कम हुन्छ तब वासना उच्च हुन्छ, तर जब प्रेम उच्च हुन्छ तब वासना कम हुन्छ।
39. बलिदान दिने समय नआएसम्म वासना प्रेमजस्तै देखिन्छ।
40. प्रेम बाहिरी सौन्दर्य मात्र होइन, तर भित्री सौन्दर्य (स्वभाव, गुण वा चरित्र) मा पनि बढी केन्द्रित हुन्छ, तर वासना बाहिरी सौन्दर्य (आकृति, रंग वा अनुहार) मा मात्रै केन्द्रित हुन्छ।
* याद गर्नुहोस, प्रेम र वासना दुवै वास्तविक हुन। साथै यी दुवै धेरै फरक चीजहरू पनि हुन। यसकारण यी दुई मध्ये एकलाई बुद्धिमानी पुर्वक छनोट गर्नुहोस!
#Love Vs. #Lust

No comments:
Post a Comment