अनैतिक याैन सम्बन्ध तपाईले सोचेको भन्दा गहिरो छ...
1. अनैतिक याैन सम्बन्ध शरिरसँग मात्रै सम्बन्धित छैन, तर याे त शरीर भन्दा बाहिरकाे कुरा हाे।
2. अनैतिक याैन सम्बन्ध भनेको पुरुष र महिला र दुष्ट आत्माहरू बीचको आत्मिक लेनदेन पनि हो। यसैले शारीरिक, आत्मिक वा सपनामा शैतानी व्यक्तित्वहरूसँग यौन सम्बन्ध गरेका मानिसहरूको जीवन उल्टो हुन्छ।
“वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, ‘ती दुवै एउटै शरीर हुनेछन’।” [१ कोरिन्थी ६:१६]
3. अनैतिक याैन सम्बन्ध एक करार हो, किनकि यसमा रगत समावेश छ। त्यसैले केही स्त्रीहरूले उनीहरूकाे कुमारित्व भंग गर्ने पुरुषहरूलाई प्राप्त गर्दैनन। यो दुष्ट आत्माकाे आक्रमण र घुसपैठको आदानप्रदान र स्थानान्तरणको एक नि:शुल्क र स्वतन्त्र मार्ग हो। त्यसलाई कन्डोमले पनि राेक्न सक्दैन।
4. अनैतिक याैन सम्बन्धले वंशानुगत श्राप र पैतृक आत्मिक लडाईहरूको लागि ढोका खोल्छ। किन? किनभने तपाईं श्रापित यौन साथीसँग एक बन्नुहुन्छ। (१ कोरिन्थी ६:१६)
5. आत्मालाई बन्धनमा पार्ने अनैतिक याैन सम्बन्ध एक प्रमुख कारक हो। त्यसैले व्यक्तिसँगको यौनसम्पर्क भनेको व्यक्तिले आफ्नो जीवनकालमा यौनसम्पर्क गरेको प्रत्येक व्यक्तिसँगको यौनसम्पर्क हो। म वेश्याहरूलाई संरक्षण गर्नेहरूलाई दया गर्छु।
6. अनैतिक र असुरक्षित याैन सम्बन्धले रोगहरू र अशक्तताहरू ल्याउँछ। यसले एच.आ.भी. एड्स र अनगिन्ती खतरनाक याैन राेगहरूकाे सामना गर्नुपर्नेछ।
7. अनैतिक याैन सम्बन्धले अनावश्यक गर्भधारण ल्याउँछ।
8. गैरकानूनी यौन सम्बन्धले घर र परिवारलाई भत्काउँछ।
9. कुनै शैतानी निकायसँगको यौन सम्बन्धले केवल एक व्यक्तिको असलको लागि पश्चात्तापको ढोका बन्द गर्नको लागि हुन्छ, र उसको अनन्त विनाशलाई सदाको लागि छाप लगाउँछ। सावधान रहनुहोस!
“कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो।
तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो।” [हिब्रू १२:१६-१७]
10. शैतानले आत्माहरूलाई पक्रन पापपूर्ण यौन सम्बन्धलाई पासोको रूपमा प्रयोग गर्छ।
पापपूर्ण याैन सम्बन्धले लाखौं मानिसहरूलाई मारेको छ र धेरै उज्ज्वल भविष्यहरू डुबाएको छ; र यसको गणना अझै जारी छ। के तपाईं अर्को शिकार त हुनुहुन्न? परमेश्वरले यस्तो हुन नदिनुभएको हाेस!
तपाईंलाई डराएर मलाई केही फाइदा छैन, तर म तपाईंलाई वास्तविक सत्य भनेको छु। तपाईं अनैतिक यौन सम्बन्धमा जानु अघि यस विषयमा अनुसन्धान गर्नुहाेस, र यसको परिणामहरूकाे बारेमा गम्भीरतापूर्वक सोच्नुहोस। ढिलो वा चाँडो, तपाईंले धेरै भारी मूल्य चुकाउनु पर्नेछ। के क्षणिक पलको आनन्द मूल्यवान छैन र? सोच्नुहोस!
“फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई।
तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।
तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन।” [हितोपदेश ७:२१-२३]
प्रार्थना:
(१) मेरो परमेश्वर बुबा, ममाथि कृपा गर्नुहोस र मलाई येशूको नाममा मेरा पापहरू क्षमा गर्नुहोस।
(२) प्रभु येशू, म येशूको नाममा, तपाईंका शब्दहरूको आज्ञाकारितामा मेरो जीवन तपाईंसामु समर्पण गर्दछु।
(३) यौन विकृतिको तीर, म तेरो उम्मेद्वार होइन, तँलाई पठाउने कहाँ त पुनः फिर्ता जा, येशूको नाममा।
(४) म येशूको नाममा, पापपूर्ण याैन सम्बन्धको वधशालातिर लागेको पशुझैँ बन्न अस्वीकार गर्दछु।
(५) हे परमेश्वर, मेरा पिता, मलाई बचाउनुहोस, मलाई सुरक्षित राख्नुहोस, र मलाई येशूको नाममा विजयी व्यक्तिकाे रूपमा तपाईंको लागि बाँच्न मलाई आत्मामा बलियो बनाउनुहोस।
(६) पापी वासना मेरो शरीरमा फैलिएको छ, म तँलाई येशूको नाममा पवित्र आत्माको आगोले बाहिर निकाल्छु। (१० पटक दोहोर्याउनुहोस)
(७) मलाई पासोमा पार्ने, दास बनाउने र नाश गर्ने काममा शैतानको दूत र दुष्ट आत्माकाे युक्तिहरूलाई येशूको नाममा रद्ध गर्दछु। आमेन!
Source :
https://www.facebook.com/207583279411412/posts/pfbid02StqPoUgYGHvj2wK9jwRw8BE3iCdMVC6JUajXaNVFmkCjxxubVs7s8fmLUyAgSRH7l/?app=fbl

No comments:
Post a Comment